समाचारदाता
नेपालगन्ज, पुस ९ । नेपालगन्ज उपमहानगरपालिकाको स्थानीय परियोजना सल्लाहकार समितिले उपमहानगरपालिका भित्र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपद्धारा सञ्चालित कार्यक्रमको स्थलगत अनुगमन तथा बैठक सम्पन्न गरेको छ ।
एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमको समितिले अनुगमन गर्दै बैठक सम्पन्न गरेको हो ।

नेपालगन्ज उपमहानगरपािलकाका कार्यसमिति सदस्य तथा आर्थिक विकास संयोजक संगीता रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको अनुगमन र बैठकमा वडा अध्यक्ष, स्वास्थ्य महाशाखा, सरसफाई शाखा, कृषि शाखा र शिक्षा शाखा लगायतका प्रमुखहरुको सहभागिता रहेको थियो ।

स्थानीय परियोजना सल्लाहकार समितिले अनुगमनको क्रममा नेपालगन्ज २० मा रहेको साथी स्वावलम्बन सहकारी संस्थाका कार्यसमिति र कृषकहरुसंग अन्तक्र्रिया गरेको थियो भने मनिकापुर हेल्थपोस्ट, नेपालगन्ज ४ मा रहेको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र नेपालगन्ज २ मा रहेको बाल्मिकी समाजको कार्यालयमा पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत गरिएको सहयोगको सदुपयोगका सम्बन्धमा जानकारी लिएको थियो ।

स्थलगत अनुगमनको क्रममा परियोजनाका बिभिन्न क्रियाक्लापहरु निकै प्रभावकारी देखिएको र यस परियोजनाले लक्षित वर्गको पेशागत स्वास्थ्य सुरक्षा लगायत सुरक्षित तरकारी उत्पादन र जैविक मल उत्पादनमा बिशेष योगदान गरेको पाईएको सल्लाहकार समितिले जनाएको छ ।
सो परियोजनाको प्रभावकारितालाई दृष्टिगत गरेर परियोजनाको समयअवधिलाई थप गर्नु पर्ने कुरा अनुगमनमा रहनुभएका अधिकांशले उठाउनुभएको थियो ।

सो स्थलगत अनुगमन र बैठकमा नेपालगन्ज उपमहानगरपािलकाका कार्यसमिति सदस्य तथा आर्थिक विकास संयोजक संगीता रेग्मी, जिल्ला समन्वय समितिका सदस्य जगदिश बाल्मिकी, नेपालगन्ज उपमहानगर वडा नम्बर २० का वडा अध्यक्ष कौशल कुमार धोबी, नेपालगन्ज उपमहानगरका निमित्त कार्यकारी प्रमुख गोर्ख बहादुर थापा, उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत कृष्ण प्रसाद जोशी, वातावरण इन्जिनियर प्रकाश डि सी, उपमहानगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत जागेश्वर बस्नेत, स्वास्थ्य बीमा बोर्डका रमेश आचार्य, कृषि अनुसन्धान निर्देशनालयका हरि प्रशाद शर्मा, नेपालगन्ज उपमहानगरका कृषि प्रसार अधिकृत अम्बिका रिजाल, स्वास्थ्यकर्मी राधिका रोकाया, एम.डी.एम.फ्रान्सका कार्यक्रम प्रबन्धक तर्क बहादुर थापा र पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजनाका संयोजक समद सिद्दिकी लगायतको सहभागिता रहेको थियो ।

