९ चैत्र २०८२, सोमबार

ताजा-अपडेट

राष्टिय सहमतिकालागि सरकारलाई समर्थन गरेका हौं– काँग्रेसका प्रवक्ता डा.महत

राष्टिय सहमतिकालागि सरकारलाई समर्थन गरेका हौं– काँग्रेसका प्रवक्ता डा.महत

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राष्टिय समाचार समिति नेपालगञ्ज, माघ १२ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको हो तर कांग्रेस सरकारमा जान होइन । सभामुख, राष्ट्रपति आदि निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेर नै कांग्रेसले सरकारको समर्थन गरेको हो ।” “संसदमा गुण र दोषका आधारमा हामीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं, सरकारलाई समर्थन गरे पनि हामीहरु सरकारमा जाने भनेको होइन”, नेता महतले भन्नुभयो । नेपाली कांग्रेस नेता डा। महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान रक्षाका लागि म उभिन्छु र समझदारी निर्माण गर्छु भन्ने मनसाय राखेको र समझदारी विकास गर...
प्रहरीले रकम मागेमा मलाई खबर गर्नुस–प्रदेश प्रहरी प्रमुख डिआईजी राई

प्रहरीले रकम मागेमा मलाई खबर गर्नुस–प्रदेश प्रहरी प्रमुख डिआईजी राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगञ्ज, माघ १२ । नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी टेकप्रसाद राईले प्रहरीले कुनै पनि काम गर्ने नाममा रकम मागेमा आफुलाई जानकारी गराउन आग्रह गर्दै जानकारी भएपछि कडा कारवाही गरिने बताउनुभएको छ । उहाँले प्रहरीबाट हुने कमीकमजोरीलाई सुधार गर्ने गरि औंल्याइदिएर संगठन सुधार्न सहयोग गरिदिन पत्रकारहरुसँग अनुरोध गर्नु भएको छ । दाङ तुलसीपुरस्थित लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि पत्रकारहरुसँगको भेटघाटमा डीआईजी राईले ‘प्रहरीले कहाँ चाहिँ नराम्रो गरेको छ र त्यसलाई कसरी सुधार्न सकिन्छ,’ त्यस बारेमा पनि पत्रकारहरुले कलम चलाईदिन अनुरोध गर्नुभयो । प्रहरीले नराम्रो गरे प्रहरी कंट्रोल नम्बर १०० मा फोन गर्नुस, त्यसमा फोन गर्दा रेस्पोन्स भएन, तितो बोल्यो वा झर्कैर बोलेमा सिधै आफुलाई खबर गर्न राईले आग्रह गर्नु भएको छ । मुस्कानसहितको प्रहरी सेवा भनेको हुँदा प...
बाल विवाह न्युनिकरणकालागि माघीको अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना

बाल विवाह न्युनिकरणकालागि माघीको अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, पुस २९ । बाल विवाह न्युनिकरणकालागि बारबर्दिया नगरपालिकाको वडा नम्बर १० मा साँस्कृतिक तथा मघिमिलान कार्यक्रम गरिएको छ । साँस्कृतिक कार्यक्रममार्फत बाल विवाह न्युुनिकरण गर्ने उदेश्यले बारबर्दिया नगरपालिका वडा नं १० को आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लब नेपालगंज, बि ग्रुप नेपालगन्जको सहयोग र सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर १० का प्रत्येक गाँउका संस्कृतिक टोलीले परम्परागत साँस्कृतिक नाचगाँन माफत बालविवाह न्युनिकरणका सन्देश तथा त्यसले पर्ने असरको बारेमा सचेतना प्रदान गर्नु भएको थियो । वडा भित्र रहेका महिला समुह, युवा क्लब किशोरी कल्ब, तथा सांस्कृतिक समुह र बर्दियाका थारु कलाकार तथा समुदायहरुले आफ्नो प्रस्तुती मार्फत सो सचेतना प्रदान गर्नु भएको थियो । बाल संरक्षण कार्यक्रम अन्तरगत ‘थारू समुदायको महान पर्व माघीको अवसरपा...
बाँके युनेस्कोद्धारा तीन महिने मोबाइल र एसी फ्रिज मर्मत तालिम शुरु

बाँके युनेस्कोद्धारा तीन महिने मोबाइल र एसी फ्रिज मर्मत तालिम शुरु

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, पुस २९ । बाँके युनेस्को क्लबले विपन्न बेरोजगार युवाका लागि मोबाइल र एसी तथा फ्रिज मर्मत तीन महिने तालिम नेपालगञ्जमा सञ्चालन गरेको छ । कतार च्यारिटिको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको जिविकोपार्जन सहयोग परियोजना अन्तर्गत सो तीन महिने तालिम शुरु गरिएको हो । नेपालगञ्जका ७ र जानकी गाउँपालिकाका १ गरेर ८ जना विपन्न बेरोजगार युवालाई मोबाईल र एसी तथा फ्रिज मर्मत सिकाएर उनिहरुलाई स्वरोजगार बनाई जिविकोपार्जनमा सहयोग पुरयाउने उदेश्यले सो तालिम शुरु गरिएको तालिमको उदघाटन गर्दै कतार च्यारिटि नेपालका डेपुटि डायरेक्टर ईर्शाद शेषले बताउनुभयो । उहाँले तालिमका सहभागिलाई राम्ररी मन लगाएर तालिम लिएर आफ्नो आर्थिक अवस्था सुधार गर्ने अवसरका रुपमा यस तालिमलाई लिन आग्रह गर्नुभयो । तालिम उदघाटनको अवसरमा कतार च्यारिटिका कार्यक्रम संयोजक जाहिद खान, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुल...
कतार च्यारिटि र बाँके युनेस्कोद्धारा १२० बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

कतार च्यारिटि र बाँके युनेस्कोद्धारा १२० बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगञ्ज, पुस २८ । कतार च्यारिटी नेपालको सहयोगमा बाँकेमा सञ्चालित सामाजिक संरक्षण परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले गरिब, विपन्न र अनाथ बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरेर नगरका विभिन्न विद्यालय र मदरसामा अध्ययनरत अनाथ, अति विपन्न र गरिब परिवारका १२० जना बालबालिकालाई स्कुल व्यागसहितको शैक्षिक सामाग्री, तयारी पोशाक, जुत्ता र मोजा वितरण गरेको हो । क्लबका कोषाध्यक्ष फिरदौस जहाँ खानको अध्यक्षतामा आयोजना गरिएको सो शैक्षिक सामाग्री वितरण समारोहको प्रमुख अतिथि नेपालगञ्ज उपमहानगर शिक्षा महाशाखा प्रमुख गोरख बहादुर थापा रहनु भएको थियो । प्रमुख अतिथि थापा लगायत उपमहानगरको महिला तथा बालबालिका महाशाखा प्रमुख शोभा शाह, कतार च्यारिटीका डेपुटी डायरेक्टर ईर्शाद शेष, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, ईस्लाम...
तीन महिने सिलाई कटाई तालिमका सहभागिलाई मेसिनसहित सामाग्री वितरण

तीन महिने सिलाई कटाई तालिमका सहभागिलाई मेसिनसहित सामाग्री वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगञ्ज, पुस २८ । बाँके युनेस्को क्लबले कतार च्यारेटीको सहयोगमा सञ्चालन गरेको तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । तालिम समापनको अवसरमा तालिममा सहभागि महिलाहरुलाई सिलाई मेसिन सेटसहित विभिन्न औजारहरु वितरण गरिएको छ । अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक शसक्तिकरणका लागि साना तथा मझौला उद्यम विकास परियोजना अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको थियो । तालिममा नेपालगञ्जका २० जना अति विपन्न तथा एकल महिलाको सहभागिता रहेको थियो । तालिमको समापन समारोहमा नेपालगञ्ज उपमहानगर महिला तथा बालबालिका महाशाखा प्रमुख शोभा शाह, शिक्षा, खेलकुद र युवा महाशाखा प्रमुख गोरख बहादुर थापा, कतार च्यारेटी नेपालका डेपुटी डायरेक्टर ईर्शाद शेष, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी र क्लबका कोषाध्यक्ष फिरदोस ज...
नेपालगञ्जमा धान खरिद निकै सुस्त, २० दिनमा १६० किसानको मात्र धान खरिद

नेपालगञ्जमा धान खरिद निकै सुस्त, २० दिनमा १६० किसानको मात्र धान खरिद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, पुस २६ गते । बाँकेमा खाद्य व्यवस्था कम्पनी लिमिटेडले धान खरिद निकै सुस्त गतिमा खरिद गरिरहेको पाइएको छ । एक दिनमा दस जना किसानबाट जनही ३० क्विन्टलको दरले धान खरिद सुरु गरेको सो कार्यालयले २० दिनमा मात्र चार हजार ५०० क्विन्टल धान खरिद गरेको जनाएको छ । जिल्लामा रहेका आठवटै पालिकालाई कोटा निर्धारण गरेर यही पुस ५ गतेबाट २५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखेर खरिद सुरु गरेकोमा हालसम्म १६० जना किसानबाट चार हजार ५०० क्विन्टल धान खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बताउनुभयो । उहाँले पालिकामा रहेको कृषि शाखाले गरेको सिफारिसका आधारमा धान खरिद गरिरहेको जनाउँदै वास्तविक किसानको मात्रै धान खरिद गरिएको बताउनुभयो । धान विक्रीका लागि आउनुभएका खजुरा ५ का किसान केदार अहिरले कृषि शाखाबाट सिफारिस लिएर ३० क्विन्टल मात्र धान लिएको...
नेपालमै पहिलो पटक डिजिटल प्रणाली मार्फत किसानको बाली बीमा

नेपालमै पहिलो पटक डिजिटल प्रणाली मार्फत किसानको बाली बीमा

अर्थ, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
बढैयातालका १० किसानलाई बीमा भुक्तानी गरियो सिराज खान नेपालगञ्ज, पुस २६ । कृषि विमा अन्तरगत, नेपालमै पहिलो पटक डिजिटल प्रणाली मार्फत बाँके, बर्दिया र नवलपरासीका ९४ जना धान बाली उत्पादक किसानको बीमा गरिएको छ । एनएलजी बिमा कम्पनी लिमिटेड, सिआइएमएमवाईटी नेपाल, फिड द फ्युचर, लुम्बिनी सीड कम्पनी, गेट नेपाल, टिम वन टेक्नोलोजी र सीड इनोभेसन्स प्रालि लगायत स्थानीय कृषि निकायको समूह मिलेर धानवालीमा बिमा सुरु गरिएको हो । सोही अनुसार बीमा गराएर धान वाली क्षति भएका बर्दिया बढैयातालका १० जना किसानलाई धानबालीमा क्षति भए बराबरको रकम बिमा कम्पनीद्वारा वितरण गरिएको एनएलजी बिमा कम्पनीका प्रतिनिधि अनु हमालले बताउनुभयो । उहाँका अनुसार बढैयाताल गाउँपालिका कार्यालयमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कृषिसाखा प्रमुख, एनएलजी बिमा कम्पनी लि, सिआइएमएमवाईटी नेपाल, सीड कम्पनी गेट नेपाल र सीड इनोभेसन्स प्रा.लिका प्र...
खजुराको १२ औं गाउँसभा अधिवेसनद्धारा विभिन्न विधयेक पारित

खजुराको १२ औं गाउँसभा अधिवेसनद्धारा विभिन्न विधयेक पारित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, पुस २५ । बाँकेको खजुरा गाउँपालिकाले आफ्नो गाउँसभाको १२ औं अधिवेशन गरेको छ । गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले चालु आर्थिक वर्षको निति, कार्यक्रम तथा बजेट समिक्षा बक्तव्य प्रस्तुत गर्नु भएको थियो । गाउँपालिकाको अहिलेसम्मको राजश्व असुल ७७ लाख ७६ हजार ७ सय ५५ रहेकोमा पालिका तर्फको राजश्व असुलि २१ लख १९ हजार ७ सय ६४ रहेको उपाध्यक्ष मल्लले प्रस्तुत गर्नुभयो । वडागत रुपमा ५६ लाख ५६ हजार ९ सय ९१ राजश्व असुल देखिएको छ । खजुराले गाउँपालिकाको नगर प्रहरी विधेयक २०७९, खजुरा गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सक्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७९, खजुरा गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि विधेयक २०७९, स्वास्थ्य तथा सरसफाई ऐन २०७८ को परिच्छेद मा सहायक हटाई अध...
माघ १५ देखि नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट आयोजना गरिंदै, तीनसय बढी टुर अपरेटरको सहभागिता रहने

माघ १५ देखि नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट आयोजना गरिंदै, तीनसय बढी टुर अपरेटरको सहभागिता रहने

अर्थ, ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, पुस २५ । पश्चिम नेपालका पर्यटन गतिविधि तथा गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी माघ दोस्रो साता नेपालगन्जमा दोस्रो पटक वेष्टर्न ट्राभल मार्ट आयोजना गरिने भएको छ । गतवर्ष यहाँ पहिलो पटक वेष्टर्न ट्राभल मार्ट आयोजना गरिएको थियो । नेपाल पर्यटन वोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल एशोसियशन अफ नेपाल हान, होटेल व्यवसायी संघ लगायतका संघ, संस्थाको सहकार्यमा आगामी माघ १५ देखी १७ गतेसम्म ट्राभल मार्ट आयोजना गरिने नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी गराउँदै वेष्टर्न ट्राभल मार्टका संयोजक सिग्देलले पश्चिम नेपालमा पर्यटन व्यवसायको विकासका लागि ट्राभल मार्ट गर्न लागिएको ...