१० माघ २०८१, बिहीबार

असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको निशुल्क स्वास्थ्य शिविरमा ११५ जनाको उपचार

असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको निशुल्क स्वास्थ्य शिविरमा ११५ जनाको उपचार

समाचारदाता
नेपालगन्ज, मंसिर १६ । बाँकेको राप्तिसोनारी गाउपालिका वडा नम्बर ६ को सुकमैया प्राथमिक विद्यालय नयाँबस्तीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार भएको शिविरमा ११५ जनाको निशुल्क चेकजाँच र उपचार गरिएको हो ।
नेपालगन्जस्थित असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको सहयोग र वडा नं. ६ को संयोजनमा निशुल्क स्वस्थ्य शिविर भएको स्वास्थ्य केन्द्रका प्रमुख डा. प्रकाश बसेलले बताउनु भयो ।
शिविरमा उपस्थित लक्षित समुहलाई सम्बोधन गर्दै वडा अध्यक्ष लवराज खरेलले विभिन्न स्वस्थ्य शिविर भएपनि आजसम्म नाक, कान, घाँटीको स्वस्थ्य शिविर नभएको बताउनु भयो ।


उहाँले भनुभयो–गाउपालिकाले पहिला एकपटक शिविरको आयोजना गरेको थियो । तर त्यसपछि यसप्रकारको स्वस्थ्य शिविर हुन सकेको थिएन । तपाईहरुले यस्तो महत्वपूर्ण स्वस्थ्य शिविर ल्याएर आउनुभएको लागि धन्यवाद व्यक्त गर्दछु ।
वडाबासीलाई निशुल्क स्वस्थ्य शिविरमा आफ्ना नाक, कान, घाँटी देखाएर मौकाको फाइदा उठाउन अध्यक्ष खरेलले प्रेरित गर्नुभयो । त्यस्तै पत्रकार डा. डक्ट प्रसाद धितालले सहभागी स्वस्थ्यकर्मी र डाक्टर बसेलको टिमलाई धैर्यताका साथ चेकजाँचमा खटिन अनुरोध गर्नु भयो ।
स्वस्थ्य केन्द्रका प्रमुख तथा नाक, कान, घाँटीका विशेषज्ञ डा. बसेलले सहभागी सेवाग्राही विरामीहरुलाई धैर्य धारण गरेर उपचार प्रक्रियामा संलग्न हुन अनुरोध गर्नु भयो ।


उहाँले भन्नुभयो–हामी उपस्थित र आउने सबैको चेकजाँच गरेरै यो ठाउँबाट बिदा हुन्छौं । तपाईहरु बिना संकोच उपचारमा सहभागी हुनुहोस् ।
स्वस्थ्य शिविरमा ५ बर्षका बालबालिका देखि ८० बर्षसम्मका जेष्ठ नागरिकहरु सेवा लिन उपस्थित भएका थिए । वडा ६ का विभिन्न टोलबस्तीका सर्वसाधारणहरु सेवा लिन बिहान ९ बजेदेखि लाइनमा हुनुहुन्थ्यो ।
७२ बर्षिय मालती थारुले सो स्वास्थ्य शिविरबाट सोचे भन्दा बढीको सेवा पाएको बताउनु भयो । त्यस्तै ७५ बर्षिय एक जेष्ठ नागरिकले पनि डाक्टर बसेलको टोलीलाई धन्यवाद दिनुभयो ।


सो सिविरमा स्वास्थ्य केन्द्रका कर्मचारी रितु पाण्डे, सबिना चौधरी, ललितराम थारु लागायत स्थानीय नागरिक अगुवा बिनकुमार घर्ती र शिक्षिका तिला घर्तिले पनि उपचारमा सहजीकरण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *