१० माघ २०८१, बिहीबार

मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जना व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान

मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जना व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान

समाचारदाता
नेपालगञ्ज, जेठ ४ गते । मुस्लिम जर्नलिस्ट क्लबले विहिबार नेपालगञ्जमा आयोजना गरेको एक बृहत्त कार्यक्रमकाविच बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ ।
‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’ मा सो सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी हुनुभएका मुस्लिम जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरेर सम्मानित गरिएको मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानले बताउनुभयो ।
मुस्लिम जर्नलिस्ट क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा वरिष्ठ पत्रकार सिराज खान र डा. डक्ट प्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनितिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, वरिष्ठ वालरोग विशेषज्ञ डा. सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सम्मान २०२३’, नरैनापुर गापा अध्यक्ष ईश्तियाक अहमद शाह र पुर्व जनप्रतिनिधि शफिक बेहनालाई ‘अन्तर्राष्ट्रिय जन सेवा सम्मान २०२३’, र महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक तुलसा शाहलाई ‘अन्तर्राष्ट्रिय शिक्षा सेवा सम्मान २०२३’ बाट सम्मानित गरिएको हो ।


कार्यक्रममा पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले सम्मानित हुनेहरुलाई सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा उहाँले बाँकेमा निर्वाचित भएका मुस्लिम जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरेर सम्मान गर्नुभयो ।
सम्मानित हुने जनप्रतिनिधिहरुमा लुम्बिनी प्रदेशसभाका सदस्यहरु सायरा बाने, मिना सिद्दिकी, नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह लगायतका विजयी जनप्रतिनिधिहरु हुनुहन्थ्यो ।
सो अवसरमा बोल्दै पुर्वमन्त्री राईले मुस्लिम समुदायको उत्थानका लागि समुदायमा एकतासंगै चेतना बृद्धि गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनितिक विचारधारा अलग अलग भएपनि समुदायको उत्थान र भलाईका लागि सबैले एकजुट हुनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा संविधानसभाका सदस्य अब्दुल हमिद सिद्दिकी, नेकपा एमालेका केन्द्रिय सदस्य मोहम्मद हारुन, लुम्बिनी प्रदेशसभाका सदस्य मिना सिद्दिकी, वरिष्ठ मुस्लिम अगुवाहरु अतहर हुसैन फारुकी, शकिल अहमद जरगर, शकिल अहमद कादरी, शकिल खान, रहमान मिया, नरैनापुर गापा अध्यक्ष ईश्तियाक अहमद शाह, जियाउल हक, याकुब अन्सारी र मुस्लिम संघ बाँकेका अध्यक्ष सुफियान खान लगायतले समुदायका सवाल र त्यसको समाधान बारे आआफ्ना धारणा राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *