सिराज खान
नेपालगञ्ज, साउन २५ । सीमापारीबाट हुँदै आएको तस्करी र अवैध आयात रोक्न कडा रुपमा प्रस्तुत भैरहेको सशस्त्र प्र्रहरीले एकै पटकमा ६० लाख रुपियाँको अवैध सामान बरामद गर्न सफल भएको छ ।
गत केही समयदेखि सशस्त्र प्रहरीले जिल्लाको ६५ किलोमिटरको खुला नाकामा तस्करी र अवैध आयात रोक्न कडा अभियान चलाएको थियो ।
सोही अभियान अन्तर्गत सशस्त्र प्रंहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतको नेतृत्वमा खटिएको ७ जनाको टोलीले बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ हात्तिसारबाट उक्त अवैध सामान बरामद गरेको हो ।
भे १ ख ३५८८ नम्बर को ट्रकलाई शंका लागेर जाँच गर्दा बिल विजक नभएको ५९ लाख ४० हजार मूल्य बराबरको अवैध सामान बरामद भएको सशस्त्र प्रहरीका एसपी जनक बस्नेतले बताउनुभयो ।
सीमापारी भारतबाट ल्याएर भन्सार राजस्व छलेर सुर्खेत लैजाँदै गरेको अवस्थाम...
समाचारदाता
नेपालगञ्ज, साउन २५ । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष एवम् जनता समाजवादी पार्टीका नेता इश्तियाक अहमद शाहले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ लाई भेटेर गाउँपालिकाको विकास निर्माण बारे छलफल गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको दुबै नेताको भेटमा गाउँपालिका अध्यक्ष शाहले नरैनापुरको सबै वडाहरूलाई मुख्य सडकसंग जोडनका लागि बजेट व्यवस्था गरिदिन माग गर्नुभयो ।
समृद्धिका लागि सडक अपरिहार्य भएको जनाउँदै उहाँले नरैनापुरका अधिकांश ग्रामिण र दुर्गम क्षेत्र अझै पनि सडकविहिन रहेको अध्यक्ष शाहले गुनासो गर्नुभयो ।
अध्यक्ष शाहको कुरा सुनेर मन्त्री अथकले गाउँपालिकाको सडक मात्र नभएर स्वास्थ्यका लागि खेलकुदको लागि समेत बजेट व्यवस्था गर्न लागेको आश्वासन दिनुभयो । नरैनापुर जस्तो बिकट ठाउँका लागि आफुले सक्ने सहयोग गर्ने मन्त्री अथकले सो अवसरमा बताउनुभयो ।
बाँकेका प्रमु...
समाचारदाता
नेपालगञ्ज, साउन २४ गते । कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लबले जिल्लाका चार वटा पालिकाका अति विपन्न र समस्यामा परेका परिवारलाई कुखुरा पालनका लागि चल्ला लगायत अन्य सामाग्री वितरण गरेको छ ।
क्लबले उनिहरुको जीवनस्तर उकासेर आर्थिक रुपमा सक्षम बनाउन कतार च्यारेटीको सहयोगमा सञ्चालन गरेको जिविकापार्जनका लागि कुखुरा पालन परियोजना अन्तर्गत ती चल्ला र अन्य सामाग्री वितरण गरिएको हो ।
सो परियोजना अन्तर्गत बाँकेका खजुरा र राप्तीसोनारी गाउँपालिका तथा कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरका १५ जना अति विपन्न परिवारको छनोट गरेर उनिहरुलाई सो सहयोग गरिएको हो ।
कुखुरापालनबाट आयआर्जन गरेर आफ्नो परिवारको पेट पाल्नुका साथै छोरा छोरीलाई शिक्षा लगायत पोषिलो खाने कुराको समेत व्यवस्था गराउने उदेश्यले यो परियोजना सञ्चालन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बत...
समाचारदाता
नेपालगञ्ज, साउन २३ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकासको काममा बेथिति निम्त्याउने ठेकेदारहरूलाई तह लगाउने चेतावनी दिनुभएको छ ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकासको काममा बेथिति ल्याउनेहरूलाई तह लगाउने चेतावनी दिनुभएको हो । उहाँले मन्त्रालयले त्यस्ता ठेकेदारको खोजी गरिरहेकाले बिस्तारै ठिक गर्ने बताउनुभयो ।
मन्त्री राईले कुनै पनि नेताको नजिकको ठेकेदार भए पनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गल्ती गर्ने ठेकेदारहरूलाई छोड्ने कुरा आउँदैन । कुनै पनि नेताको आडमा बसेर विकासमा बेथिति निम्त्याउनेलाई सरकारले छोड्दैन । ठेकेदारहरूले विभिन्न नेताको खोल ओडेर बेथिति निम्त्याएका छन् । हामी त्यसको खोजी गर्दैछौँ । बिस्ता...
समाचारदाता
नेपालगन्ज, साउन २३ । अतिविपन्न परिवारका महिलालाई उद्यमशिलता मार्फत रोजगारीमा लगाएर आर्थिक रुपमा सक्षम बनाउने उदेश्यले बाँके युनेस्को क्लबले बर्दियामा जीवन उपयोगी शिप विकास तालिम शुरु गरेको छ ।
प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक शसक्तिकरण तथा रोजगारी प्रवद्र्धन परियोजना अन्तर्गत बर्दियाको गुलरिया नगरपालिकामा सोमवारदेखि सो तालिम सञ्चालन गरिएको हो ।
सो तालिममा सहभागि गुलरिया नगरपालिकाका विभिन्न वडाका ३४ जना १८ वर्षदेखि २४ वर्षसम्मका अति गरिब परिवारका महिलालाई विभिन्न प्रकारका जीवन उपयोगी शिप सिकाउनुका साथै उनिहरुको क्षमता बृद्धि गर्दै सञ्चारको प्रक्रिया लगायतका विषयमा दुई दिन तालिम दिइने बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले यो तालिमले सहभागिलाई रोजगारमा लाग्न सहयोग गर्ने र उनिहरुको आर्थिक अवस्थामा सुधार हुने बताउनुभयो ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, साउन २२ । नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रबन्धक धवेन्द्र न्यौपाने पचास लाख रुपियाँ अपचलन गरेर एक सातादेखि सम्पर्कविहीन रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी सूर्य सुवेदीले बैंक प्रबन्धक न्यौपाने मोटो रकम लिई सम्पर्कविहीन भएको उजुरी साउन १४ गते परेको बताउनुभयो । सो बैंकको नेपालगन्जस्थित सिटी अफिसका अधिकृत रुपेशकुमार श्रीवास्तवले प्रबन्धक न्यौपानेको खोजीका लागि प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
विभिन्न ग्राहकले जम्मा गरेको ५० लाख रुपैयाँ कनेक्ट आइपीएसबाट अपचलन गरेर न्यौपाने सम्पर्कविहिन भएको उजुरी परेकाले उनको खोजी भइरहेको जानकारी डीएसपी सुवेदीले दिनुभयो ।
प्रहरीका अनुसार न्यौपानेले प्रयोग गर्दे आएको मोबाइल स्विच अफ छ । कालीकोट तिलगुफा नगरपालिका ५ का ३२ वर्षिय न्यौपाने हाल बाँके जानकी गाउँपालिका ३, कोरिएनपुर बस्द...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, ९ साउन । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा नेपालगञ्जका २० जना अति विपन्न महिलाकालागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरेको छ ।
अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक शसक्तिकरणका लागि साना तथा मझौला उद्यम विकास परियोजना अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम आयोजना गरेको हो ।
एक समारोहका विच नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात, नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकार र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले सो तालिमको संयुक्त रुपमा उदघाटन गर्नुभयो ।
उदघाटन गर्दै नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले सिलाई कटाई त...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, ८ साउन । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा नेपालगञ्जका चार जना अति विपन्न परिवारलाई आयआर्जनका लागि किराना र नास्ता पसल सञ्चालनमा सहयोग गरेको छ ।
सोही क्रममा क्लबले सञ्चालन गरेको आयआर्जनका लागि व्यावसायीक परियोजना अन्तर्गत नेपालगञ्ज ११ का अति विपन्न एकल महिला शाहजहाँ मिस्त्रीलाई सहयोग गरिएको किराना पसलको आइतवार उदघाटन गरिएको छ ।
सो पसलको उदघाटन नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात, नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकार र बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले संयुक्त रुपमा गर्नुभयो ।
सो अवसरमा नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य किरातले कतार च्यारेटीको सहयोगमा क्लबले अतिविपन्नलाई गरेको यो सहयोग...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असार २७ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बाँकेको डुडुवादेखि राँझासम्म निर्माण गरिने सडकको सोमवार सिलान्यास गर्नु भएको छ ।
डुडुवा २ बेतहनीमा आयोजना गरिएको एक कार्यक्रमका विच मन्त्री राईले सो सडक निर्माणको सिलान्यास गर्नुभयो । उक्त अवसरमा बोल्दै उहाँले जिल्लाका ग्रामिण क्षेत्रलाई सदरमुकाम र मुख्य राजमार्गसंग जोड्ने सडकहरु निर्माणमा तिव्रता दिईने बताउनुभयो ।
उहाँले सडक र विद्युत विस्तार गर्ने वित्तिकै विकासले आफै फड्को मार्ने र नागरिकको जिवनस्तर र आर्थिक अवस्थामा समेत परिवर्तन आउने भएकोले सरकारले ग्रामिण सडकहरुलाई उच्च मापदण्डका साथ कालोपत्रे निर्माण गर्ने योजना अघि सारेको बताउनुभयो ।
निर्वाचन क्षेत्र सडक रणनैतिक योजना अन्तर्गत उक्त सडक निर्माण गर्न लागिएको मन्त्री राईले बताउनुभयो ।
सो कार्यक्रममा हुलाकी सडक आयोजनाका प्रमुख ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असार २२ । नाकाबाट हुँदै आएको अवैध आयात निर्यात रोक्न क्रियाशिल सशस्त्र प्रहरीको सक्रियताले नाकामा तस्करी गर्दै आएका साना ठुला तस्करहरुमा खैलाबैला मच्चिएको छ । सशस्त्र प्रहरीले गरिरहेको दिनरातको गस्ती र कडा निगरानीका कारण तस्करहरुले मनपरी तरिकाले राजस्व छलेर यताको सामान उता र उताको सामान यता ल्याउन नपाएपछि उनिहरुमा खैलाबैला मच्चिएको बताईएको छ ।
भारतबाट लाखौं लाखको राजस्व छलेर अवैध रुपमा ल्याइने गरेको कपडा, मोटरसाइकल र गाडीका पार्टपुर्जा, कास्मेटिक सामान लगायतको अवैध आयात तस्करले चाहे जस्तो गरेर हुन नपाएपछि उनिहरु आत्तिएको पाईएको छ । नाकामा लामो समयदेखि सक्रिय रहेका तस्करहरुले अवैध आयात र निर्यात दुबै गर्ने कार्य दिनदिनै गरेपनि अधिकांश सामान सशस्त्र प्रहरीले पक्राउ गरेपछि उनिहरु चिन्तित बनेका छन् ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी...