१० असार २०८२, मंगलवार

बर्दियामा जलवायु परिवर्तन बिरुद्धको एक्येबध्यता अभियान भव्यरुपमा सुरु

बर्दियामा जलवायु परिवर्तन बिरुद्धको एक्येबध्यता अभियान भव्यरुपमा सुरु

समाचारदाता
नेपालगन्ज, जेठ २३ । विश्व वातावरण दिवसको अवसरमा जलवायु परिवर्तन बिरुद्धको एक्येवध्यता अभियानको औपचारिक शुभारम्भसंगै किशोरीहरुको क्षमता अभिबृद्धि कार्यक्रम बर्दिया जिल्लामा सम्पन्न गरिएको छ ।
बाँके युनेस्को क्लबले राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया र युवा संस्थासँगको समन्वयमा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका शसक्त परियोजना र वाईस्पार्क परियोजना अन्तर्गत सो अभियानको शुभारम्भ र क्षमता अभिबृद्धि कार्यक्रम गरिएको हो ।


सो कार्यक्रम जलवायु परिवर्तन र युवाको नेतृत्वमा केन्द्रित संवादका साथ सम्पन्न भएको जनाउँदै बाँके युनेस्को क्लबका उपनिर्देशक गोबिन्द प्रसाद लामिछानेले सो अभियानले युवालाई जलवायु परिवर्तनको चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न, समुदायमा जलवायु सहनशीलताको पक्षमा वकालत गर्न र दिगो भविष्य निर्माणमा नेतृत्व गर्न सशक्त बनाउने बताउनुभयो ।


उक्त अभियानले स्थानीय तह, समुदाय र नागरिक समाजमा युवाको सक्रिय सहभागिता प्रोत्साहित गर्ने उद्देश्य राखेको पनि उपनिर्देशक लामिछानेले बताउनुभयो ।
कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसी, गुलरिया नगरपालिकाकी उपप्रमुख साबित्रा गौतम, मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरी, गेरुवा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चौधरी, बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारी, गुलरिया नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत मुकुन्द अर्याल र मधुवन नगरपालिकाकी महिला विकास अधिकृत इन्दिरा चुनाराको सक्रिय सहभागिता रहेको थियो ।


सो अवसरमा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष केसीले जलवायु परिवर्तन विरुद्धको एकेवध्यताले जलवायु परिवर्तनको चुनौतीको सामना गर्न समुदायलाई तयार पार्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाकी उपप्रमुख गौतम, मधुवन नगरपालिकाकी उपप्रमुख चौधरी, गेरुवा गाउँपालिकाकी उपाध्यक्ष चौधरी, र बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष अधिकारीले यो अभियान अहिलेको अवस्थामा अतिनै सान्दर्भिक र प्रभावकारी भएको बताउँदै आगामी नीति तथा कार्यक्रमहरूमा जलवायु सहनशीलतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो ।


बर्दिया र कालिकोटका ५० जना किशोरीहरुको सहभागिता रहेको सो कार्यक्रममा उनिहरूले जलवायु परिवर्तनले पारेका प्रभावहरू कथा, कविता र चित्रमार्फत सजीव रूपमा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जलवायुको क्षेत्रमा क्रियाशील नागरिक समाज संस्थाहरू राधाकृष्ण थारु जनसेवा केन्द्र, बिग्रुप, थारु महिला उत्थान केन्द्र, कमैया महिला जागरण समाज, सुन्दर संसार लगायतका प्रतिनिधिहरू तथा किशोरीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।


बाँके युनेस्को क्लबका उपनिर्देशक लामिछानेले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य स्पष्ट पार्नु भएको थियो भने कार्यक्रमको सहजीकरण युवा संस्थाकी उपाध्यक्ष निर्जला रिजाल र अभियान संयोजक सुरुचि शाहीले संयुक्त रूपमा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *