६ चैत्र २०८१, बिहीबार

युद्धस्तरमा राहात तथा उद्धारमा जुट्न मन्त्री अथकको आग्रह

युद्धस्तरमा राहात तथा उद्धारमा जुट्न मन्त्री अथकको आग्रह

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असोज २२ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले अबिरल बर्षापछि राप्ती नदिमा आएको बाढिका कारण राप्ती सोनारी, नरैनापुर र कोहलुरको जनजिवन नराम्रो संग प्रभाबित भएको भन्दै राहात तथा उद्धारमा जुटन अपिल गरेका छन ।
बाँके क्षेत्र नं १ का सांसद समेत रहेका अथकले समाजिक संञ्जालमा सार्वजनिक अपिल जारी गर्दै कटान तथा डुवानका कारण सयौं परिवार बिस्थापित र घरबार बिहिन भएको भन्दै उनिहरुलाई तत्काल उद्धार र राहातको आवश्यकतामा जोड दिएका छन ।
बाढि पछिको अवस्थाबारे स्थलगत निरक्षण गर्न, राहात र उद्धारको कामलाई प्रभावकारी बनाउन आफु शनिवार बाँके जिल्ला आउन लागेको समेत जानकारी उनले दिए । उनले स्थलगत निरक्षणपछि केन्द्र सरकारको तर्फबाट प्रभाबितहरुका लागी ठोस राहात घोषणा गरिने समेत टेलिफोन मार्फत जानकारी दिए ।
मन्त्री अथकले आजै बाढि प्रभाबित क्षेत्रको निरीक्षण र स्थानिय बासिन्दासंग भेटघाट गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

राहात र उद्धारमा जुटेको छ माओवादी
बाढिले राप्ती सोनारी गाँउपालिकाका सबै वडाहरुमा क्षति पुर्याएको नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य पटु थारुले जानकारी दिए । थारुले बाढिका कारणा भएको कटान डुवान र बर्षातका कारण काटेको तथा पाकेको धानबालिमा समेत ठुलो क्षति पुगेकोले राहात र उद्धारमा पार्टीले युवाहरु परिचालन गरेको जानकारी दिए ।
पार्टीका तर्फबाट जनधनको क्षतीकम गर्न युवाहरु लाई उद्धारमा परिचालन गरेको उनको भनाई छ ।

नेतृ उषा पुन सहितको टोलि प्रभाबित बस्तिमा
माओवादी केन्द्रकी केन्द्रीय सदस्य एंव निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य उषा पुनले राप्ती नदिका कारण भएको डुवान तथा कटान समस्या बारे राप्ती सोनारीका बिभिन्न वडा हरुमा पुगि जानकारी लिएकी छन् ।
राप्ती सोनारी वडा नं २ को टिकुली पुर, वडा नं ३ का बिभिन्न स्थानमा पुगि बाढिले पुर्याएको क्षतिबारे जानकारी लिएको नेतृ पुनले जानकारी दिईन ।
उनले बाढिका कारण जनता भयावह अवस्थामा रहेको भन्दै उद्धार र राहातमा ध्यान दिन स्थानिय प्रशासन लाई आग्रह गरेको नेपाल रेकर्ड लाई बताईन । उनले राप्ती नदिको दुवैतर्फ पक्कि तटबन्ध निर्माण गरेर मात्रै जनतालाई बाढिबाट बचाउन सकिने भन्दै त्यसतर्फ ध्यान दिन सरोकारवाला निकायलाई आग्रह गरिन ।
नेतृ पुन सहितको टोलिमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सभा सदस्य पटु थारु, माओवादी केन्द्र कोहलपुरका नगर उपाध्यक्ष कृष्ण थारु, बाँके क्षेत नं १ का संघिय सांसद एंव युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकको सम्पर्क कार्यायका सचिव शिव सुनार लगायतको सहभागीता रहेको थियो ।
राप्ती नदिका कारण हालसम्म राप्ती सोनारी गाउँपालिका २ टिकुलिपुरका सयौं स्थानीय बिस्थापित भएका छ्न । नदीतटीय क्षेत्रमा व्यापक कटान गरेको प्रहरीले जनाएको छ ।


सुरक्षाकर्मीहरूले बाढीको चपेटामा परेका एक सयभन्दा बढी बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा राखेको बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
नदीमा आएको बाढी अहिले पनि खतराको सतहभन्दा माथि बगिरहेको छ । राप्ती सोनारी सबै वडाहरुमा गरी झण्डै ४ हजार मानिस प्रभाबित भएको आंकालन छ । राप्ती सोनारीसँगै बाढीले नरैनापुरका २ सय घर भत्केका छन् ।
सो पालिकाका ६ वटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था छ ।
नरैनापुरका बनिया गाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, घोडदौरिया, पंडितपुरवा, जमुनहालगायत धेरै बस्ती डुबानमा परेका छन् । कतिपय बस्ती दक्षिण सीमा नजिकै भारतले निर्माण गरेको सडकका कारण पानीको प्राकृतिक प्रवाह रोकिँदा डुबानमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *