नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असोज १५ गते । बी ग्रुपले बाँके कबाडी मालसामान व्यवसायी संघलाई नेपालगञ्जमा कार्यालय सञ्चालनका लागि दुई लाख भन्दा बढीको आवश्यक सामाग्री प्रदान गरेको छ ।
एमडीएम फ्रान्स र जीआइजेड नेपालको सहयोगमा बि ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत कबाडी मालसामान संघलाई कार्यालय स्थापना र सञ्चालनका लागि सो सहयोग प्रदान गरिएको हो ।
पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाको आर्थिक र प्राविधिक सहयोगमा स्थापना गरिएको बाँके कबाडी मालसामान व्यवसायी संघलाई कार्यालय सञ्चालनका लागि दुई लाख पाँच हजार रुपियाँ बराबरका विभिन्न सामाग्री हस्तान्तरण गरिएको परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले बताउनुभयो ।
कार्यालय स्थापनाका लागि प्रदान गरिएका सामाग्रीहरु बी ग्रुपका अध्यक्ष टेक बहादुर पुनले बाँके कबाडी मालसामान व्यवसायी संघका अध्यक्ष मोहम्मद उमर हलवाईलाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बि ग्रुपका अध्यक्ष पुनले यो सहयोगबाट राम्रोसंग कार्यालय सञ्चालन गरेर संघलाई बलियो र सुदृढ बनाई पेशागत हकहितका लागि सक्रिय रहन आग्रह गर्नुभयो ।
कार्यालय सञ्चालनका लागि आवश्यक सामाग्रीहरु पाएपछि खुशी हुँदै संघका अध्यक्ष हलवाईले संस्थाप्रति आभार प्रकट गर्दै अब संघको कार्यालय राम्ररी सञ्चालन हुने बताउनुभयो ।
बी ग्रुपले संघलाई प्रदान गरेको सामाग्रीहरुमा २ थान अफिस टेबल, २ थान घुम्ने कुर्सि, १२ वटा प्लाष्टिक कुर्सि, १० मिटर कार्पेट, १ थान डेस्क टप कम्प्युटर, १ थान थ्री इन वन प्रिन्टर र स्क्यानर, एउटा कम्प्युटर टेबल, २ वटा सिलिंग पंखा, एउटा मल्टिप्लग, एउटा पाँच फिट फायल रैक, २ थान फायल ट्रे, ७ हजार ५ सय रुपियाँ बराबरको स्टेशनरी सामान, एक वर्षका लागि वाईफाई जडान, एक थान पानी डिस्पेन्सर, एउटा बाल्टी र जग ग्लास रहेको व्यवसाय विकास अधिकृत सिद्दिकीले बताउनुभयो ।
यसअघि सोही परियोजना अन्तर्गत उपमहानगरका सरसफाई कर्मचारी र कबाड मालसामान संकलनमा संलग्न कर्मचारीलाई टी डी खोप पनि लगाईएको थियो ।