समाचारदाता
नेपालगन्ज, भदौ ८ । २०८० सालमा आएको भुकम्पमा परेर अभिभावक गुमाएकी एक बालिकालाई बर्दिया बढैयाताल ३ पुष्पनगरका वरिष्ठ समाजसेवी एवं नेपाल प्रहरीका असई कुल बहादुर विकले शैक्षिक सामाग्री प्रदान गर्नु भएको छ ।
केही महिना पहिले मात्र असई बिकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पनि पुरस्कृत गरेको थियो । उहाँलाई दिईएको जिम्मेवारी कर्तव्यनिष्ट भइ संगठनको निति निर्देशन अनुसार कुशलताका साथ कार्य सम्पादन गरेकोमा नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो ।

२०८० साल कात्तिक १७ गते आएको भुकम्पमा परेर रुकुमको छेपारे रिम्नामा निधन भएको खडक बहादुर विकको छोरी भगवति सस्कृति सेकेन्डरी स्कुल तिलकाना बर्दियामा कक्षा २ अध्ययनरत बिद्यार्थी श्रीष्टि बिकलाई सहयोग स्वरुप समाजसेवी तथा असई विकले शैक्षिक सामाग्री प्रदान गर्नु भएको हो ।
हाल बढैयाताल गाउँपालिका ३ पुष्पनगरमा आफ्नो आमाका साथ बस्दै आएकी बिद्यार्थी श्रीष्टि बिकलाई बिद्यालय पोशाक, कपि, कलम, झुल, झोला र जुत्ता बितरण गरिएको समाजसेवी तथा प्रहरीका असई कुल बहादुर बिकले बताउनुभयो ।

उहाँले बालिकाको पढाईमा सहजता होस र पोशाक, कपि, कलम, झोला तथा जुत्ताको समस्या नहोस भनेर वितरण गरिएको बताउनुभयो ।
यसअघि गत वर्ष ती बालिकालाई बढैयाताल गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकला विकले पनि नगद सहयोग गर्नु भएको थियो ।
असई विक यसअघि जमुनाहा प्रहरी कार्यालयमा कार्यरत हुँदा नेपाल र भारत जमुनाहा नाकाका राम्रो काम गरेको स्थानीयले बताएका छन् ।
