समाचारदाता
नेपालगन्ज, जेठ २५ । बर्दियाको गुलरिया नगरपालिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसंग सम्बन्धि सृजनात्मक सामाग्री प्रर्दशनी सम्पन्न भएको छ ।
गुलरिया नगरपालिका वडा नम्बर ६ को आयोजनामा शिक्षा, युवा तथा खेलकुद शाखा, गुलरियाको समन्वय तथा बाँके युनेस्को क्लब र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा सो प्रर्दशनी सम्पन्न भएको हो ।
प्रर्दशनीमा गुलरिया नगरपालिकाका १० वटा विद्यालयहरुको सहभागिता रहेको थियो । सहभागि विद्यालयहरुका विद्यार्थीहरुले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसँग सम्बन्धित आफ्ना सिर्जनात्मक सामग्रीहरूको प्रदर्शन गरेको थिए ।
प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले यो प्रर्दशनी हेर्दा बिद्यार्थिहरुको क्षमता उजागर भएको र उनिहरुले भविष्यमा अतिनै राम्रा कामहर गर्न सक्ने देखिएको बताउनुभयो ।
‘भारतमा एपिजे एब्दुल कलामले मिसाईल बनाएको ईतिहास छ, त्यस्तै प्रकारले विद्यार्थी भाईबहिनीहरुले सिर्जना गर्नुहोस् त्यसमा हाम्रो पूर्ण साथ र सहयोग रहने छ ।’– नगरप्रमुख यादवले भन्नुभयो ।
उहाँले आगामी वर्षमा यस्ता सृजनात्मक कामका लागि पनि बजेट छुट्टाउने प्रतिवद्धता गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
त्यस्तै गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुधान्सुप्रकाश शर्माले प्रदर्शनीमार्फत विद्यार्थीहरूको सिर्जनशीलता, आविष्कारशीलता र प्रविधिमैत्री सोचलाई प्रवद्र्धन गर्न सकिने भएकोले विद्यार्थीहरुलाई स्ट्रीम गर्न उचित वातावरण विद्यालयले बनाईदिनुपर्नेमा जोड दिनुभयो ।
बाँके युनेस्को क्लबका उप–निर्देशक गोविन्द प्रसाद लामिछानेले बर्दिया जिल्लामा स्ट्रीमलाई आत्मसाथ गरेर बालबालिकाको सिकाइलाई बढावा दिन विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई जोड्ेर आजको नँया युगसँग प्रतिसप्रद्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्नको लागी यो प्रर्दशनी आयोजना गरिएको बताउनुभयो ।
सो सृजनात्मक पर्दशनीमा श्री नेपाल राष्ट्रिय शम्भुशरण मावि खैरापुर प्रथम भयो भने बगलामुखी राधाकृष्ण मावि द्धितिय र धुव्र मावि तुल्सिपुर तृतिय भएको छ । प्रदर्शनीमा सहभागी सबै विद्यालयहरुलाई प्रमाण पत्र र सम्मान दिईएको गुलरिया नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयले जनाएको छ ।
विभिन्न बिद्यालयका बालबालिकाहरुलाई अन्य बालबालिकाहरुले निर्माण गरेको समाग्री हेर्न र बुझनका लागि प्रर्दशनीले सहयोग गरेको पनि सो कार्यालयले जनाएको छ ।