१० असार २०८२, मंगलवार

राजापुरमा बाढी कृत्रिम घटना अभ्यास र बृक्षारोपण गरेर विश्व बाताबरण दिवस मनाइयो

राजापुरमा बाढी कृत्रिम घटना अभ्यास र बृक्षारोपण गरेर विश्व बाताबरण दिवस मनाइयो

समाचारदाता
नेपालगन्ज, जेठ २३ । बर्दियाको राजापुरमा विश्व वातावरण दिवसको अवसरमा बाढी कृत्रिम घटना अभ्यास गर्नुका साथै बृक्षारोपण समेत गरिएको छ ।
राजापुर नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल, प्राक्टिकल एक्शन एक्शन एड, बि ग्रुप, बाँके युनेस्को क्लब, कमैया महिला जागरण संघ र थारु महिला उत्थान संघको सहकार्यमा आयोजित कार्यक्रममा जलवायु परिवर्तनका प्रभावलाइ कम गर्न कृत्रिम घटना अभ्यास र बृक्षारोपण गरिएको हो ।


राजापुर नगरपालिकाको रंगशालामा बृक्षारोपण र संघर्षनगरमा बाढीबाट बच्न कृत्रिम घटना अभ्यास गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
बाढी पूर्व र बाढी पश्चात मानवीय तथा भौतिक क्षतिलाई कसरी कम गर्ने तथा बाढी लगायत अन्य विपदलाई सामुहिक रुपमा कसरी सामना गर्ने भन्ने बिषयमा कृत्रिम घटना अभ्यास गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।


सो कार्यक्रमको समापन गर्दै राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले राजापुर नगरपालिका बाढीको उच्च जोखिममा रहेकाले यसको सामना गर्न स्थानीय सरकारसंग सम्पुर्ण स्थानीयबासीहरुले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।


उहाँले जलबायु परिबर्तनलाई कम गर्नकालागि नगरपालिकाले एक घर २ बिरुवा रोप्ने अभियानको पनि थालनी गर्ने बताउनु भयो
सो अवसरमा राजापुर नगरपालिकाका उप प्रमुख, प्रमुख प्रसासकीय अधिकृत, वडा अध्यक्षहरु, िबषयगत शाखा प्रमुखहरु, विपद फोकल पर्सन, समुदायमा आधारित विपद ब्यबस्थापन समिति, समुदायका अगुवा, संघ सस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *