६ फाल्गुन २०८१, मंगलवार

डा. भण्डारीको कथासंग्रह ‘मयँगाँठो’ को बिमोचन

डा. भण्डारीको कथासंग्रह ‘मयँगाँठो’ को बिमोचन

समाचारदाता
नेपालगञ्ज, जेठ २१ गते । बाँकेका कथाकार डा इन्द्रबहादुर भण्डारीद्वारा लिखित कथासङ्ग्रह ‘मयँगाँठो’ नेपालगञ्जमा विमोचन गरिएको छ।
खजुरा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित कथासङ्ग्रहको विमोचन साहित्यकार सनत रेग्मी, प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल र शशिराम कार्की, लेखक तथा साहित्यकार नरेन्द्रजंग पिटर र आख्यानकार नयनराज पाण्डेले गर्नुभएको हो।
कथासङ्ग्रहको समालोचना गर्दै समालोचक ईश्वरी रिजालले यो कथासङ्ग्रहमा १८ वटा निकै समय सान्दर्भिक कथा समेटिएको जानकारी दिनुभयो। कोभिड महामारी र जनयुद्धको प्रभावसँग सम्बन्धित कथा लगायत केही इतिहास झल्काउने कथा पढ्नुपर्ने खालको रहेको बताउनुभयो।
पाठकको हैसियतले कृतिको समीक्षा गर्दै साहित्यकार सुमित्रा न्यौपानेले डा भण्डारीद्वारा लिखित कथा निकै रोमाञ्चक र शिक्षाप्रद रहेको बताउनुभयो।


कार्यक्रममा बोल्दै साहित्यकार सनत रेग्मीले खजुरा प्रज्ञा प्रतिष्ठानले साहित्यको विकासका लागि सुरु गरेको अभियान निकै महत्पूर्ण रहेको जनाउँदै अन्य पालिकाले पनि प्रतिष्ठान स्थापना गरेर साहित्यिक गतिविधि अगाडि बढाउनुपर्ने बताउनुभयो।
खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति समेत रहनु भएका कथासङ्ग्रहका लेखक डा इन्द्रबहादुर भण्डारीले कृति प्रकाशन गरेकोमा प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै अब बाँकेको साहित्यले झनै फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा साहित्य खगेन्द्रगिरी कोपिला, सागर गैरे, झलक गैरे, कल्पना पौडेल, माधव शर्मा, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीलगायत साहित्यप्रेमीको उपस्थिति थियो भने उद्घोषणको जिम्मेवारी खजुरा प्रज्ञा प्रतिष्ठानका सदस्य एवं साहित्यकार मनि अर्यालले निर्वाह गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *