११ पुष २०८२, शुक्रबार

‘पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना’को सार्वजनिक सुनुवाई सम्पन्न

‘पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना’को सार्वजनिक सुनुवाई सम्पन्न

समाचारदाता
नेपालगन्ज, पुस १० । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको ‘पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना’ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका, डुडुवा र खजुरा गाउँपालिकाका ससफाईकर्मी र किसानलाई लक्षित गरेर सञ्चालन गरिएको सो परियोजनाको सार्वजनिक सुनुवाई गरिएको हो ।
भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपका कोषाध्यक्ष नर्वदा दाहालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि रहनु भएका जिल्ला समन्वय समिति बाँकेका प्रुमख ज्ञानेन्द्र कुमार चौधरीले यो परियोजनाका सबै कामहरु अतिनै सराहनीय रहेको आफुले पाएको जनाउँदै उहाँले पटक पटक कार्यक्रमहरुको अनुगमन र निरिक्षण समेत गरेको बताउनुभयो ।


प्रमुख चौधरीले सरसफाईकर्मीको पेशागत सुरक्षाका बारेमा कसैले पनि नसोचेको बेला बी ग्रुपले परियोजनानै सञ्चालन गरेर धेरै काम गरेको र विषादीरहित तरकारी उत्पादन गर्न किसानलाई गरिएको सहयोग अतिनै सराहनीय रहेको पाएको बताउनुभयो ।
बाँकेमा यस्ता परियोजनाहरुको निरन्तरता अतिनै आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा परियोजनाका संयोजक समद सिद्दिकीले परियोजनाले हालसम्म गरेका सबै क्रियाक्लाप, उपलब्धी, पहुँच र प्रत्यक्ष लाभान्वित संख्याका बारेमा बिस्तृत प्रस्तुती गुर्न भएको थियो भने एम.डी.एम.फ्रान्सका कार्यक्रम प्रबन्धक तर्क बहादुर थापाले कार्यक्रमको उदेश्य र महत्व बारे सहभागीलाई जानकारी गराउनु भएको थियो ।


सो अवसरमा उपभोक्ता हकहित संरक्षण मन्चका केन्द्रिय सदस्य बसन्त गौतम, होटल ब्यबसायी संघ बाँकेका अध्यक्ष भिम कँडेल, समर्पण नेपालका मोहनलाल सोनकर, खजुरा गाउँपालिकाको कृषि शाखाका प्रमुख सुशिल कुमार शर्मा, कृषि अनुसन्धान निर्देशनालयका हरि प्रसाद शर्मा र जानकी पुनले परियोजनाले गरेको काम र उपलबधी बारे विभिन्न जिज्ञासा राख्नुका साथै सुझाव समेत दिनु भएको थियो ।
उहाँहरुको जिज्ञासाको जवाफ एम.डी.एम.फ्रान्सका कार्यक्रम प्रबन्धक थापा र परियोजना संयोजक सिद्दिकीले दिनुभएको थियो ।


कार्यक्रममा नेपालगन्ज वडा नम्बर २० का वडा अध्यक्ष कौशल कुमार धोबी र खजुरा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनराम ओलीले परियोजनाले धेरै कुराहरु सिकाएको, धेरै सहयोग गरेको र सरसफाईकर्मी तथा किसानको पेशागत सुरक्षाकालागि निकै उत्कृष्ट कार्य गरेको बताउनुभयो ।


सो अवसरमा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी, नेपालगन्ज वडा नम्बर २ का वडा अध्यक्ष मनोज श्रेष्ठ, वडा नम्बर ९ का वडा अध्यक्ष गोविन्द प्रसाद रेग्मी, वडा नम्बर ११ का वडा अध्यक्ष नन्द किशोर कश्यप, कृषि ज्ञान केन्द्रका सुजिता शर्मा, जिसस सदस्य जगदिश बाल्मिकी, स्वास्थ्य बीमा बोर्डका रमेश आचार्य, नेपालगन्ज उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापा, वातवरण ईन्जिनियर प्रकाश डिसी र स्वास्थ्य कार्यालय बाँकेका नरेश श्रेष्ठ लगायत जनप्रतिनिधिहरु, विभिन्न संस्थाका प्रतिनिधि, किसान र सरसफाईकर्मीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *