८ असार २०८२, आईतवार

कतार च्यारिटीका निर्देशकलाई बर्दिया युनेस्को संघद्धारा भव्य स्वागत र सम्मान

कतार च्यारिटीका निर्देशकलाई बर्दिया युनेस्को संघद्धारा भव्य स्वागत र सम्मान

समाचारदाता
नेपालगञ्ज, साउन ३० । कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेखलाई बर्दिया युनेस्को संघले भव्य स्वागत र सम्मान गरेको छ ।
बर्दियाको राजापुर नगरपालिकाको मानपुर टपरामा आयोजना गरिएको एक बृहत्त कार्यक्रमकाविच संघले कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेखलाई सो स्वागत सम्मान गरेको हो ।
बर्दियाको भ्रमणमा रहनुभएको बेला बाँके युनेस्को क्लबको टोलीसंगै राजापुरको मानपुर टपरा पुग्नु भएका कार्यवाहक निर्देशक शेषलाई फुलमालासहित भव्य स्वागत सम्मान गर्दै औपचारिक कार्यक्रम आयोजना गरेर मायाको चिनो समेत प्रदान गरिएको थियो ।
बर्दिया युनेस्को संघका अध्यक्ष भिमसेन चौधरीले शेषलाई स्वागत सम्मान गर्दै थारु समुदायको पहिचान झल्काउने आकर्षक र सुन्दर ढकरीलाई मायाको चिनोको रुपमा प्रदान गर्नुभयो ।


सो अवसरमा बोल्दै कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेषले संघले गरेको स्वागत र सम्मानबाट आफु निकै प्रभावित भएको जनाउँदै आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले समाज परिवर्तनका लागि सबैभन्दा पहिले आफु परिवर्तन हुन आवश्यक भएको जनाउँदै आफैबाट परिवर्तनको शुरुवात गर्न सबैलाई आग्रह गर्नुभयो ।
उक्त अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर र बर्दिया युनेस्को संघका अध्यक्ष भिमसेन चौधरीले राजापुर क्षेत्र पनि अति पिछिडिएको हुँदा सो क्षेत्रका लागि पनि सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
उहाँहरुले कतार च्यारिटिले यस क्षेत्रमा गरेको सहयोगले सयौं विपन्न र असहायलाई जीवनयापन र बालबालिकाको शिक्षा र स्वास्थ्यमा ठुलो सहयोग पुगेको बताउनुभयो ।
सो अवसरमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी र सल्लाहकार सिराज खानको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *