नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २२ । कोहलपुर नगर पालिका कार्यालयको प्रांगणमा निर्माण भैरहेको अस्पताल भवन निर्माणको क्रममा गुणस्तरहीन निर्माण कार्य भैरहेको आरोप लागेको छ । कोहलपुर नगरपालिका कार्यालय भित्रै झण्डै १० करोडको लागतमा निर्माण भई रहेको अस्पतालको जग निर्माणका क्रममा हालिने टाई बिम निमाण गर्दा गुणस्तरहीन कार्य गरिएको गुनासो उठेको हो।
कुनैपनि भवनको बलियो निर्माणका लागि टाई बिम जमिन सतह मुनिबाटै निर्माण गनु पर्ने हुन्छ । तर सो अस्पतालमा त्यसो नगरी हिलो माथि निर्माण भई रहेको जनाईएको छ । हिलो माथि निर्माण गर्दा कतिपय स्थानमा टाई बिम भत्की सकेको तथा लच्केको भए पनि हिलो माथि नै बिम राख्ने काम भने नरोकीएको स्थानीयले जनाएका छन् । टाई बिम अधिकांस स्थानमा भत्कीसकेको भएपनि त्यसलाई सुधार गर्ने भन्दा हिलो माथि नै बिम हाल्ने काम नरोकीएको स्थानीयको भनाई छ ।
कोहलपुर नगरपालिका कार्यालय भित्रै...
सिराज खान
नेपालगञ्ज, माघ २२ गते । केही दिनयता दुई पटक गरेर भएको बर्षाका कारण बाँकेका इँटा व्यवसायीले करिब २० करोड रुपियाँ बरावरको क्षति व्यहोर्नु परेको छ । पकाउनका लागि तयार पारेर राखिएका ९० प्रतिशत्भन्दा बढी काँचो इँटाहरु बर्षाका कारण कामै नलाग्ने गरी नष्ट भएको व्यवसायीको भनाई छ ।
नेपाल इँटा उद्योग ब्यबसायी संघ बाँकेका सचिव सुर्यमणि पौडेलले केही दिन पहिले र अहिलेको वर्षाले बाँकेका ६० वटा ईट्टा व्यवसायीका अधिकांश काँचो इँटा काम नलाग्ने गरी नष्ट भएको बताउनुभयो । जसकाकारण करिब २० करोड रुपियाँको क्षति भएको उहाँले बताउनुभयो ।
एउटै व्यवसायीले पकाउन राखिएका ५ लाखदेखि १० लाखसम्म इँटा गलेर काम नलाग्ने भएको जनाउँदै अहिले इँटा पकाउने सिजन भएकाले भट्टामा बलेको आगो समेत निभिसकेकाले फेरि जलाउनु परेमा क्षति अझै बढेर जाने बताउनुभयो । व्यवसायीकाअनुसार खुला चौरमा भर्खरै तयार पारेर सुकाउन राखिएका अधिकांश...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २१ । भारतबाट हुने कुखुरा र कुखुराको मासुको अवैध आयात निरन्तर जारीनैछ । कुखुरापालक किसान र व्यवसायीले पटक पटक सो अवैध आयात रोक्न माग गर्दै आएपनि सो नरोकिएको पाईएको छ । किसान र व्यवसायीको दवाव बढेपछि प्रहरीले पक्राउ गरेर देखाउने गरेको छ भने फेरी प्रहरी अर्कै काममा व्यस्त हुने गरेको र तस्करले आफ्नो काम मजाले गर्ने गरेको पाईएको छ ।
कुखुरापालन गर्ने व्यवसायीले भारतबाट आउने न्युन गुणस्तरको हानिकारक र बर्डफ्लुको जोखिम रहेको कुखुरासंग प्रतिष्पर्धा गर्न नसक्दा व्यवसायनै छोडेर बस्नु परेको दुखेसो गरिरहेका छन् । तर, पनि भारतबाट न त कुखुरा र चल्लाको अवैध आयातनै बन्द भएको छ न त बर्डफ्लुको सन्त्रासनै समाप्त भएको छ ।
नेपालमा दाना मंहगो हुँदा भारतबाट आउने कुखुराभन्दा केही मंहगो पर्ने हुँदा अधिकांशले भारतबाट अवैध रुपमा आयात गरिएका कुखुरा र मासु विक्रि गरिरहेकोले समस्या...
सिराज खान
नेपालगञ्ज, माघ १९ । भारतका धेरै ठाउँमा बर्डफ्लु देखिएकोले बर्डफ्लु भित्रिने अत्याधिक जोखिमका विच पनि भारतबाट कुखुराको अवैध आयाते रोकिएको छैन ।
बर्डफ्लु भित्रिने आशंकाकै कारण भारतबाट कुखुराको आयातमा पुर्ण रुपमा प्रतिवन्ध लगाएर सीमानामा कडाई गरिएपनि भारतबाट दिनदिनै तस्करहरुले कुखुरा भित्र्यान भने छोडेका छैनन् ।
पछिल्लो पटक मंगलवार नेपालको पुर्वि जिल्ला मोरंगको सीमानामा पनि कुखुरामा बर्डफ्लु देखिएको छ ।
प्रहरीले बेला बेलामा अवैध रुपमा ल्याईएका कुखुरा नियन्त्रणमा लिंदै आएपनि ड्युटीमा रहेका प्रहरीकै सेटिंगमा कुखुरा आइरहेकोले बर्डफ्लु भित्रिन सहयोग पुगिरहेको किसान र व्यवसायीको आरोप छ ।
पछिल्लो पटक मंगलबार प्रहरी र शसस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्रयाईएका ठुलो परिमाणका कुखुरा नरैनापुर र जानकीबाट बरामद गरेको छ ।
स्थानीय व्यवसायी र किसानले यसरी कुुखराको अवैध आयात जारी रहने हो...
गोविन्द शर्मा
बाँके, माघ १९ गते । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रुपमा रहेको छ । अत्यधिक सवारी चाप ब्यवस्थापनका लागि कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण भइरहेको छ ।
कोभिड सङ्क्रमण तिव्ररुपमा बढिरहेको अहिलेको अवस्थामा समेत बसपार्क निर्माण कार्य तिव्ररुपमा अघि बढिरहेको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । २०७७ फागुन २४ गते २७ करोड ८४ लाख ६६ हजार रुपियाँमा बसपार्क निर्माणका लागि सम्झौता भई काम सुरु भएको हो ।
हालसम्म सन्तोषजनक रुपमा काम अघिबढेको छ, नगर प्रमुख रावतले भन्नुभयो –“कोभिड महामारीका बीच पनि अहिलेसम्म ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।” बसपार्क २०७९ फागुन २५ गतेसम्म सम्पन्न गर्ने सम्झौता रहेको छ । कोहलपुर चौराहभन्दा पुर्वतर्फ फराकिलो संरचनासहित बसपार्क निर्माण भइरहेको नगरप्रमुख रावतको भनाई छ । निर्माणधि...
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, माघ १९ । तस्करी र अवैध आयात नियन्त्रणका लागि सक्रिय रहेको सशस्त्र प्रहरीको टोलीले विभिन्न स्थानबाट लाखौं रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगन्ज १५ पिप्रहवा सिमा नाकाबाट डेढ क्विन्टल माछा र माछा तस्करीमा प्रयोग भएको एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ । बरामद गरिएका ३७ हजार ५ सय रुपैयाँ माछालाई क्वारेन्टाइन कार्यालय बुझाई नस्ट गरिएको र ५० हजार रुपैयाँ बराबरको भारतीय नम्बरको मोटरसाइकललाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक जनक राज बस्नेतले बताउनुभयो ।
सोही प्रकारले सशस्त्र प्रहरीले जानकी गाउँपालिका १ बाट डेढ क्विन्टल कुखुरा र कुखुरा तस्करीमा प्रयोग गरिएका ९ वटा साइकलसमेत बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जनाउनु भए...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १८ । जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले नेपालगन्जमा जथाभाबी पार्किङ गरेर राखिएको सवारी साधन र ठेलागाडालाई ब्यबस्थित गर्न शुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको नेपालगन्ज बजार क्षेत्रमा जथाभाबि पार्किङ गर्ने प्रचलननै कायम भैसकेकोले सो मा सुधार ल्याउनका लागि जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले पार्किंगलाई व्यवस्थित गर्न थालेको ट्राफ्रिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाहले बताउनुभयो ।
उहाँका अनुसार सो क्रममा नेपालगञ्जको त्रिभुवन चोक र सदरलाइनमा अव्यवस्थित तरिकाले जथाभावि पार्किंग गरेर राखेका मोटरसाईकल, ठेलागाडालाई जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले मंगलवार ब्यबस्थित गरेको छ । नेपालगन्ज बजारको बिभिन्न स्थानहरुमा जथाभाबी पार्किङ गरि राखेका सवारी साधन मोटरसाईकल, स्कुटी, अटो, ठेलागाडाहरुलाई जिल्ला ट्राफ्रिक प्रहरी क...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १८ । सरकारले आयातमा प्रतिवन्ध लगाएपनि धेरै लामो समयदेखि भारतबाट कुखुराको अवैध आयात भैरहेकोले नेपाली किसान र व्यवसायी अत्याधिक मारमा परेका छन् । उनिहरुले भारतबाट ल्याईएको गुणस्तरहीन कुखुरासंग मुल्यमा प्रतिष्पर्धा गर्न नसक्दा व्यवसायनै धरापमा परेको गुनासो गरेका छन् ।
भारतबाट अवैध रुपमा भित्रिने केुखरालाई रोक्न नसकेकोले धेरै किसान र व्यवसायीले व्यवसायनै छोडेर बसेको व्यवसायीले जनाएका छन् । तर, उनिहरुले बैंकबाट लिएको ऋण तिर्न नसकेर समस्यामा परेको पनि बताएका छन् ।
ड्युटीमा रहेका प्रहरीकै सेटिंगमा तस्करी भैरहेकोले आफुहरु झनै मर्कामा परेको उनिहरुको ठुलो गुनासो छ । प्रहरीले पक्राउ नगर्दा किसान र व्यवसायी सो आयात रोक्न आफै मैदानमा कस्सिएको पनि उनिहरुले बताएका छन् ।
प्रहरीले पक्राउ नगरेपछि आफुहरुले गएर प्रहरी बोलाई नरैनापुरबाट १२ क्विन्टल अवैध कुखुरा पक्राउ...
सिराज खान
नेपालगञ्ज, माघ १६ गते । बाक्लो हुस्सु र कुहिरोका कारण बिहानैदेखि मौसम विग्रीएकोले आइतवार अहिलेसम्म नेपालगञ्ज विमानस्थलका सबै उडान रद्द गरिएको छ । यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लामा हुने र संघीय राजधानी काठमाडौं तथा पोखराका लागि हुने सबै उडान रद्द गरिएका हुन् । उडान रद्द हुँदा विभिन्न ठाउँमा जान विमानस्थल पुगेका सयौं यात्रु विमानस्थलमै रोकिएका छन् ।
नागरिक उड्डयन कार्यालय नेपालगञ्जकाअनुसार आइतवार विहानैदेखि मौसम अत्यधिक खराब हुँदा भिजिविलिटी कम भएकाले विमानस्थल नखोलिएको जनाएको छ । दिउँसो १ बजेसम्म यहाँबाट कुनैपनि हवाई उडान नभएको सो कार्यालयले जनाएको छ । मौसममा सुधार आएपछि मात्रै उडान सुचारु गर्न सकिने कार्यालयले जनाएको छ ।
शनिवार रातीबाटै मौसममा आएको खराबीका कारण हुस्सु र कुहिरो अत्याधिक बढेपछि उज्यालो निकै कम रहेकाले नेपालगञ्जबाट आइतवार हुने सबै उडान दिउँसो दुई बजेसम्मका ला...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १३ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको प्रमुखमा एसपी जनक बस्नेत सरुवा भएर आएलगत्तै प्रमुख बस्नेतले सबै मातहतलाई तस्करी र अवैध आयात रोक्न कडाईका साथ प्रस्तुत हुन निर्देशन दिनुभएको छ । उहाँले सीमा नाकामा रहेका सबै बोर्डर आउट पोस्टको निरिक्षण गरेर समग्र अवस्था बारे जानकारी लिंदै तस्करीलाई शुन्यमा पुरयाउने उदेश्यले काम गर्न मातहतलाई निर्देशन दिनु भएको हो ।
एसपी बस्नेतको निर्देशन लगत्तै प्रहरीले ठुलो परिमाणमा भारतबाट तस्करी गरेर ल्याईएका सामान बरामद गर्न थालेको छ । सो क्रममा सशस्त्र प्रहरीले नेपालगन्जको जयसपुरस्थित भारतबाट अवैधरुपमा भन्सार छली ल्याउदै गरेका इलेक्ट्रोनिक्स सामान, धारा, बाथरुमका सामान, लत्ताकपडा, किराना सामान, फलफुल, तरकारी लगायतका अन्दाजी मुल्य २ लाख २० हजार बराबरको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश...