२८ कार्तिक २०८१, बुधबार

निवर्तमान प्रदेश कृषि मन्त्री यादवद्धारा विभिन्न योजनाहरुको अनुगमन

निवर्तमान प्रदेश कृषि मन्त्री यादवद्धारा विभिन्न योजनाहरुको अनुगमन

समाचारदाता
नेपालगन्ज, असार ३१ । लुम्विनी प्रदेशका निवर्तमान कृषि तथा भूमि ब्यवस्था मन्त्री भण्डारीलाल अहिरले बाँके क्षेत्र नं. २ प्रदेश क मा लुम्विनी प्रदेश सरकारको बजेटबाट सम्पन्न भएका योजनाहरुको अनुगमन गर्नु भएको छ ।
आर्थिक वर्ष ०८०÷८१ मा संचालन भएका योजनाको अवस्थाको जानकारी लिन निवर्तमान मन्त्री यादवले अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा निर्माण कार्यहरु सन्तोषजनक पाईएको उहाँले बताउनुभयो ।
निवर्तमान मन्त्री यादवले डुडुवा गाउँपालिका २ बेतहनी बजारदेखि छोटी भन्सार जोड्ने एक किलोमिटर सडक एक करोडको लागतमा कालोपत्रे गरिएको जनाउँदै डुडुवा गाउँपालिका २ बिनय लोनियाको घरदेखि नौरीगौढीसम्म नालासहित पिसीसी निर्माण भएको बताउनुभयो । क्रमागत योजना अन्तरगत उक्त नाला र पिसिसिका लागि २० लाख बजेट विनियोजन भएको थियो ।


त्यसैगरी, डुडुवा गाउँपालिका ३ हलवलडोली गाउँमा २० लाख रुपियाँमा पिसीसी गरिएको छ भने २० लाख रुपियाँ लागतमा डुडुवा गाउँपालिका २ बाबा गाउँदेखि भिलोरपुर्वा जोडने सडक निर्माण भएको छ । यस्तै २५ लाख रुपियाँमा डुडुवा गाउँपालिका ३ कटैहिया–हल्कारापुर्वा जोडने सडक निर्माण भएको यादवका स्वकिय सचिव राजेन्द्र विश्वकर्माले बताउनुभयो ।
विश्वकर्माका अनुसार, १० लाख रुपियाँमा ज्ञानदिप माबि डलैपुरमा पर्खाल निर्माण र ३० लाख रुपियाँमा डुडुवा गाउँपालिका ३ स्थित बरगद बाबा मजारको सौन्दर्यकरण गरिएको छ ।
दोस्रो पटक कृषि मन्त्री भएपछि यादवले डुडुवा गाउँपालिका २ स्थित ब्रम्हचारी मन्दिरमा धर्मशाला निर्माणका लागि २० लाख रुपियाँ सिफारिस गर्नु भएको थियो । यस्तै डुडुवा गाउँपालिका ४, कब्रस्तान नजिकैको ईदगाहमा १० लाख रुपियाँमा वाल वाउण्ड्री लगाउने काम सम्पन्न भएको छ ।
उहाँको पहलमा नेपालगन्ज उपमहानगरपालिका २१, झगरपुरदेखि मोल्वीपुर्वा जाने बाटो १५ लाख रुपियाँमा स्तरोन्नती भइसकेको छ भने, नेपालगन्ज उपमहानगर पालिका १३ छोट्का पर्सनपुर्वा र खट्कनपुर्वामा शहरी बिकास पुर्वाधार मन्त्रालय अन्तरगत १० लाख रुपियाँको निर्माण गरिएको छ ।


यसैगरि नेपालगन्ज उपमहानगरपालिका १३ उदयपुरको मुख्य बाटोदेखि प्रसनपुर्वा गाउँ हुँदै नेपालगन्ज उपमहानगरपालिका १४ जोड्ने सडक ४० लाख रुपियाँमा निर्माण भएको बताउँदै स्वकिय सचिव विश्वकर्माले नेपालगन्ज उपमहानगरपालिका २१ मङ्गल शाह चोकदेखि तेलियनपुर्वा गंगाराम पुर्वा जोडने सडक ४० लाख रुपियाँमा निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।
आला नगर उत्तर लक्ष्मी परियारको घर हुँदै ७ सय मिटर ग्रावेल बाटो निर्माणमा २० लाख रुपियाँ लागेको छ । त्यसैगरी, नेपालगन्ज उपमहानगरपालिका १९ कटिलिया मोडदेखि जानकी चोक हुँदै हुलाकी राजमार्ग जोड्ने २० लाख रुपियाँमा निर्माण भएको छ ।
भौतिक पूर्वाधारमा विशेष जोड दिएका निवर्तमान प्रदेश मन्त्री यादवकै पहलमा १० लाख रुपियाँमा डुडुवा नालामा तटबन्ध गर्ने कार्य सम्पन्न भएको स्वकिय सचिव बिश्वकर्माले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *