८ माघ २०८१, मंगलवार

बाँकेकै अव्वल निजि बिद्यालय सोफिया रेसिडेन्सियल इङलिस स्कुलको बार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बाँकेकै अव्वल निजि बिद्यालय सोफिया रेसिडेन्सियल इङलिस स्कुलको बार्षिकोत्सव भव्यताका साथ सम्पन्न

सिराज खान
नेपालगन्ज, मंसिर २२ । बाँके जिल्लामा धेरै निजि विद्यालयहरु छन् । तर, सयौं निजि विद्यालयहरुविच एउटा छुट्टै पहिचान बनाउन सफल भइ आफुलाई सबैभन्दा अव्वल सावित गर्न सफल भएको छ, सोफिया रेसिडेन्सियल इङलिस स्कुल । यो विद्यालय जिल्लामा शैक्षिक गतिविधिसहित अतिरिक्त क्रियाक्लापमा त अव्वल छदैछ, विद्यालयले बालबालिकाको हेरचाह र उनिहरुको पढाईका लागि सबैभन्दा राम्रो माहोल र वातावरण दिन पनि सबैभन्दा छुट्टै पहिचान बनाउन सफल भएको छ ।
नेपालगन्ज र सो वरिपरिका अधिकांश उच्च पदस्थ सरकारी कर्मचारी, ठुला ठुला उद्योगी व्यवसायी, चिकित्सक, कानुन व्यवसायी र विभिन्न संघसंस्थाका अगुवाहरुका बालबालिकाले अध्ययन गरिरहेको सो विद्यालयले भव्य रुपमा आफ्नो १७औं बार्षिकउत्सव सम्पन्न गरेको छ ।
राष्ट्रिय गानसँगै सुरु भएको सो कार्यक्रममा विद्यार्थीसहित अभिभावकको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न किसिमका नाच, नाटक, गीति नाटक जस्ता प्रस्तुति देखाएर आफ्ना अभिभावकहरुलाई मन्त्रमुग्ध बनाए । विगनर्सदेखि १० कक्षासम्मका सम्पुर्ण विद्यार्थीहरुले आ आफ्नो प्रतिभा देखाएर रमाएको दृश्यले माहोल नै मनोरन्जक र रमाइलो बनाएको थियो । समाजमा घटेका घटनालाई जस्ताको त्यस्तै उतार्न सफल भएका विद्यार्थीले परिवारमा हुने विभिन्न हिंसा लगायत शिक्षा बिना मानिसले एक सानो चिठीका लागि कतिलाई गुहार्नुपर्छ भन्ने पीडा जस्ताको त्यस्तै उतारेको देख्दा सहभागी अतिथि दंग पर्नु भयो ।


कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगर पालिकाका मेयर प्रशान्त बिष्टले बच्चाहरुको कलरफुल डान्सले मनछोएको बताउनु भयो । बिष्टले भन्नुभयो, तपाईको छोराछोरी डाक्टर, इन्जिनियर त होलान् । आमाबुबालाई कतै बृद्धाश्रममा त छोडिरहेका छैनन्’, उहाँले भन्नुभयो, ‘आज तपाईले समय दिएर असल सन्तान बनाउनु भयो भने भोलि सन्तानले पनि तपाईलाई हेर्नेछन् ।’
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राई, पुर्व मन्त्री गजेन्द्र हमला, जिल्ला शिक्षा समन्वय इकाईका अधिकृत उद्धव श्रेष्ठ लगायतले स्कुलको प्रगतिको लागि शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमको सबै ब्यबस्थापनको पाटो प्रधानाध्यापक सुशिला बसेलले गर्नुभएको थियो । ओहोदा, आसनको कुनै पर्वाह नगर्ने बसेलको नजर विद्यार्थीले देखाउदै गरेको कार्यक्रम, विद्यार्थी र शिक्षकमा नै थियो ।
कार्यक्रमको संचालन स्वागत सबै बिद्यार्थीले नै गरेका थिए । कार्यक्रमका बीच बीचमा विद्यार्थीले पनि मन्तव्य दिने अनौठो कुराले अभिभावक प्रभावित बनेका थिए । कार्यक्रममा हेड ब्वाइ हर्सित पाण्डेले स्कुलले सिकाएको संस्कार, गुरुहरुले दिएको शिक्षा र साथीहरुसँगको संगतले बिर्सन नसकिने छाप जीवनमा परेको बताउनु भयो ।
त्यस्तै कार्यक्रमको समापन गर्दै स्कुल बिकास समितिका अध्यक्ष केबी बसेलले सुन्नेबाट सुरुभएको यस विद्यालयको यहाँसम्मको यात्रामा साथ दिने सबैलाई धन्यवाद दिनुभयो । उहाले भन्नुभयो, तपाई र हामी स्कुल मिलेर तपाइँको नानी बाबुको भविष्य बनाउने हो । त्यसैले आउनुहोस् मिलेर भविष्य निर्माण गरौं । भोलिको दक्ष जनशक्ति निर्माण गर्ने जिम्मा हाम्रै काँधमा छ । कार्यक्रममा विद्यार्थीहरुसँग मिलेर कार्यक्रम संचालन शिक्षिका प्रतिमा बस्यालले गर्नुभएको थियो ।
सो अवसरमा पुर्वमन्त्री गजेन्द्र बहादुर हमाल, जिल्ला शिक्षा समन्वय इकाइका अधिकृत उद्दव श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक सुशिला बसेल, नेपालगन्ज उपमहानगरका उपमेयर कमरुद्दीन राई लगायतले पनि विद्यालयको पठनपाठन उत्कृष्ठ हुनुका साथै अतिरिक्त क्रियाक्लाप पनि उत्कृष्ठ रहेको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *