४ जेष्ठ २०८२, शनिबार

नेपालगन्जवासीलाई शान्ति सुरक्षा अनुभूति गराउने वडा प्रहरी प्रमुख बिसीको प्रतिवद्धता

नेपालगन्जवासीलाई शान्ति सुरक्षा अनुभूति गराउने वडा प्रहरी प्रमुख बिसीको प्रतिवद्धता

समाचारदाता
नेपालगन्ज, भदौ १३ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख तथा प्रहरी निरिक्षक हरि बहादुर बिसीले नेपालगन्जवासीले प्रहरीको उपस्थिति महसुस गर्नेगरि शान्ति सुरक्षा लगायत अपराध नियन्त्रणमा विशेष काम गर्ने बताउनु भएको छ ।
नेपालगन्जस्थित वडा प्रहरी कार्यालयमा सरुवा भएर आउनुभएका प्रहरी निरिक्षक बिसीले पत्रकारहरुसंगको पहिलो भेटमा सो प्रतिवद्धता व्यक्त गर्दै यो उपमहामनगरपालिकामा लागु औषध लगायत अन्य केही विशेष चुनौती देखिएपनि ती सबैलाई समाधान गर्नेतर्फ अहोरात्र खटिने बताउनुभयो ।


उहाँले विगत लामो समय प्रहरी फोर्समा विताएको अनुभवलाई नेपालगन्जवासीको लागि शान्ति सुरक्षा महसुस गराउने गरि भुमिका निभाउने जनाउँदै नेपालगन्जमा लागु औषधको ठुलो मात्रामा ओसारपसार तथा सेवन हुने भएको हुनाले यसलाई निस्तेज पार्न आफु सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उपमहानगरका हरेक वडामा सुरक्षाको अनुभुत गराउने गरि प्रहरी परिचालन गर्ने र प्राप्त साधन श्रोतको सदुपयोग गरेर जनतालाई सेवा प्रदान गर्ने प्रहरी निरिक्षक विसीको भनाई थियो । नेपालगन्ज रहुन्जेल नेपालगन्जको भलो चिताउने कार्यमा मात्र सहकार्य गर्ने उहाँले बताउनुभयो ।
प्रहरी र पत्रकार नङ र मासु जस्तै भएको हुनाले एक आपसमा जहिले पनि सहकार्य गरेर अगाडी बढ्नुपर्नेमा उहाँको विशेष जोड थियो । नेपालगन्ज सदभावको शहरलाई अझ प्रगाढ बनाउन मेरो योगदान अतुलनिय रहने प्रमुख विसीले बताउनुभयो ।
यसअघि सानो समय काम गरेर वडा प्रहरीबाट सरुवा हुनु भएका प्रहरी निरिक्षक इन्द्रजित सुनारले सानो समयमा पनि राम्रो काम गरेको नेपालगन्जवासीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *