३ माघ २०८२, शुक्रबार

अर्थ

नेताको आडमा विकास निर्माण अलपत्र पार्ने ठेकेदारलाई तह लगाउँछौ – मन्त्री राई

नेताको आडमा विकास निर्माण अलपत्र पार्ने ठेकेदारलाई तह लगाउँछौ – मन्त्री राई

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगञ्ज, साउन २३ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकासको काममा बेथिति निम्त्याउने ठेकेदारहरूलाई तह लगाउने चेतावनी दिनुभएको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकासको काममा बेथिति ल्याउनेहरूलाई तह लगाउने चेतावनी दिनुभएको हो । उहाँले मन्त्रालयले त्यस्ता ठेकेदारको खोजी गरिरहेकाले बिस्तारै ठिक गर्ने बताउनुभयो । मन्त्री राईले कुनै पनि नेताको नजिकको ठेकेदार भए पनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गल्ती गर्ने ठेकेदारहरूलाई छोड्ने कुरा आउँदैन । कुनै पनि नेताको आडमा बसेर विकासमा बेथिति निम्त्याउनेलाई सरकारले छोड्दैन । ठेकेदारहरूले विभिन्न नेताको खोल ओडेर बेथिति निम्त्याएका छन् । हामी त्यसको खोजी गर्दैछौँ । बिस्ता...
बर्दियाका अति विपन्न परिवारका महिलाकालागि शिप विकास तालिम सञ्चालन

बर्दियाका अति विपन्न परिवारका महिलाकालागि शिप विकास तालिम सञ्चालन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, साउन २३ । अतिविपन्न परिवारका महिलालाई उद्यमशिलता मार्फत रोजगारीमा लगाएर आर्थिक रुपमा सक्षम बनाउने उदेश्यले बाँके युनेस्को क्लबले बर्दियामा जीवन उपयोगी शिप विकास तालिम शुरु गरेको छ । प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक शसक्तिकरण तथा रोजगारी प्रवद्र्धन परियोजना अन्तर्गत बर्दियाको गुलरिया नगरपालिकामा सोमवारदेखि सो तालिम सञ्चालन गरिएको हो । सो तालिममा सहभागि गुलरिया नगरपालिकाका विभिन्न वडाका ३४ जना १८ वर्षदेखि २४ वर्षसम्मका अति गरिब परिवारका महिलालाई विभिन्न प्रकारका जीवन उपयोगी शिप सिकाउनुका साथै उनिहरुको क्षमता बृद्धि गर्दै सञ्चारको प्रक्रिया लगायतका विषयमा दुई दिन तालिम दिइने बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले यो तालिमले सहभागिलाई रोजगारमा लाग्न सहयोग गर्ने र उनिहरुको आर्थिक अवस्थामा सुधार हुने बताउनुभयो ...
नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रबन्धक न्यौपाने ठुलो रकम हिनामिना गरेर फरार

नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रबन्धक न्यौपाने ठुलो रकम हिनामिना गरेर फरार

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन २२ । नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रबन्धक धवेन्द्र न्यौपाने पचास लाख रुपियाँ अपचलन गरेर एक सातादेखि सम्पर्कविहीन रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी सूर्य सुवेदीले बैंक प्रबन्धक न्यौपाने मोटो रकम लिई सम्पर्कविहीन भएको उजुरी साउन १४ गते परेको बताउनुभयो । सो बैंकको नेपालगन्जस्थित सिटी अफिसका अधिकृत रुपेशकुमार श्रीवास्तवले प्रबन्धक न्यौपानेको खोजीका लागि प्रहरी कार्यालयमा उजुरी दिएका थिए । विभिन्न ग्राहकले जम्मा गरेको ५० लाख रुपैयाँ कनेक्ट आइपीएसबाट अपचलन गरेर न्यौपाने सम्पर्कविहिन भएको उजुरी परेकाले उनको खोजी भइरहेको जानकारी डीएसपी सुवेदीले दिनुभयो । प्रहरीका अनुसार न्यौपानेले प्रयोग गर्दे आएको मोबाइल स्विच अफ छ । कालीकोट तिलगुफा नगरपालिका ५ का ३२ वर्षिय न्यौपाने हाल बाँके जानकी गाउँपालिका ३, कोरिएनपुर बस्द...
युनेस्को क्लबद्धारा विपन्न महिलाका लागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन

युनेस्को क्लबद्धारा विपन्न महिलाका लागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, ९ साउन । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा नेपालगञ्जका २० जना अति विपन्न महिलाकालागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरेको छ । अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक शसक्तिकरणका लागि साना तथा मझौला उद्यम विकास परियोजना अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम आयोजना गरेको हो । एक समारोहका विच नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात, नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकार र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले सो तालिमको संयुक्त रुपमा उदघाटन गर्नुभयो । उदघाटन गर्दै नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले सिलाई कटाई त...
बाँके युनेस्कोद्धारा आयआर्जनकालागि अति विपन्नलाई किराना र नास्ता पसल सहयोग

बाँके युनेस्कोद्धारा आयआर्जनकालागि अति विपन्नलाई किराना र नास्ता पसल सहयोग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, ८ साउन । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा नेपालगञ्जका चार जना अति विपन्न परिवारलाई आयआर्जनका लागि किराना र नास्ता पसल सञ्चालनमा सहयोग गरेको छ । सोही क्रममा क्लबले सञ्चालन गरेको आयआर्जनका लागि व्यावसायीक परियोजना अन्तर्गत नेपालगञ्ज ११ का अति विपन्न एकल महिला शाहजहाँ मिस्त्रीलाई सहयोग गरिएको किराना पसलको आइतवार उदघाटन गरिएको छ । सो पसलको उदघाटन नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात, नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकार र बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले संयुक्त रुपमा गर्नुभयो । सो अवसरमा नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य किरातले कतार च्यारेटीको सहयोगमा क्लबले अतिविपन्नलाई गरेको यो सहयोग...
डुडुवा–राँझा सडक निर्माणको मन्त्री राईद्धारा सिलान्यास, ग्रामिण सडक उच्च प्राथमिकतामा

डुडुवा–राँझा सडक निर्माणको मन्त्री राईद्धारा सिलान्यास, ग्रामिण सडक उच्च प्राथमिकतामा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असार २७ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बाँकेको डुडुवादेखि राँझासम्म निर्माण गरिने सडकको सोमवार सिलान्यास गर्नु भएको छ । डुडुवा २ बेतहनीमा आयोजना गरिएको एक कार्यक्रमका विच मन्त्री राईले सो सडक निर्माणको सिलान्यास गर्नुभयो । उक्त अवसरमा बोल्दै उहाँले जिल्लाका ग्रामिण क्षेत्रलाई सदरमुकाम र मुख्य राजमार्गसंग जोड्ने सडकहरु निर्माणमा तिव्रता दिईने बताउनुभयो । उहाँले सडक र विद्युत विस्तार गर्ने वित्तिकै विकासले आफै फड्को मार्ने र नागरिकको जिवनस्तर र आर्थिक अवस्थामा समेत परिवर्तन आउने भएकोले सरकारले ग्रामिण सडकहरुलाई उच्च मापदण्डका साथ कालोपत्रे निर्माण गर्ने योजना अघि सारेको बताउनुभयो । निर्वाचन क्षेत्र सडक रणनैतिक योजना अन्तर्गत उक्त सडक निर्माण गर्न लागिएको मन्त्री राईले बताउनुभयो । सो कार्यक्रममा हुलाकी सडक आयोजनाका प्रमुख ...
सशस्त्र प्रहरीको एक्सनबाट नाकाका तस्करहरुमा खैलाबैला, करिब तीन लाखको अवैध छुर्पी बरामद

सशस्त्र प्रहरीको एक्सनबाट नाकाका तस्करहरुमा खैलाबैला, करिब तीन लाखको अवैध छुर्पी बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असार २२ । नाकाबाट हुँदै आएको अवैध आयात निर्यात रोक्न क्रियाशिल सशस्त्र प्रहरीको सक्रियताले नाकामा तस्करी गर्दै आएका साना ठुला तस्करहरुमा खैलाबैला मच्चिएको छ । सशस्त्र प्रहरीले गरिरहेको दिनरातको गस्ती र कडा निगरानीका कारण तस्करहरुले मनपरी तरिकाले राजस्व छलेर यताको सामान उता र उताको सामान यता ल्याउन नपाएपछि उनिहरुमा खैलाबैला मच्चिएको बताईएको छ । भारतबाट लाखौं लाखको राजस्व छलेर अवैध रुपमा ल्याइने गरेको कपडा, मोटरसाइकल र गाडीका पार्टपुर्जा, कास्मेटिक सामान लगायतको अवैध आयात तस्करले चाहे जस्तो गरेर हुन नपाएपछि उनिहरु आत्तिएको पाईएको छ । नाकामा लामो समयदेखि सक्रिय रहेका तस्करहरुले अवैध आयात र निर्यात दुबै गर्ने कार्य दिनदिनै गरेपनि अधिकांश सामान सशस्त्र प्रहरीले पक्राउ गरेपछि उनिहरु चिन्तित बनेका छन् । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी...
भारतीय पर्यटक आकर्षित गर्न सोल्टी होटलद्धारा नेपालगञ्जमा ट्रिप ट्राभल ट्रेड फेयर आयोजना

भारतीय पर्यटक आकर्षित गर्न सोल्टी होटलद्धारा नेपालगञ्जमा ट्रिप ट्राभल ट्रेड फेयर आयोजना

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, असार १४ । बाँके बर्दिया लगायत पश्चिम नेपालमका पर्यटकीय स्थलमा भारतीय पर्यटक आकर्षित गर्न नेपालगञ्जका पर्यटन व्यवसायीहरु पुनः सक्रिय भएका छन् । कोरोनाका कारण ओरालो लागेको पर्यटन व्यवसायलाई फेरी रफ्तार दिन बाँकेका व्यवसायीहरु क्रियाशिल भएका हुन् । सो क्रममा यहाँस्थित पाँच तारे होटेल सोल्टी वेष्ट्रन प्रिमियमले नेपालगञ्जमा नेपाल फम ट्रिप ट्राभल ट्रेड फेयर आयोजना गरेर भारतीय पर्यटक आकर्षित गर्ने अभियान शुरु गरेको छ । सुस्ताउँदै गएको पर्यटन क्षेत्रलाई पुनः लयमा फर्काउन आयोजना गरिएको नेपाल फम ट्रिप ट्राभल ट्रेड फेयरमा भारतको उत्तर प्रदेशका शहरहरु लखनउ, कानपुर, बनारस, रायबरेली, गोरखपुर लगायत बिभिन्न शहरका १९ जना ठुला पर्यटन व्यावसायीहरु सहभागी भएको आयोजक होटेल सोल्टी वेष्ट्रन प्रिमियमले जनाएको छ । भारतीय पर्यटन व्यावसायीहरुलाई नेपालगञ्ज र नेपालगञ्ज हुँदै पुग्न सकिने बाँके ...
होटल व्यवसायलाई मर्यादित रुपमा सञ्चालन गर्न प्रहरी प्रशासनको आग्रह

होटल व्यवसायलाई मर्यादित रुपमा सञ्चालन गर्न प्रहरी प्रशासनको आग्रह

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
संघका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण र पदास्थापना सम्पन्न नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असार ४ । होटल व्यवसायी संघ बाँकेका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम शनिवार सम्पन्न भएको छ । संघको अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएका रंग बहादुर खड्कालाई एक औपचारिक कार्यक्रममा निर्वाचन अधिकृत बसन्त गौतमले सपथ ग्रहण गराउनु भयो भने अध्यक्ष खड्काले वरिष्ठ उपाध्यक्ष लगायतका पदाधिकारीसहित सदस्यहरुलाई सपथ ग्रहण गराउनु भयो । यसअघि कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले नवनिर्वाचित कार्यसमितिलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभएको थियो भने विशिष्ठ अतिथिहरु बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी, होटल व्यवसायी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्ले, निवर्तमान अध्यक्ष भिम कँडेल, पर्यटन प्रवर्धन मन्चका अध्यक्ष कृ...
कपास खेती विस्तारका लागि अध्यक्ष काफ्ले आफै पुगे किसानको खेतबारीमा

कपास खेती विस्तारका लागि अध्यक्ष काफ्ले आफै पुगे किसानको खेतबारीमा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
लमही राजपुरका किसानलाई एकदिने तालिम प्रदान नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १ असार । कपास खेतीको विस्तारका लागि कपास विकास विकास समितिका नवनियुक्त अध्यक्ष हेमन्तराज काफ्ले अहिले आफै सक्रिय भएर किसानका खेतसम्म पुग्न थाल्नु भएको छ । कपास खेतीलाई पुरानै अवस्थामा पुरयाएर किसानलाई सम्पन्न बनाउने एक मात्र लक्ष्य र उदेश्यका साथ अध्यक्ष काफ्ले अहिले किसानका खेतसम्म पुगेर वास्तविक अवस्था बुझ्ने कार्यमा सक्रिय हुनुहुन्छ । सोही क्रममा दांगको लमही क्षेत्रमा समितिका प्राविधिकसहित पुगेर अध्यक्ष काफ्लेको टोलीले सो क्षेत्रका किसानका लागि एक दिने प्रविधि सम्बन्धि तालिमको पनि आयोजना गरेर किसानलाई तालिम प्रदान गरिएको छ । कपास बिकास समितिका अधिकृत बिजय कुमार जोशीको सभापतित्वमा र कपास बिकास समिती केन्द्रिय कार्यलय अध्यक्ष हेमन्त राज काफ्लेको प्रमुख अतिथ्यमा सम्पन्न भएको प्रविधि सम्बन्धि तालिम कार्यक्रम स्था...