समाचारदाता
नेपालगन्ज, चैत ८ । नेपालगन्जको महेन्द्र पार्क स्थित अन्सारियान मस्जिद निर्माणमा टाइल्स मार्बल आवस्यक परेकोले सोका लागि राजा खान ह्युमन बिईंग नामक संस्थाद्धारा एक लाख रुपियाँ नगद बराबरको सहयोग गरिएको छ।
स्थानीय मस्जिद निर्माणको लागि युवा समाजसेवी राजा खानले आफ्नो संस्थामार्फत नगद एक लाख रुपैयाँ सहयोग प्रदानगर्नु भएको हो। धार्मिक सहिष्णुता र सामाजिक सेवामा सक्रिय खानले यो आर्थिक सहायता प्रदान गर्दै समुदायमा मेलमिलाप र सहकार्यको सन्देश दिनु भएको छ ।
मस्जिद निर्माण समितिका पदाधिकारीहरूले खानलाई सहयोग गरे वापत धन्यवाद ज्ञापन गर्दै उहाँको योगदानले धार्मिक गतिविधिहरू सहज बनाउने विश्वास व्यक्त गरेका छन्। स्थानीयबासीले पनि उहाँको सहयोगप्रति आभार प्रकट गर्दै यसले समाजमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।
सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीय नेताहरू, धर्मगुरुहरू तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। विगतदेखिनै विभिन्न सामाजिक कार्य गर्दै आउनु भएका राजा खानले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।