२५ मंसिर २०८२, बुधबार

साहित्यकार तिमिल्सिनालाई ५१ हजारको प्रेमप्रकाश मल्ल ‘मधुकर’ स्मृति पुरस्कार प्रदान

साहित्यकार तिमिल्सिनालाई ५१ हजारको प्रेमप्रकाश मल्ल ‘मधुकर’ स्मृति पुरस्कार प्रदान

सिराज खान
नेपालगन्ज, साउन ११ । स्वर्गिय गायक तथा साहित्यकार प्रेमप्रकाश मल्ल “मधुकर“ को ९० औं जन्मजयन्तीको अवसरमा शनिवार प्रेमप्रकाश मल्ल “मधुकर“ स्मृति पुरस्कारबाट वरिष्ठ साहित्यकार डा हरिप्रसाद तिमिल्सिनालाई पुरस्कृत गरिएको छ ।
भेरी साहित्य समाज केन्द्रिय समितिको आयोजनामा शनिवार नेपालगन्जमा आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत कुमार रेग्मीले साहित्यकार तिमिल्सिनालाई ५१ हजार १११ रुपियाँ राशीको पुरस्कारबाट पुरस्कृत गर्नुभयो । रकमसंगै तिमिल्सिनालाई सम्मान पत्र पनि प्रदान गरिएको थियो ।
स्वर्गिय प्रेमप्रकाश मल्लको पहिलो शोधकर्ताको रुपमा तथा उहाँको कृति र कृतित्वहरुलाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्नु भएकोमा वरिष्ठ साहित्यकार उपप्रध्यापक तिमिल्सिनालाई पुरस्कृत गरिएको भेरी साहित्य समाजले जनाएको छ ।


सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार रेग्मीले स्वर्गिय प्रेम प्रकाश मल्लले साहित्य र गायनको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै उहाँलाई श्रद्धान्जली अर्पण गर्नुभयो ।
पुरस्कृत हुनु भएका साहित्यकार तिमिल्सिनाले सो अवसरमा बोल्दै पुरस्कृत गरिएकोमा आभार व्यक्त गर्दै स्वर्गिय मल्लको जिवनीबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न बाँकी रहेको बताउनुभयो ।
सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल, प्राडा कृष्ण प्रसाद घिमिरे, वरिष्ठ साहित्यकार तथा लेखक नरेन्द्रजङ पिटर र पुरस्कार संस्थापक वाणीश्री मल्लले बोल्नु भएको थियो ।


मल्लको जीवनी व्यक्तित्वका बारेमा समालोचक लेक प्रसाद प्याकुरेल र पुरस्कृत व्यक्तित्वका बारेमा डा पुष्कर रिजालले बोल्नु भएको थियो । सो अवसरमा वरिष्ठ साहित्यकार मणी अर्याल, कल्पना पौडेल, खगेन्द्र गिरी कोपिला, किरण आचार्य, भारतका वरिष्ठ साहित्यकार शारिक रब्बानी, साहित्यकारहरु भरत रानाभाट, बलराम यादव, कलाकार सुन्दर गुरुंग र भेरी साहित्य समाजका केन्द्रिय समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *