समाचारदाता
नेपालगन्ज, साउन २६ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालगञ्ज र नयाँ दिल्लीबीच सिधा उडानका लागि आफूले पहल गर्ने बबताउनु भएको छ। सोमबार मन्त्रालयमा बाँकेका प्रमुख राजनीतिक दलका नेता, संघीय संसदमा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि लगायतको टोलीले नेपालगन्ज दिल्लीको उडान शुर गराउन पहल गर्न आग्रह गर्दा उहाँले यस विषयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री राणाका अनुसार, यो उडानले नेपाल र भारतबीच कनेक्टिभिटी बढाएर पर्यटन, व्यापार र जनसम्पर्कमा वृद्धि गराउनेछ। यसले पश्चिम नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने छ। नेपालगञ्जमा पर्यटन पूर्वाधार तयार भइसकेकाले पनि यो उडान महत्वपूर्ण हुने उहाँले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा यो विषयलाई प्राथमिकता बनाउन टोलीले अनुरोध गरेको छ।
नेपालगन्ज दिल्ली उडानका लागि दवाव बढाउन बाँकेबाट नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा काठमाण्डौ पुगेको सर्वपक्षिय टोलीले यसअघि आइतवार नेपाल उद्योग वाणिज्य महासंघका एक बृहत्त छलफल कार्यक्रमको आयोजना गरेको थियो भने आइतवार पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेलाई पनि भेटेर ध्यानाकर्षण गराउनु भएको थियो ।
सो टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भारत भ्रमणको एजेण्डामा सो यडानको विषयलाई पनि समेट्न माग गर्ने कार्यक्रम रहेको टोलीमा रहनु भएका कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो ।
