२ बैशाख २०८३, बुधबार

खेलकुद

प्रधानमन्त्री कप भलिबलमा पहिलो पटक सहभागि हरियाणले उपाधी लिएर फर्किंदै

प्रधानमन्त्री कप भलिबलमा पहिलो पटक सहभागि हरियाणले उपाधी लिएर फर्किंदै

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत १४ । पहिलो पटक प्रधानम्नत्री महिला भलिबल प्रतियोगितामा सहभागि भएको भारतको हरियाणा स्पोर्टस् क्लबले प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बन्दै उपाधी लिएर आफ्नो देश फर्किने छ । नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको उपाधि भिडन्तमा हरियाणाले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक फाइनलमा हरियाणाले पुलिसलाई २६–२४, २५–२१, २५–२३ ले हराएको थियो । उपाधिसँगै हरियाणाले ५ लाख रुपैया प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार प्राप्त गरेको छ । त्यसअघि सोमबार नै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि २६–२४, २५–८, २६–२४ को सोझो सेटमा जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । यो सँगै आर्मीले डायमन्डलाई ल...
प्रधानमन्त्री कप महिला भलिबलको फाइनलमा भारतको हरियाणा र नेपाल पुलिस क्लब भिड्ने

प्रधानमन्त्री कप महिला भलिबलको फाइनलमा भारतको हरियाणा र नेपाल पुलिस क्लब भिड्ने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, चैत १३ । यहाँस्थित रंगशालाको कभर्डहलमा सञ्चालन भैरहेको प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता अन्तर्गत आइतवार खेलिएका सेमीफाइनल खेलमा विजयी भएर भारतको हरियाणा क्लब र नेपाल पुलिस क्लब फाइनलमा पुगेका छन् । भारतको हरियाणा र न्यु डायमण्ड क्लब विच खेलिएको पहिलो सेमीफाइनलमा हरियाणा क्लबले न्यु डायमण्ड क्लबलाई ३–१ ले पराजित गरेर फाइनलमा प्रबेश गरेको हो । शुरुको दुई सेट हरियाणाले २५–१७ र २५–१५ ले जितेपनि तेस्रो सेटमा वापसी गर्दै न्यु डायमण्डले २५–२३ ले जितेको थियो । तर चौथो सेट २५–१६ ले जित्दै हरियाणा फाइनलमा प्रबेश गरेको हो । यसैगरि दोस्रो सेमीफाइनल खेलमा पुलिस क्लबले नेपाली सेनाको त्रीभुवन आर्मी क्लबलाई ३–० ले सोझो सेटमा पराजित गरेर फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट पुलिस क्लबले सहज रुपमा २५–१८ ले जितेपनि दोस्रो र तेस्रो सेटमा निकै कडा प्रतिष्पर्धा भएको...
सेनाको भैरवप्रसाद गणद्धारा डुडुवामा साइकल ट्रेल निर्माण

सेनाको भैरवप्रसाद गणद्धारा डुडुवामा साइकल ट्रेल निर्माण

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, चैत १२ । नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाले बाँकेको डुडुवा गाउँपालिकाको वडा नं ५ बाबुकुवा सामुदायिक बनमा साइकल ट्रेल निर्माण गरिदिएको छ । नेपालगञ्ज साइक्लिङ ब्लब र बाँके जिल्ला साइक्लिङ संघको सहकार्यमा नेपाली सेनाले निर्माण गरेको साइकल ट्रेलको शनिवार भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले उदघाटन गर्नुभयो। गणपति कार्कीले माउन्टेन बाइकको प्रतियोगिता र अभ्यासका लागि साइकल ट्रेल बनाउन पाउँदा खुशी लागेको बताउनुभयो । नेपाली सेनाले यस्ता सामाजिक गतिविधिमा सधैं सहयोग गरिरहेको समेत उहाँले बताउनुभयो । नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले साइकल ट्रेल बनेसँगै छिट्टै राष्ट्रियस्तरको माउन्टेन बाइक प्रतियोगिता आयोजना गर्ने जानकारी गराउनु भएको छ । बाँकेमा माउन्टेन बाइक चलाउने र प्रतियोगितामा समेत भाग लिने धेरै खेलाडी रहेकाले उनीहरु...
भारतको हरियाणा र सेनाको त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप महिला भलिबलको सेमीफाइनलमा

भारतको हरियाणा र सेनाको त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप महिला भलिबलको सेमीफाइनलमा

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, चैत १२ । आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमीफाइनल खेल निकै भिडन्त हुने भएको छ । भारतको हरियाणा स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबले आआफ्नो समुहबाट विजेता बन्दै सेमीफाइनल यात्रा तय गरेका छन् । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शनिवार हरियाणा स्पोर्ट्स क्लबले लुम्बिनी युनाइटेडलाई २५–१५, २५–७ र १५–१३ को सोझो सेटमा पराजित गरेको छ । उक्त खेलमा हरियाणाकी ११ नं. जर्सीकी निर्मल प्लेयर अफ द म्याच घोषित भइन् । निर्मल नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग)मा भारतीय राष्ट्रिय भलिबल टिमकी कप्तान थिइन् । उनलाई नेपालगन्ज म्याराथनकी संरक्षक सदस्य शशी स्वाँर, बागेश्वरी क्युएफएक्स सिनेमाका म्यानेजर सञ्जीव शाक्य, सुपरभिजन केवल टिभीका संचालक विनोद अग्रहरी र ह्याण्डबलका राष्ट्रिय खेलाडी रोशन श्रेष्ठले पुरस...
मैत्रीपुर्ण भेटरान्स क्रिकेटमा बाँके ११ विजयी

मैत्रीपुर्ण भेटरान्स क्रिकेटमा बाँके ११ विजयी

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २८ । श्री भैरव प्रसाद गण इमाम नगर बाँकेको आयोजना र बाँके जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा ४ नम्बर ब्रिगेड स्पोर्टस कम्पलेक्स राँझामा शनिवार खेलिएको मैत्रीपुर्ण भेटरान्स क्रिकेट खेलमा बाँके ११ ले नेपाली सेनाको वेस्टर्न हेडक्वाटरलाई २० रनले पराजित गरेको छ । वेस्टर्न हेडक्वाटरले टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय गरेपछि बाँके ११ ले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाउन सफल भएको थियो । सो खेलमा बाँके ११ का तर्फबाट हिमालय शाहले ३८, दुर्गा बहादुर थापाले ३१ र जमिल अन्सारीले १७ रनको योगदान गरेका थिए । वेस्टर्न हेडक्वाटरका बलर दिप बाबु श्रेष्ठ र निरन्जन धामीले २–२ विकेट प्राप्त गरेका थिए । १५६ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको वेस्टर्न हेडक्वाटरले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सफल भएपछि २० रनले पराजित हुन पुगेको ...
प्रधानमन्त्री कप भलिबललाई होटल सेन्ट्रल प्लाजाको साथ

प्रधानमन्त्री कप भलिबललाई होटल सेन्ट्रल प्लाजाको साथ

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २८ । नेपालगन्जमा चैत १० देखि १४ गतेसम्म आयोजना हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको लागि पाँच तारे होटल सेन्ट्रल प्लाजाले प्रायोजन सहयोग गरेको छ । सेन्ट्रल प्लाजाले प्रतियोगितामा सहभागी टोली तथा अफिसियललाई आवास तथा भोजनको व्यवस्थापन सहयोग गर्न लागेको हो । प्रायोजन सम्बन्धी सम्झौता पत्रमा शनिबार सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भी कुमार र बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले हस्ताक्षर गर्नुभएको छ । प्रतियोगितामा देशका चर्चित क्लबहरुसँगै भारतका क्लबलाई पनि सहभागी गराउने प्रयास भइरहेको प्रतियोगिताका संयोजक समेत रहनुभएका ठकुरीले जानकारी दिनुभयो । सहभागी टोलीबारे छिट्टै जानकारी दिईने बताईएको छ । प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब साविक विजेता हो ।  ...
जिल्ला लिग फुटबलमा जय किसन र युनाइटेडको जित

जिल्ला लिग फुटबलमा जय किसन र युनाइटेडको जित

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, १७ फागुन । न्यु डाँफे स्पोर्टस क्लब र युनाइटेड युथ क्लबले मंगलबार जिल्ला लिग फुटबलमा जित हासिल गरेका छन । न्यु डाँफेले जय किसन स्पोर्टस क्लबलाई १–० ले हरायो । न्यु डाँफेका लागि बिमल बस्नेतले ९औं मिनेटमा गोल गरेका थिए । नेपालगन्ज रंगशालामा भएको अर्को खेलमा युनाइटेडले बुद्ध युवा क्लबलाई २–० ले पराजित गरेको थियो । युनाइटेडका लागि भिमसेन थापाले १९औं मिनेट र विभुषण केसीले ७५औं मिनेटमा गोल गर्दै सफलता दिलाए । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गते सम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गरिरहेका छन । लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन । यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्प...
सेनाको कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिता सुरु, भैरवप्रसाद गण विजयी

सेनाको कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिता सुरु, भैरवप्रसाद गण विजयी

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ११ । नेपाली सेनाको कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिता नेपालगञ्जमा बुधवारबाट सुरु भएको छ । पश्चिम कमाण्डअन्तर्गतका चारवटा बाहिनी अड्डाका आठवटा युनिटले प्रतियोगितामा भाग लिएका छन् । उद्घाटन खेलमा भैरवप्रसाद गण, नेपालगञ्जले जुम्लाको नन्दबक्स गणलाई ३–१ गोलले पराजित गरेर अग्रता कायम गरेको छ । खेल सुरु भएको एक मिनेटमै नन्दबक्स गणले श्यामबहादुर विष्टको गोलमा अग्रता लिएको थियो । खेल सुरु हुने वित्तिकै गोल खाएपछि भैरवप्रसाद गणका खेलाडी आक्रमक बनेका थिए । ५२ मिनेटमा भुपेन्द्र रानाको गोलमा भैरवप्रसाद गण बराबरीमा आएको थियो । त्यसपछि भैरवप्रसादले लगातार दबाबमा राखेको थियो । ८१ मिनेटमा संगम चौधरी र ८९ मिनेटमा भुपेन्द्र रानाले नै गोल गरेपछि भैरवप्रसाद गण विजयी भएको हो। यसअघि प्रतियोगिताको उद्घाटन श्री नम्बर ४ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी उत्...
मैत्रीपुर्ण फुटबलमा प्रमुख सेनानी कार्कीको गोलले सेनाको टोली विजयी

मैत्रीपुर्ण फुटबलमा प्रमुख सेनानी कार्कीको गोलले सेनाको टोली विजयी

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ५ । नेपालगञ्जमा खेलिएको भेटरान मैत्रीपुर्ण फुटबल खेलमा नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वार्टरले रोयल नेपालगञ्ज फुटबल क्लबलाई पराजित गरेको छ । पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाहीको कप्तानीमा रहेको नेपाली सेनाको टोलीले एन्फा लुम्बिनीका उपाध्यक्ष सुर्यमणी अधिकारीको कप्तानीमा रहेको रोयर नेपालगञ्ज फुटबल क्लबलाई १ का विरुद्ध २ गोलले पराजित गरेको हो । खेलको पहिलो गोल रोयलका अमृत श्रेष्ठले गर्नु भएको थियो । त्यसपछि सेनाको टोलीबाट प्रमुख सेनानी प्रदीप थापाले गोल गरेर खेललाई बराबरीमा पुरयाउनु भएको थियो । विजयका लागि दुबै टोलीविच निकै संघर्ष भएपनि अन्तत विजयी गोल सेनाको टोलीले गरेको थियो । पश्चिम कमाण्डका सेनापति शाहीको पासमा भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले विजयी गोल गरेर सेनालाई जित दिलाउनु भएको थियो । यसअघि पनि पश्चिम कमाण्डका सेनाप...
खेलकुद मन्त्री अथकको प्रस्तावमा सरकारद्धारा फुटवल प्रशिक्षक अल्मुताइरीलाई सम्मान

खेलकुद मन्त्री अथकको प्रस्तावमा सरकारद्धारा फुटवल प्रशिक्षक अल्मुताइरीलाई सम्मान

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २१ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई शुक्रवार सम्मानित गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गर्नुभयो। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक को विशेष पहलमा गत कात्तिक १ गते बसेको मन्त्रीपरिषदको बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो । असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा इतिहास रच्न सफल राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख नगद पुरस्काले पुरस्कृत गर्ने निर्णय अन्तर्गत अल्मुताइरीलाई सम्मान गरीएको हो । यसअघि सरकारले गत पुष ६ गते नेपाली राष्ट्रि...