१० माघ २०८१, बिहीबार

बर्दिया जिल्लास्तरीय कार्यक्रम सल्लाहकार समितिद्धारा कार्यक्रम अनुगमन

बर्दिया जिल्लास्तरीय कार्यक्रम सल्लाहकार समितिद्धारा कार्यक्रम अनुगमन

समाचारदाता
नेपालगन्ज, पुस ६ । बर्दिया जिल्लाको बिकास साझेदारका रुपमा कार्यरत बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र बि ग्रुपद्धारा संचालित शसक्त बालिका परियोजना, बाल बिवाह न्युनिकरण परियोजना र ग्रीन इकोनोमी परियोजना अन्तर्गत संचालित बिभिन्न कार्यक्रम तथा सामाग्रीहरुको अनुगमन गरिएको छ ।


सो अनुगमन जिल्लास्तरीय कार्यक्रम सल्लाहकार समितिद्धारा गरिएको हो । अनुगमन कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्ट, उपप्रमुख अमृता कुमारी यादव, शिक्षा विकास समन्वय ईकाई प्रमुख सूर्य बहादुर खत्री, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, प्लान नेपालका कार्यक्रम व्यवस्थापक मानविर बिक, कार्यक्रम अधिकृत निर्मला महत, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछाने, राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेल, बि ग्रुपका कार्यक्रम व्यवस्थापक भानु लिम्बु र प्राविधिक संयोजक लक्ष्मी शर्माको सहभागिता रहेको थियो ।


अनुगमनको क्रममा नेपाल राष्ट्रिय शम्भुसरण मावि खैरापुरको विज्ञान प्रयोगशाला सामाग्रीको अवलोकन गरिएको थियो भने गुलरिया नगरपालिका १ स्थित गणेश माविमा महिनावारी कक्ष तथा शौचालयको निरिक्षण गरिएको थियो ।


त्यसैगरि ठाकुरबाबा नगरपालिका ५ स्थित किसान माविमा संचालित कार्यक्रमको बारेमा अन्तरक्रिया गरिएको थियो भने सोही वडामा संचालित सिलाई कटाई व्यवसाय तथा अर्गानिक गड्यौला मल तथा तरकारी खेतीको अनुगमन गरिएको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले बताउनुभयो ।
उहाँले अनुगमनको क्रममा कार्यक्रम प्रभावकारी देखिएको निष्कर्श निकालिएको ठहर गरिएको पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *