नेपालगन्जका युवाको वर्तमान अवस्था र भविष्यको संभावना विषयमा वक्तृत्वकला प्रतियोगिता 

समाचारदाता
नेपालगन्ज, साउन २७ गते । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नगरस्तरीय युवा क्लब सञ्जालले नेपालगन्जमा युवाहरुको वर्तमान अवस्था र भविष्यको संभावना बिषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
नेपालगन्जका सामुदायिक र निजि विद्यालयका बिद्यार्थिहरुको सहभागिता रहेको सो प्रतियोगितामा मोडर्न उच्च माविका सगुन तिवारी प्रथम, महेन्द्र उच्च माविका विनिशा शाही द्धितिय, सोही बिद्यालयका मेहताब अलि तृतिय र टंक प्रसादले चौथो स्थान प्राप्त गरेर पुरस्कार जित्नुभयो ।
विजयी प्रतियोगिहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गर्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले युवा भविष्यको मात्र कर्णधार नभई वर्तमानको पनि कर्णधार हुन् भन्ने कुरा पछिल्ला घट्नाक्रमले प्रमाणित गरेको बताउनुभयो ।


उहाँले युवालाई विभिन्न कुलतबाट जोगाउँदै एक सक्षम नागरिक बनाउनतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
प्रतियोगितामा सहभागि अधिकांश बिद्यार्थिले खुला सीमानाका कारण लागु पदार्थको ओसारपसार र बिक्रि बढेकोमा चिन्ता व्यक्त गर्दै त्यसबाट युवा पुस्तालाई जोगाउन ठुलो चुनौती बनेकोमा जोड दिएका थिए । उनिहरुले सामाजिक सञ्जाल, मोबाइल र लागु औषधबाट युवालाई जोगाउन नसकिए गम्भीर समस्या हुनसक्नेतर्फ पनि सम्बन्धित निकायलाई सचेत पारेका थिए ।
कार्यक्रममा नगरस्तरीय युवा क्लब सञ्जाल नेपालगन्जका अध्यक्ष आनन्द कुमार बर्मा, युवाहरु बिर्जेश ठाकुर, पप्पु यादव, साहिल अन्सारी, राज बर्मा, दिनेश ठाकुर र विरेन्द्र श्रीवास्तवले पनि युवाहरुलाई सही बाटोमा लगाउन सकेमात्रै देश समृद्ध र सफल बन्ने बताउनुभयो ।


कार्यक्रममा विभिन्न बिद्यालयका बिद्यार्थि, शिक्षक शिक्षिका र अभिभावक गरेर ठुलो संख्यामा सहभागिता रहेको थियो । सो अवसरमा बिद्यालयका शिक्षक, शिक्षिका र अभिभावकले यस्ता कार्यक्रम निरन्तर हुनसके बिद्यार्थिहरुले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनुका साथै सिक्ने अवसर समेत पाउने कुरामा जोड दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *