१० माघ २०८१, बिहीबार

क्रिसमस डे को अवसरमा १०५ वर्षका जेष्ठ नागकिसहित बालबालिकालाई न्यानो लुगा र स्टेशनरी वितरण

क्रिसमस डे को अवसरमा १०५ वर्षका जेष्ठ नागकिसहित बालबालिकालाई न्यानो लुगा र स्टेशनरी वितरण

समाचारदाता
नेपालगन्ज, पुस १३ । क्रिसमस डे २०२४ को उपलक्षमा बर्दियाको बढैयाताल गाउँपालिका वडा न ३ का सय वर्षमाथिका बृद्ध र विपन्न बालबालिकालाई न्यानो लुगा तथा स्टेशनरी बितरण गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ मा रहेको आशिस चर्चमा १०५ बर्षका सो क्षेत्रकै सबैभन्दा जेष्ठ नागरिक लगायत पाँच जनालाई चिसोबाट जोगाउन न्यानो कम्बल र पाँच जना बालकलाई सुईटर तथा १२ जना बालबालिकालाई स्टेसनरी सामानहरू बितरण गरिएको बढैयाताल गाउँपालिकाको कार्यपालिका सदस्य चन्द्रकला विकले बताउनुभयो ।


सो अवसरमा मुख्य अतिथि पूर्व राज्यमन्त्री दल बहादुर सुनारले जेष्ठ नागरिकसहित बालबालिकालाई न्यानो लुगा र स्टेशनरी सामान बितरण गर्नुभयो । उहाँले क्रिसमस डे जस्तो महान अवसर पारेर यो अतिनै पुण्य काम गरिएको जनाउँदै यो कार्यमा सहयोग गर्ने स्थानीय सबै समाजसेवीहरुप्रति आभार व्यक्त गर्नुभयो ।


बितरण गरिएका सामाग्रीहरु स्थानीय समाजसेवीहरु कुल बहादुर विक, राजु राइली, पास्टर सोनु बराइली र गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकला बिकको सहयोगमा बितरण गरिएको थियो ।


सोही अवसरमा जाजरकोटको भुकम्पमा परेर मृत्यु भएका एक स्थानीयकी छोरीलाई नगद दुई हजार रुपियाँ कार्यपालिका सदस्य चन्द्रकला बिकले प्रदान गर्नु भएको समाजसेवी कुल बिकले बताउनुभयो । उहाँले यस अघि पनि आफुहरुले विभिन्न समस्यामा परेका र पिडितहरुलाई सहयोग गर्दै आएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *