बालिकालाई बिद्यालयमा टिकाउनका लागि प्रदेश मन्त्रालयमा नितिगत संवाद
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १० । बाँके युुनेस्को क्लबले बिद्यालयमा बालिकालाई टिकाई राख्ने सम्बन्धी नितिगत संबाद कार्यक्रम लुम्बीनी प्रदेश अन्तरगत कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्पन्न गरेको छ ।
प्लान नेपालसँगको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित बाल बिबाह, छिटो हुने बिबाह र जबरजस्ती हुने बिबाह रोकथाम परियोजना अन्तरगत सो संवाद कार्यक्रमको आयोजना गरिएको हो ।
बिद्यालय बाहिर रहेका बालिकाहरु बालबिबाहमा संलग्नहुने उच्च जोखिममा रहेकोले बालिकाहरुलाई बिद्यालयमा भर्ना गर्ने र उनीहरुलाई बिद्यालयमा टिकाई उनीहरुको शिक्षामा पहुँच अभिबृद्धि गर्ने मुख्य उध्येश्यका साथ सो संवाद आयोजना गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
लुम्बिनी प्रदेशस्तरीय कानुन, महिला तथा ज्येष्ठ नागरिक मन्त्रलयका सचिब राजेन्द्र थापाको अध्यक्षतामा ...









