८ माघ २०८१, मंगलवार

बंगलादेशको घट्नाप्रति नेपालगन्जका नागरिक अगुवाद्धारा निन्दा र भत्र्सना, कारवाहीको माग

बंगलादेशको घट्नाप्रति नेपालगन्जका नागरिक अगुवाद्धारा निन्दा र भत्र्सना, कारवाहीको माग

समाचारदाता
नेपालगन्ज, साउन २५ । नेपालगन्जका विभिन्न धर्म समुदायका अगुवाहरुले बंगलादेशमा भएको सत्ता बिरोधी आन्दोलनको क्रममा अल्पसंख्यक समुदायको धार्मिक आस्थाका केन्द्रहरुमाथि गरिएको तोडफोड र आक्रमणको कडा शब्दमा निन्दा गर्दै त्यस्तो कार्यमा संलग्नहरुलाई कडा कारवाहीको माग गरेका छन् ।
शुक्रवार उनिहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई एक ज्ञापन पत्र बुझाउँदै बंगलादेशका हिन्दु समुदायका धार्मिक आस्थाका केन्द्रहरुमा गरिएको तोडफोड र आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता निन्दनीय कार्य तत्काल रोक्न माग गर्दै नेपाल सरकारमार्फत त्यस्ता कार्यमा संलग्नहरुलाई कडा कारवाही गर्न माग गरेका छन् ।


कुनै पनि बहाना र कुनै पनि आडमा कसैको पनि धार्मिक आस्थासंग कसैले पनि खेलवाड गर्न नहुने प्रष्ट पार्दै ज्ञापन पत्रमा त्यस्तो कार्य गर्नेहरुलाई बंगलादेशको सरकारले कडा कारवाही गर्नु पर्ने माग गरिएको छ ।
नेपालमा शान्ति र सदभाव बनाई राख्न सबैसंग सोही ज्ञापन पत्र मार्फत अनुरोध पनि गरिएको छ ।
ज्ञापन पत्र बझाउन जानेहरुमा मुस्लिम समुदायका अगुवाहरु मोहम्मद सलिम बाबु नेता, रिजवान शेष, आजाद हुसैन सिद्दिकी, सिराज खान, हिन्दु समुदायका अगुवा दिपक लोध राजपुत र सिख समुदायका अगुवा सरदार राजेन्द्र सिंह रहनु भएको थियो । सो अवसरमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको पनि उपस्थिति रहेको थियो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले बाँकेमा शान्ति र सदभाव बनाइ राख्न सबैले सकारात्मक भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *