३ चैत्र २०८२, मंगलवार

ताजा-अपडेट

अमेरिकन पेस्तोल र गोलीसहित पक्राउ परेका तीनजना प्रहरीद्धारा सार्वजनिक

अमेरिकन पेस्तोल र गोलीसहित पक्राउ परेका तीनजना प्रहरीद्धारा सार्वजनिक

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १८ । अटोमेटिक अमेरिकन पेस्तोल र त्यसमा लाग्ने ९ वटा गोलीसहित बाँके प्रहरीले मंगलवार राती डुडुवा राप्तीपुलनजिकबाट पक्राउ परेका तीन जनालाई बुधवार दिउँसो सार्वजनिक गरेको छ । मंगलवार राती डुडुवास्थित वडा नम्बर ४ सिधनियाघाटमा रहेको राप्ती पुल नजिकबाट एक कारमा सवार उनिहरुलाई अमेरिकन पेस्तोल, ९ थान गोली र एक खुँडासहित पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन मार्फत उनिहरुलाई सार्वजनिक गर्दै राप्तीपुल नजिकै गोली चलेको सुचनाको आधारमा पुगेको प्रहरी टोलीले नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १८ बस्ने बर्ष २९ का सुसान्त के.सी.ले चलाएको बाग्मती प्रदेश ०१–०२५ च ३०९७ नं.को गाडी रोकी चेकजाँच गर्दा पेस्तोल गोली र खुँडा बरामद भएको बाँकको जनाएको छ । गाडी चेकजाँच गर्दा चालक सिटको वाँया तर्फको सिटको सिटकभर भित्र रहेको मेड इन अमेरिका लेखेको अ...
मान्छे खाने भाले पाटे बाघ नियन्त्रणमा, बेहोस बनाएपछि टोलीले लिएर आउँदै

मान्छे खाने भाले पाटे बाघ नियन्त्रणमा, बेहोस बनाएपछि टोलीले लिएर आउँदै

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, फागुन १८ । गत तीन महिनादेखि राप्तीसोनारी गाउँपालिका लगायतको क्षेत्रमा आतंक मच्चाउदै आएको ठुलो पाटेबाघलाई बुधवार विहान बेहोस बनाएर नियन्त्रणमा लिईएको छ । वन डिभिजन कार्यालय बाँकेले दिएको जानकारी अनुसार राप्तीसोनारी वडा नम्बर ६ बाट बुधवार विहान बाघलाई बेहोस बनाउन सफलता मिलेको हो । वन डिभिजन कार्यालय बाँकेका प्रमुख दधिराम कँडेलले राष्टिय प्रकृति कोष बर्दियाबाट आएको २ जनाको प्राविधिक टोलीले डट गनको माध्यमबाट पाटे बाघलाई बेहोस बनाएर निण्नत्रणमा लिइएको बताउनुभयो । उहाँले मंगलवार दिउँसो ३ बजे आहाराका लागि राखिएको पाडोलाई बाघले खाएको र पछि राती भएकोले खोज्न नसकेपनि बुधवार विहानै बाघ देखिएपछि डट गनको माध्यमबाट बेहोस बनाईएको बताउनुभयो । नियन्त्रणमा लिईएको बाघ भाले बाघ भएको र निकै ठुलो रहेको करिब ८ वर्ष उमेरको हुनसक्ने प्रमुख कँडेलले बताउनुभयो । बेहोस रहेको बाघलाई नेपालगञ्ज ...
अटोमेटिक पेस्तोल र ९ थान गोलीसहित ३ जना राप्ती पुलबाट पक्राउ

अटोमेटिक पेस्तोल र ९ थान गोलीसहित ३ जना राप्ती पुलबाट पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १८ । विभिन्न गैर कानुनी कार्यहरु नियन्त्रण गर्न कस्सिएको बाँके प्रहरीलाई मंगलवार राती ठुलो सफलता हात लागेको छ । प्रहरीले बाँकेको डुडुवा सिधनियाघटस्थित राप्ती पुलबाट एक थान अटोमेटिक पेस्तोल, ९ थान गोली र खुँडासहित कारमा रहेका तीन जनालाई पक्राउ गर्न सफल भएको जनाएको छ । प्रहरीले सो घट्ना बारे थप अनुसन्धान गरिरहेको र उनिहरु किन ? के कारणले यसरी हतियार बोकेर राप्ती पारी गैरहेको वा पारीबाट वारी आइरहेको भन्ने विषयमा छानविन गरिरहेको जनाएको छ । उनिहरुको परिचय भने हालसम्म प्रहरीले सार्वजनकि गरेको छैन । बुधवार पत्रकार सम्मेलन गरेर उनिहरुको परिचय सार्वजनिक गर्नुका साथै घट्ना बारे बिस्तृत जानकारी गराउने जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरी अधिकृतले बताए । त्यसका लागि साढे ११ बजे विहान जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकारहरुलाई आमन्त्रण गरिएको छ ।...
जिल्ला लिग फुटबलमा जय किसन र युनाइटेडको जित

जिल्ला लिग फुटबलमा जय किसन र युनाइटेडको जित

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, १७ फागुन । न्यु डाँफे स्पोर्टस क्लब र युनाइटेड युथ क्लबले मंगलबार जिल्ला लिग फुटबलमा जित हासिल गरेका छन । न्यु डाँफेले जय किसन स्पोर्टस क्लबलाई १–० ले हरायो । न्यु डाँफेका लागि बिमल बस्नेतले ९औं मिनेटमा गोल गरेका थिए । नेपालगन्ज रंगशालामा भएको अर्को खेलमा युनाइटेडले बुद्ध युवा क्लबलाई २–० ले पराजित गरेको थियो । युनाइटेडका लागि भिमसेन थापाले १९औं मिनेट र विभुषण केसीले ७५औं मिनेटमा गोल गर्दै सफलता दिलाए । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गते सम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गरिरहेका छन । लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन । यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्प...
माओवादी केन्द्र नेपालगञ्जद्धारा शहीद परिवारलाई सम्मान

माओवादी केन्द्र नेपालगञ्जद्धारा शहीद परिवारलाई सम्मान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १७ फागुन । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले शहीद सप्ताह अन्तर्गत नेपालगन्जमा शहीद परिवारलाई सम्मान गरेको छ । जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेलको स्मृतिसँग जोडेर शहीद सप्ताहअन्तर्गत शहीद परिवारलाई सम्मान गरिएको हो । कार्यक्रममा सहीद भिपण रोकायका बहिनि सारदा रोकाय, सहिद अनिरुद्र शर्माका श्रीमती सीता शर्मा, शहिद भिएल बुढा रोशनकी श्रीमती कमला पंन्त, सहिद रमिता मल्लकि आमा मिना मल्ल, सहिद प्रेम रसाइलीका दाजु कर्ण रसाइली,सहिद शिबराज ज्ञवालीकि भाउजू मञ्जु ज्ञवाली, शहिद मैना कुमारी बरालका दाजु डिल्ली प्रशाद बराल लगाएत सहिद परिवारहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा शहीद परिवारले शहीदले जुन सपना देखेर बलिदानी दिए ती सपना अझै पूरा हुन नसकेको गुनासो गरेका थिए । उक्त सम्मान कार्यक्रम नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाको कार्...
प्रेसर कुकर बम राखिएको ठाउँमा सेनाको बम डिस्पोजल टोली पुग्यो, डिस्पोज गर्दै

प्रेसर कुकर बम राखिएको ठाउँमा सेनाको बम डिस्पोजल टोली पुग्यो, डिस्पोज गर्दै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १७ । बाँकेको खजुरा गाउँपालिकाको मुख्य बजारमा प्रेसर कुकुर बम जस्तो शंकास्पद बस्तु फेला परेपछि नेपाली सेनाको टोली सो ठाउँमा पुगेर उक्त बमलाई निस्क्रिय पार्ने कार्य शुरु गरेको छ । मंगलवार विहान ७ बजे खजुरा वडा नम्बर ३ स्थित पृथ्वी चोक अगाडि मुख्य राजमार्गमा प्रेसर कुकुर बम जस्तो देखिने बस्तु राखिएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । स्थानीयहरुले पृथ्वी चोकमा प्रेसर कुकुर बेरिएर राखिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । सो जानकारी पाउने वित्तिकै प्रहरीले त्यहाँ पुगेर त्यस स्थानलाई घेराबन्दी गरेको थियो भने नेपालगन्जबाट नेपाली सेनाको बम डिस्पोजल टोली विहान १० बजे सो ठाउमा पुगेर बम डिस्पोज गर्ने प्रक्रियामा लागेको स्थानीयले बताएका छन् । बाँकेका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले पनि सेनाको ...
हमाल आधिकारिक उम्मेदवार–बाल्मिकी, दुबैजना आधिकारिक हुन्–राठौर

हमाल आधिकारिक उम्मेदवार–बाल्मिकी, दुबैजना आधिकारिक हुन्–राठौर

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १६ फागुन । नेपाली कांग्रेस बाँकेको सभापतिको लागि संस्थापन (शेर बहादुर देउवा) पक्षका केन्द्रिय नेताहरुले विवादस्पद बयान दिएपछि स्थानीय नेता कार्यकर्ता अन्यौलमा परेका छन् । बाँकेबाट केन्द्रिय सदस्य बन्नुभएका मैकुलाल बाल्मिकीले प्रदेश वनमन्त्री सुरेन्द्र बहादुर हमाललाई देउवा पक्षको आधिकारिक उम्मेदवार बताउनु भएको छ भने पार्टीका सहमहामन्त्री किशोरसिंह राठौरले हमाल र बादशाह कुर्मी दुबैजना देउवा पक्षका आधिकारिक उम्मेदवार भएको बताउनु भएको छ । यहाँकाट केन्द्रमा गएका दुबै नेताले फरक फरक कुरा गरेपछि सो पक्षका मतदाता अन्यौलमा परेको मतदाताले बताएका छन् । केन्द्रिय सदस्य बाल्मिकीलाई फोन गरेर पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले हमाल नै आधिकारिक उम्मेदवार तोकिएको भन्दै त्यसै अनुरुप सर्कुलर गर्न निर्देशन दिनु भएको बाल्मिकीले बताउनुभयो । महतले सभापति शेरबहादुर देउवा, उपस...
एमसीसी विरुद्धको बन्द सकियो, विद्यालय र यातायात प्रभावित, पाँचजना पक्राउ

एमसीसी विरुद्धको बन्द सकियो, विद्यालय र यातायात प्रभावित, पाँचजना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १६ फागुन । एमसीसीको विरुद्धमा विभिन्न ८ दलले गरेको सोमवारको नेपाल बन्द सकिएको छ । सो बन्दका कारण बाँकेको यातायात, शैक्षिक संस्था, उद्योग, व्यवसाय लगायतको क्षेत्र प्रभावित भएको थियो । एमसीसीको विरोध गर्दै बाँकेमा बन्द गर्दै हिँडेका पाँचजना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँका अनुसार बाँकेमा सोमबार बन्द गराउँदै हिँडेका ५ जनालाई नियन्त्रणमा लिइएको हो । संसदबाट एमसिसी पारित भएको विरोधमा विभिन्न साना ८ दलले नेपाल बन्दको आब्हान गरेका थिए । नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, चित्रबहादुर केसी, मोहनविक्रम सिंह, ऋषि कट्टेल, आहुती, कर्णजीत बुढाथोकी नेतृत्वको पार्टीले नेपाल बन्द आह्वान गरेका थिए । प्रहरीका अनुसार बन्दको बाँकेका बजारमा खासै प्रभाव परेको थिएन । पूर्वपश्चिम महेन्द...
खजुरामा स्थापना हुने प्रदेश विश्वबिद्यालय अन्य जिल्लामा लैजाने तयारीको व्यापक विरोध

खजुरामा स्थापना हुने प्रदेश विश्वबिद्यालय अन्य जिल्लामा लैजाने तयारीको व्यापक विरोध

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १६ फागुन । लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्ने घोषणा गरेको प्रदेश विश्व बिद्यालय खजुराबाट अन्यत्र सार्ने तयारी अगाडी बढाएको छ । बाँकेको खजुरामा स्थापना गर्ने गरि पूर्ववर्ती सरकारका शिक्षा मन्त्री सुदर्शन बरालले स्थलगत अवलोकन र मन्त्रिपरिषदले निर्णय समेत गरिसकेको अवस्थामा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले खजुराबाट अन्यत्र सार्ने तयारी गरिएको खुलासा गरेपछि सो को बाँकेमा व्यापक विरोध गरिएको छ । विश्वबिद्यालय स्थापनका लागि खजुरा गाँउपालिकाबाट १०० बिगाहा जग्गा कित्ताकाट गरि विश्वबिद्यालयका लागि सिफारिस गरिसकेको अवस्थामा विश्व बिद्यालय अन्यत्र सारिए आन्दोलनको आधिवेरि सिर्जना गरिने खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले चेतावनी दिनुभएको छ । जग्गा हस्तान्तरणका लागि गाँउसभाबाट समेत अनुमोदन भइसकेको र सर...
नेपाल भारत बोर्डर बन्द भएपनि भारतबाट हुने तस्करी जारी

नेपाल भारत बोर्डर बन्द भएपनि भारतबाट हुने तस्करी जारी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १५ फागुन । भारतको उत्तर प्रदेशमा भैरहेको विधानसभाको निर्वाचनलाई लक्षित गरेर नेपाल भारत बोर्डर ६० घण्टाका लागि बन्द गरिएपनि तस्करी र अवैध आयात जारी नै छ । बोर्डर बन्द रहेकै अवस्थामा तस्करहरुले अवैध रुपमा सामान भित्रयाउने काम भने जारी नै राखेका छन् । बोर्डर बन्द रहेकै बेला सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याईएको करिब तीन लाख रुपियाँ बराबरका अवैध लत्ताकपडा नेपालगन्ज नाकाबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आइतवार बिहान ४ बजे नेपालगन्ज १५ पिप्रहवा नाकाबाट अवैध समाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ । ठुलो परिमाणमा लाखौं रुपैयाँ बराबरको लत्ताकपडा भारतबाट भन्सार छली गरि नेपालगन्ज ल्याइदै गरेको बिशेष सूचनाका आधारमा गएक...