८ माघ २०८१, मंगलवार

वरिष्ठ पत्रकार खानसहित बिभिन्न व्यक्तित्व ‘अवधी गौरव रजत सम्मान २०८१’ बाट सम्मानित

वरिष्ठ पत्रकार खानसहित बिभिन्न व्यक्तित्व ‘अवधी गौरव रजत सम्मान २०८१’ बाट सम्मानित

सिराज खान
नेपालगन्ज, साउन २७ गते । गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता वरिष्ठ सिराज खानसहित विभिन्न व्यक्तित्वहरुलाई अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समितिले आइतवार नेपालगन्जमा सम्मान गरेको छ ।
नेपालगन्जमा आयोजना गरिएको चौथो अन्तरदेशीय अवधी महोत्सव तथा २५ औं अवधी दिवस समारोहमा अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समितिले वरिष्ठ पत्रकारा खानसहितलाई ‘अवधी गौरव रजत सम्मान २०८१’ प्रदान गरेर सम्मानित गरिएको हो ।


अवध क्षेत्रमा शिक्षा, स्वास्थ, कला, साहित्य र संस्कृति लगायत समाजसेवा मार्फत बिशेष योगदान पुरयाएको जनाउँदै उहाँहरलाई अवधी गौरव रजत सम्मान २०८१ बाट सम्मानित गरिएको अवधी सांस्कृतिक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश चन्द्र कुमालले बताउनुभयो । यसरी सम्मानित हुनेहरुमा अन्नपुर्ण पोष्टका नेपालगन्ज व्युरो प्रमुख शंकर प्रसाद खनाल, वरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा. फरहत बानो, वरिष्ठ युरोलोजिस्ट डा. दिपेश गुप्ता, समाजसेवी अभय कुमार बस्नेत, राजनितिज्ञ बसन्त कनौजिया, कल्पना पौडेल, कौशल कुमार धोबी, चरित्रा शाह लगायत हुनुहुन्थयो ।


सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हंसवति कुर्मी, पुर्व प्राज्ञ सदस्य हरि प्रसाद तिमिल्सिना लगायतले सम्मानित हुनेहरुलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरेर सम्मानित गर्नु भएको थियो । सो कार्यक्रममा नेपाल भारतका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मानित गरिएको प्रतिष्ठानका अध्यक्ष कुमालले बताउनुभयो ।


सो अवसरमा नेपाल र भारतका चार दर्जन भन्दा बढी साहित्यकारहरुले आ आफ्नो रचना वाचन गर्नु भएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव वरिष्ठ साहित्यकार सनत कुमार रेग्मी, प्राज्ञ सदस्य हंसवति कुर्मी, पुर्व प्राज्ञ सदस्य हरि प्रसाद तिमिल्सिना, पशुपति दयाल मिश्र, बिष्णुलाल कुमाल, डा. सतिश चन्द्र बर्मा, रामानन्द सागर, इन्द्रेश भदोरिया लगायतको उपस्थिति र सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *