बाँकेमा “चालकसँग ट्राफिक प्रहरी” सचेतना अभियान निरन्तर जारी
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १३ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले लुम्बिनी प्रदेशस्तरीय “चालकसँग ट्राफिक प्रहरी” सचेतना कार्यक्रमलाई निरन्तर जारी राखेको छ ।
सो सचेतना कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा तैनाथ रहेका ट्राफिक प्रहरीहरुले विभिन्न सवारी साधनका चालकहरुलाई रोकेर उनिहरुलाई सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेत पार्दै आएका छन् ।
सो क्रममा मंगलवार नेपालगञ्ज उप महानगरपालिका २० राझाँस्थित प्रहरी नायब निरिक्षक ओम प्रसाद पौडेलको टोलिले मोटरसाइकल, ई रिक्सा, अटो र अन्य गाडीका सवारी चालक र सह चालकहरु लाई जम्मा गरेर, रोकेर सवारी दुर्घटनाबाट बच्ने उपाय, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, ओभरटेक कसरी गर्ने, दाँया बायाँ कसरी मोड्ने, सवारीको गति, लेन अनुशासन, दुर्घटना न्यूनिकरण, जाडोको समयमा हुस्सु कुहिरो लागेको बेला सवारी साधन चलाउदा अपनाउनु पर्ने सजकता स...









