२४ मंसिर २०८२, मंगलवार

वातावरण संरक्षण अभियन्ता काफ्लेलाई ‘नाइस अवार्ड २०२५’ प्रदान

वातावरण संरक्षण अभियन्ता काफ्लेलाई ‘नाइस अवार्ड २०२५’ प्रदान

समाचारदाता
नेपालगन्ज, साउन २१ गते । विगत लामो समयदेखि वातावरणको संरक्षणमा सक्रिय रहनु भएका बाँकेका वातावरण संरक्षण अभियन्ता हेमन्तराज काफ्लेलाई ‘नाइस अवार्ड २०२५’ प्रदान गरिएको छ ।
नेपालगन्जमा आयोजना गरिएको बिशेष कार्यक्रममा नेपालगन्ज १९ निवासी वातावरण संरक्षण अभियन्ता काफ्लेलाई दस हजार रुपियाँ नगद र सम्मान पत्रसहित पाचौं नाइस अवार्ड २०२५ प्रदान गरिएको नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले बताउनुभयो ।


जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र गैसस महासँघका केन्द्रीय सचिब नमस्कार शाहले काफ्लेलाई संयुक्त रुपमा सो अवार्ड प्रदान गर्नुभयो ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख चौधरीले लामो समयदेखि वातावरण संरक्षण र हरित अभियानमा सक्रिय काफ्लेलाई यो अवार्ड प्रदान गर्दा खुशी लागेको जनाउँदै समाजमा राम्रो काम गरिरहेका ब्यक्तिहरुकालागि यस्ता अवार्ड उत्प्रेरणा भएको बताउनुभयो ।


अवार्ड पाउनु भएका काफ्लेले आफुले बाँके लगायत विभिन्न जिल्लामा गएर हजारौं बिरुवा रोप्नुका साथै बिरुवा संरक्षणका लागि काम गरेको बताउनुभयो । उहाँले नेपालगन्जमा अझैपनि धेरै बृक्षारोपणको आवश्यकता रहेको जनाउनुभयो ।
सोही अवसरमा बाँके जिल्लामा सामाजिक सद्भाव र युवा परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरे वापत जोशिना थारु, राष्टि बुढामगर र तपेन्द्र बहादुर मलातीलाई पनि प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।


कार्यक्रममा नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष नविन गिरी, पूर्व अध्यक्ष झलक गैरे, बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्मा, एनआइसी एसिया बैंकका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश प्रमुख मनोहर ठगुराठी, मंगल प्रसाद माबिका प्रधानाध्यापक सन्ध्या शर्मा, नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट, उपाध्यक्ष शोभा थापा र सचिव कमल शाही लगायतको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *