६ चैत्र २०८१, बिहीबार

नासाका बैज्ञानिक डा. जिग्लरले नेपालगन्जमा बिज्ञानका बिद्यार्थिसंग सम्वाद गर्ने

नासाका बैज्ञानिक डा. जिग्लरले नेपालगन्जमा बिज्ञानका बिद्यार्थिसंग सम्वाद गर्ने

समाचारदाता
नेपालगन्ज, जेठ ३ गते । अमेरिकास्थित नासाका बैज्ञानिक डा. रियान जिग्लर पहिलो पटक नेपालगन्जको भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले नासामा चन्द्रमाका उल्कापिण्ड र त्यहाँ भेटिएका काँचका टुक्राहरुको अध्ययन गरिरहनु भएको छ ।
स्काइमिस्ट प्लानेटेरियम नेपालगन्जले आयोजना गरेको पत्रकार भेटघाटमा बैज्ञानिक डा. जिग्लर नेपालगन्ज र धनगढीमा आउने र दुबै ठाउँका विभिन्न विद्यालयका छात्र छात्राहरु माझ कार्यक्रम गर्ने स्काइमिस्ट प्लानेटेरियमका प्रमुख निरज श्रेष्ठले बताउनुभयो ।
उहाँले पहिलो पटक नासाका कुनै बैज्ञानिक पश्चिम नेपालमा आउनु बिज्ञानमा रुचि राख्ने सबैका लागि सुखद खबर भएको जनाउँदै धनगढीमा जेठ ७ गते र नेपालगन्जमा जेठ ८ गते विद्यार्थिहरुसंग उहाँको प्रस्तुती राखिएको बताउनुभयो । नेपालगन्जमा आयोजना गरिने कार्यक्रममा एक हजार ५०० देखि दुई हजारसम्म कक्षा ८, ९ र १० का बिद्यार्थिहरु सहभागि रहने जनाउँदै आयोजक संस्थाका प्रमसख श्रेष्ठले सो कार्यक्रमबाट बिज्ञानका बिद्यार्थि लगायत शिक्षकहरु पनि लाभान्वित हुने बताउनुभयो ।


भारतका प्राय सबैजसो ठुला सहरहरुमा सरकारले नै प्लानेटेरियमको निर्माण गरेर सञ्चालनमा ल्याएको जनाउँदै स्काइमिस्ट प्लानेटेरियमका प्रमुख श्रेष्ठले नेपालमा काठमाण्डौमा एउटा मात्र प्लानेटेरियम रहेकोमा कम्तीमा सातवटै प्रदेशमा एउटा एउटा प्लानेटेरियम सरकारले खोल्नु पर्ने बताउनुभयो । उहाँले नेपालगन्जमा पनि प्लानेटेरियम निर्माण र सञ्चालनका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने माग गर्नुभयो ।
नेपालगन्ज आउने बैज्ञानिक जिग्लरले गत लामो समयदेखि चन्द्रमाका उल्कापिण्डहरु र अपोलो माटोमा भेटिएका काँचका टुक्राहरुका बारे अनुसन्धान गरिरहनु भएको छ भने सौर्यमण्डलको रहस्य बारे पनि अध्ययन गरिरहनु भएको छ ।
उहाँको अनुसन्धानको प्रमुख फोकस चन्द्रमा कसरी गठन भयो ? यो कसरी फरक भयो र कसरी प्रभावहरुपछि यसको सतह परिवर्तन भन्नेमा नै रहेको जनाईएको छ ।
बैज्ञानिक जिग्लरले बिराटनगरमा पनि सोही प्रकारको कार्यक्रम गर्नुका साथै अमेरिका फर्किनु अघि काठमाण्डौमा नास्टको टोलीसंग पनि छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *