१० असार २०८२, मंगलवार

किशोरीहरुको शसक्तिकरणका लागि सञ्चालित “कला शक्ति हो” कार्यशाला सम्पन्न

किशोरीहरुको शसक्तिकरणका लागि सञ्चालित “कला शक्ति हो” कार्यशाला सम्पन्न

समाचारदाता
नेपालगन्ज, ४ जेठ । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका किशोरीहरूलाई सशक्त बनाउन सञ्चालन गरेको दुई दिने “कला शक्ति हो” कार्यशाला सम्पन्न भएको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत मधुवनमा सो कार्यशाला सञ्चालन गरेको थियो ।


कार्यशालाको समापन गर्दै मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले किशोरीहरुमा लुकेका विभिन्न प्रतिभालाई उजागर गरेर सोही माध्यमबाट उनिहरुलाई शसक्त बनाउने उदेश्यले आयोजना गरिएको यो कार्यशाला अतिनै सराहनीय रहेको बताउनुभयो ।
उहाँले यस्ता कार्यक्रमले बालिका तथा किशोरीहरुको भित्र लुकेका प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्ने बताउनुभयो ।


सो अवसरमा मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीले यो कार्यशालाले किशोरीहरूलाई सक्रिय रहन र आत्मविश्वासका साथ अगाडि बढ्न प्रोत्साहित गरेको सहभागि किशोरीहरुको भनाईबाटै पुष्टि भएको बताउनुभयो ।
कार्यशालाको समापन कार्यक्रममा सहभागीहरूबाट आफ्नो मन्तव्य राख्दै पबी बीक, मनरुपा थारु र अनिता थारुले कार्यशालाबाट धेरै कुरा सिक्न पाएको जनाउँदै आफुहरुभित्र रहेका विभिन्न प्रतिभालाई बाहिर ल्याउन सफल भएको बताउनुभयो । उहाँहरुले आफुभित्रका प्रतिभालाई शसक्तिकरणमा उपयोग गर्ने प्रतिवद्धता पनि सो अवसरमा गर्नुभयो ।


उक्त कार्यशालाको प्रमुख उद्देश्य किशोरीहरूलाई गीत, कविता, नृत्य, नाटक, चित्रकला, भाषण, गायन र लोक युगल गीतहरूमार्फत आफ्नो अन्तर्निहित ऊर्जा, रचनात्मकता, भावना, आवाज र सरोकार व्यक्तगर्न प्रोत्साहित गरेर सशक्त बनाउनु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।


बाँके युनेस्को क्लबका उपनिर्देशक तथा बालिका शसक्त परियोजनाका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले कार्यशालाको उद्देश्यमाथि प्रकाश पार्दै यस्ता कार्यशालाहरुको माध्यमबाट समुदाय भित्रका हानिकारक सामाजिक अभ्यासहरूलाई चुनौती दिन र उन्मूलन गर्न सहयोग मिल्ने भएकोले यस्ता कार्यक्रम डिजाइन गरिएको बताउनुभयो ।


दुई दिनसम्म सञ्चालन भएको सो कार्यशालामा गुलरिया र मधुवन नगरपालिका तथा बढैयाताल गाउँपालिकाका ५० बढी किशोरीहरूको सक्रिय रूपमा सहभागीता रहेको थियो ।
सो कार्यशालाको सहजीकरण प्रभात सुवेदी र बालिका चौधरीले गर्नु भएको थियो भने बालिका शसक्त परियोजनाका कार्यक्रम अधिकृत जनकराम थारु तथा फिल्ड सुपरभाइजरहरु मिनु थारु एवं नग्मा मनिहारले व्यवस्थापनमा सहयोग गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *