२ माघ २०८२, बिहीबार

भारतको लखनउमा भारत-नेपाल अन्तर्राष्ट्रिय साहित्यिक मेला हुँदै

भारतको लखनउमा भारत-नेपाल अन्तर्राष्ट्रिय साहित्यिक मेला हुँदै

सिराज खान
नेपालगन्ज, असार ७ । भारत उत्तरप्रदेशकाे राजधानी लखनउमा नेपाल र भारतकाे साहित्य र संस्कृति प्रवर्द्धनका लागि एक विशेष कार्यक्रमको आयोजना हुने भएको छ।
भारत र नेपाल बीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि लखनउमा अन्तर्राष्ट्रिय साहित्यिक मेला २२ जुन २०२५ मा हुन लागेको रुबरु फाउन्डेसनका अध्यक्ष तथा भारतका वरिष्ठ साहित्यकार ईरशाद राहीले बताउनुभयो ।
उहाँका अनुसार साे साहित्यक मेलामा साहित्यकारहरूको सम्मान, कवि समेलन र सांस्कृतिक कार्यक्रमहरू हुनेछन्।
उक्त कार्यक्रमको आयोजनामा ‘साहित्य उत्सव’ नामक विशेष कार्यक्रमले प्रमुख भूमिका खेल्नेछ।
कार्यक्रमको उद्देश्य भनेको साहित्य र संस्कृतिका विभिन्न विधाहरूको प्रवर्द्धन गर्नु रहेको जनाईएकाे छ । आयोजकका अनुसार यस कार्यक्रममा सहभागिता जनाउने साहित्यकार र लेखकहरूले आफ्नो सिर्जनात्मकता प्रस्तुत गर्ने अवसर पाउनेछन्।
साहित्यिक संवाद, पुस्तकहरूको विमोचन र विभिन्न सांस्कृतिक प्रस्तुतिहरू पनि कार्यक्रमको मुख आकर्षण हुने जनाईएकाे छ।
याे कार्यक्रमले न केवल साहित्यिक गतिविधिलाई समृद्ध बनाउनेछ, बरु दुवै देशका साहित्यकारहरूको बीचमा नयाँ सम्बन्ध र सहकार्यको सृजनामा पनि मद्दत गर्ने आयोजक संस्थाका अध्यक्ष राहीले बताउनुभयो ।
साहित्य र संस्कृतिको यो महोत्सवले भारतीय र नेपाली साहित्यको समृद्ध इतिहासलाई उजागर गर्ने तथत दुवै देशका साहित्यिक परंपराहरूको आदानप्रदानलाई प्रवर्द्धन गर्ने बिश्वास गरिएको छ।  साे कार्यक्रमका प्रमुख अतिथि उत्तर प्रदेश सरकारका उपमुख्यमन्त्री हुनुहुनेछ भने अतिथिहरुमा भारतका वरिष्ठ साहित्यकारहरुसंगै वरिष्ठ सरकारी अधिकारी र जनप्रतिनिधिहरुकाे सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *