२५ भाद्र २०८१, मंगलवार

बाँकेका पत्रकार डा. धिताल भारतको नयाँ दिल्लीमा सम्मानित

बाँकेका पत्रकार डा. धिताल भारतको नयाँ दिल्लीमा सम्मानित

समाचारदाता
नेपालगन्ज, असार १७ । बाँकेका वरिष्ठ पत्रकार डा. डक्ट प्रसाद धिताल भारतको नयाँ दिल्लीमा सम्मानित हुनुभएको छ । आइतबार दिल्लीस्थित क्राउन प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा डा.धिताललाई अन्तर्राष्ट्रिय उत्कृष्ट आइकन अवार्ड २०२४ बाट सम्मानित गरिएको हो ।
प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य, बाँके इन्चार्ज, भेरी अस्पताल विकास समितिका सदस्य तथा गुड न्युज राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक डा. धिताललाई कार्यक्रमका प्रमुख अतिथि प्यालेस्टाइनका राजुदुत सन्दिप महरुवा र विशेष अतिथि भारतीय मुख्य डिजाइनर आस्मा गुल्जार र पदम श्री सुन्त्याले संयुंक्त रुपमा सम्मान गर्नु भएको थियो ।


ब्राण्डम्यान नामक संस्थाले आयोजना गरेको सो कार्यक्रममा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको भन्दै बायोटाको आधारमा छनोट गरेर नेपालबाट डा. धिताललाई सम्मान गरिएको संस्थाका अध्यक्ष अंकित कौशिकले बताउनु भयो ।
उहाँका अनुसार डा. धिताल लगायत भारतका विभिन्न क्षेत्रमा योगदान पु¥याएका ३२ प्रान्तका ६९ जनालाई पनि सो समारोहमा सम्मान गरिएको थियो ।
प्यालेस्टाइनका राजदुत महरुवाले कार्यक्रममा बोल्दै राम्रो उत्कृष्ट काम गरेर समाजका लागि उदाहरण बन्ने व्यक्तित्वहरुलाई सम्मान गर्न पाउनु गौरवको कुरा भएको बताउनुभयो ।
त्यस्तै भारतका मुख्य फेसन डिजाइनर गुल्जारले ब्रान्डम्यानले विभिन्न क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्तिहरुलाई सम्मान गर्दै आएको जनाउँदै यो महत्वपूर्ण काम जारी राख्न आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पछिल्लो समयमा नागरिक समाजका अगुवाहरुमा देश, समाज र समुदायका लागि केही गरौं भन्ने भावना बृद्धि हुँदै गएकोमा सन्तोष व्यक्त गरेका थिए । गोरखापत्र अनलाइनबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *