बाँके २ का वडा वडामा विष्टको जनसम्पर्क कार्यालय स्थापना गरिंदै, जनसमर्थन पनि बढ्दै
समाचारदाता
नेपालगन्ज, माघ १७ । आगामी निर्वाचनको तयारीलाई थप सुदृढ बनाउँदै नेपाली कम्युनिष्ट पार्टीले बाँके निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाका वडा वडामा सम्पर्क कार्यालय स्थापना गरिरहेको छ । सो क्रममा पछिल्लो पटक वडा नम्बर २० मा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ।
वडा नम्बर १९ मा कार्यालय सञ्चालनमा ल्याएको केही समयमै वडा नम्बर २० मा समेत सम्पर्क कार्यालय उद्घाटन गरिएको हो। यससँगै पार्टीको चुनावी गतिविधि वडा र टोल तहसम्म विस्तार हुँदै गएको छ। वडा र टोलमा जनतासंग संवाद र छलफल शुरु गरिसकिएको र जनताबाट निकै राम्रो सुझावहरु समेत प्राप्त भइरहेको बाँक्े क्षेत्र नम्बर २ का उम्मेदवार दिपेन्द्र विष्टले बताउनुभयो ।
सम्पर्क कार्यालय स्थापनापछि वडा नम्बर २० मा पार्टीको प्रचार–प्रसार, कार्यकर्ता भेला तथा घरदैलो अभियान यहीँबाट सञ्चालन गरिने उहाँले बताउनुभयो। उद्घाटन क...









