८ माघ २०८१, मंगलवार

अमेरिकन पेस्तोल र गोलीसहित पक्राउ परेका तीनजना प्रहरीद्धारा सार्वजनिक

अमेरिकन पेस्तोल र गोलीसहित पक्राउ परेका तीनजना प्रहरीद्धारा सार्वजनिक

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १८ । अटोमेटिक अमेरिकन पेस्तोल र त्यसमा लाग्ने ९ वटा गोलीसहित बाँके प्रहरीले मंगलवार राती डुडुवा राप्तीपुलनजिकबाट पक्राउ परेका तीन जनालाई बुधवार दिउँसो सार्वजनिक गरेको छ । मंगलवार राती डुडुवास्थित वडा नम्बर ४ सिधनियाघाटमा रहेको राप्ती पुल नजिकबाट एक कारमा सवार उनिहरुलाई अमेरिकन पेस्तोल, ९ थान गोली र एक खुँडासहित पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन मार्फत उनिहरुलाई सार्वजनिक गर्दै राप्तीपुल नजिकै गोली चलेको सुचनाको आधारमा पुगेको प्रहरी टोलीले नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १८ बस्ने बर्ष २९ का सुसान्त के.सी.ले चलाएको बाग्मती प्रदेश ०१–०२५ च ३०९७ नं.को गाडी रोकी चेकजाँच गर्दा पेस्तोल गोली र खुँडा बरामद भएको बाँकको जनाएको छ ।


गाडी चेकजाँच गर्दा चालक सिटको वाँया तर्फको सिटको सिटकभर भित्र रहेको मेड इन अमेरिका लेखेको अटोमेटिक पेस्तोल थान–१, सोही पेस्तोलमा लोड गोली थान–७, सोही सिटमा रहेको उक्त पेस्तोलमा प्रयोग हुने गोली थान –२, गाडीको सिट पछाडी खैरो रंगको झोला भित्र रहेको खुडा थान–१, नक थान– २ समेत बरामद गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो ।
गाडीका चालक के.सी., उक्त गाडीमा सवार जिल्ला बाँके नेपालगञ्ज उप– महानगरपालिका वडा नं.१२ कोरियनपुर बस्ने बर्ष २८ का दिपेन्द्र अधिकारी र जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा नं.३ बस्ने बर्ष ३२ का द्धारीका उपाध्यायलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।
पक्राउ परेका अधिकारी यसअघि पनि धेरै अपराधिक क्रियाक्लापमा सक्रिय रहेको लागु औषध लगायत अन्य विभिन्न अपराधमा सजाय समेत काटिसकेको व्यक्ति भएको प्रहरीले जनाएको छ । सो पेस्तोल र गोलीहरु अधिकारीले तीन महिना अगाडी भारत लखनउबाट अशरफ अलीबाट ५० हजार भारुमा किनेर ल्याएको अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *