नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ २३ । नेपाल अडिटर्स एसोसिएसन अडानको छैठौं राष्ट्रिय महाधिवेशनबाट बाँकेले केन्द्रिय द्वितीय उपाध्यक्ष र केन्द्रिय सचिवसहित विभिन्न महत्वपुर्ण पदहरु पाउन सफल भएको छ । बाँकेबाट अडानको अधिवेसनमा सहभागि हुनुभएका विभिन्न अडिटर नेताहरुको पहलकदमी र परिश्रमका कारण बाँकेले पाँच वटा महत्वपुर्ण पद पाउन सफल भएको हो ।
केदार नाथ पौडेलको अध्यक्षतामा निर्वाचित भएको ८१ सदस्यीय केन्द्रिय समितिमा बाँके जिल्लाबाट पाँच जना विभिन्न पदमा पुगेको नवनिर्वाचित अडानका खुल्ला केन्द्रिय सदस्य मोहम्मद जुबेर राईले बताउनुभयो ।
सर्वसम्मतीबाट गरिएको नेतृत्व चयनमा बाँकेबाट द्धितिय केन्द्रिय उपाध्यक्षमा अब्दुल करीम खान, केन्द्रिय सचिवमा गोकर्ण प्रसाद आचार्य, खुल्ला केन्द्रिय सदस्यमा मोहम्मद जुबेर राई, लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने गरि केन्द्रिय सदस्यमा दिपक प्रसाद रेग्मी र महिला केन्द्रिय सदस्यमा अनिता कुमारी श्रेष्ठलाई निर्वाचित गरिएको छ ।
एकै जिल्लाबाट पाँच जना महत्पवुर्ण पदहरुमा पुग्नु भनेको अडान बाँकेका लागि गौरवको विषय भएको नवनिर्वाचित खुल्ला केन्द्रिय सदस्य राईले बताउनुभयो । उहाँले अधिवेसन ऐतिहासिक रुपमा सफलताका साथ सम्पन्न भएको पनि बताउनुभयो ।
अडानको छैठौं राष्ट्रिय महाधिवेशनको काठमाण्डौमा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगाल, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष युद्ध राज ओली, अडानका संस्थापक अध्यक्ष कमल खरेल र अध्यक्ष मोहन राज रेग्मी लगाएतका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
२०७९ जेष्ठ २० र २१ गते आयोजित राष्ट्रिय महाधिवेशनमा अडानका देशभरका ५०० प्रतिनीधि र २०० पर्यवेक्षकहरूको सहभागीता रहेको थियो ।
अडानको बन्द सत्रले संस्थाको सांगठनिक प्रतिबेदन, आर्थिक प्रतिबेदन र अगामी कार्ययोजना पनि पारित गर्नका साथै यस छैठौं महाधिवेशनले १९ बुँदे घोषणापत्र जारी गर्दै अगामी ३ बर्षका लागि केदारनाथ पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रिय कार्यसमिति निर्वाचित गरेको थियो ।
अडानको प्रथम उपाध्यक्षमा डोल प्रसाद दाहाल, वरिष्ठ उपाध्यक्षमा बद्री प्रसाद भट्टराई, द्वितीय उपाध्यक्षमा अब्दुल करिम खाँ, तृतीय उपाध्यक्षमा झलक मणि लम्साल, प्रदेश उपाध्यक्षहरुमा पोषराज नेपाल प्रदेश नं १ प्रदीप कुमार यादब, उपाध्यक्ष मधेश, रामजी प्रसाद अधिकारी बाग्मती, भोला नाथ पाठक उपत्यका, बिल बहादुर भुजेल गण्डकी, रमेश के सी लुम्बनी, बहादुर सिंह बिष्ट सुदूरपश्चिम र बलराम रेग्मी कर्णाली निर्वाचित हुनु भएको छ । महिला मीरा श्रेष्ठ रहनु भएको छ भने महासचिव प्रेम बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ।
त्यसैगरी उप महासचिवहरूमा भरत कुमार श्रेष्ठ,राजेन्द्र प्रसाद ढुंगाना, गणेश गिरी, हरि बहादुर कार्की, जया कुमारी झा, साबित्री शर्मा र तिलक बहादुर अधिकारी हुनुहुन्छ भने सचिवहरुमा राम गोपाल महर्जन उपत्यका, माया बादे श्रेष्ठ बाग्मती, कामोद झा मधेश, शिवराज बराल गण्डकी, चन्द्र भक्त श्रेष्ठ उपत्यका, पदम राज शर्मा उपाध्याय सुदूरपश्चिम, नेत्र प्रसाद ज्ञवाली लुम्बनी, गोकर्ण प्रसाद आचार्य लुम्बिनी, जयधर्म पोखरेल प्रदेश नं १ निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा बलराम चौधरी र सह कोषाध्यक्ष सुनिल आचार्य रहनु भएको छ ।
सदस्यमा निर्वाचित हुनेहरुमा मधेश प्रदेशबाट मेघराज पौडेल, चन्द्र मोहन अधिकारी, शिशिर चन्द्र गौतम डा। सन्तोष कुमार शाह, उमेश मिश्र र हेम नारायण लाल देव, बाग्मतीबाटपुष्प राज लोहनी, प्रकाश ढकाल, देवी प्रसाद डल्लाकोटी गण्डकीबाट गोबिन्द पहाडी, रुद्रनाथ पौडेल, बिष्णु प्रसाद खनाल, लुम्बिनीबाट नारायण प्रसाद घिमिरे, चन्द्रकान्त भट्टराई, दिपक प्रसाद रेग्मी, कर्णालीबाट राम बहादुर शाही, मदन राज ओझा, रबिन्द्र नारायण श्रेष्ठ रहनु भएको छ ।
जनजाती सदस्यहरुमा उकुलाल महर्जन, बिनोद कुमार चंखु, महिलामा अमिरा लक्ष्मी तुलाधर, योगमाया धमला, अनिता कुमारी श्रेष्ठ,अनिता सिलवाल, निर्मला श्रेष्ठ र माया कुमारी शर्मा रहनु भएको छ भने दलित सदस्यमा प्रेम कुमार बिश्वकर्मा रहनु भएको छ ।
त्यसैगरी खुल्ला सदस्यहरुमा मधुसुदन भट्टराई, लक्ष्मी प्रसाद पण्डित, बसन्त पौडेल, प्रेम कुमार बराल, बालकृष्ण दाहाल, लिला भट्टराई, मोहम्मद जुबेर राई, मित्र प्रसाद शर्मा, लक्ष्मी सापकोटा, गोबिन्द खतिवडा र भोलानाथ शर्मा रहनु भएको अडानले जनाएको छ ।