४ जेष्ठ २०८२, शनिबार

राजापुर नगरपालिकास्तरीय मानव बेचबिखन नियन्त्रण समितिको पुनर्गठन

राजापुर नगरपालिकास्तरीय मानव बेचबिखन नियन्त्रण समितिको पुनर्गठन

समाचारदाता
नेपालगन्ज, बैशाख २६ । बदियाको राजापुर नगरपालिकामा रहेको स्थानीय मानव बेचबिखन विरुद्धको समितिको एक कार्यक्रमका विच पुनर्गठन गरिएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारी र राजापुर नगरपालिकाको सहकार्यमा संचालन गरेको सुरक्षा परियोजना अन्तर्गत मानव बेचबिखन विरुद्धको समितिको एक कार्यक्रमका विच पुनर्गठन गरिएको हो ।
राजापुर नगरपालिकाका मेयर दिपेश थारूको अध्यक्षतामा सम्पन्न भएको बैठकमा मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन तथा परिचालन निर्देशिका २०७८ अनुसार १९ सदस्यीय समिति पुनर्गठन गरिएको परियोजना संयोजक ईश्वर बिकले बताउनुभयो ।


सो कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर थारुले स्थानीय सरकारले मानव बेचबिखन विरुद्ध प्रभावकारी कदम चाल्नका लागि सबै निकायसंग समन्वय र सहकार्य गर्दै अगाढी बढ्ने कुरा बताउनु भयो । उहाँले समितिले पनि क्रियाशिल भएर काम गर्नु पर्नेमा जोड दिनुभयो ।
उक्त बैठकमा नेपाल प्रहरी, गैरसरकारी संस्था, पत्रकारहरू, विद्यालयका प्रधानाध्यापक तथा पालिकास्तरीय बालक्लबका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
बैठकको संचालन राजापुर नगरपालिकाका सूचना प्रविधि अधिकृत खुसिराम थारूले गर्नु भएको थियो भने बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बिकेले सहजीकरण गर्दै परियोजनाका बारेमा बिस्तृत जानकारी दिनुका साथै बैठकको उदेश्य प्रस्तुत गर्नुभएको थियो ।


सो अवसरमा मानव बेचबिखन विरुद्धको समितिको नियमित बैठकहरू संचालन गर्ने, सबै वडामा वडास्तरीय समिति गठन गर्ने, समितिको मुख्य प्रगतिहरूको समिक्षा गर्ने, बाल बेचबिखन बिरुद्ध समितिका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिमको योजना बनाउने लगायतका निर्णय गरिएको छ । सो कार्यक्रममा बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर प्रमिशा थारू लगायतको पनि सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *