अनेरास्ववियु लुम्बिनी प्रदेशको अध्यक्षमा टेकेन्द्र मल्ल
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ३ । नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियुको प्रथम लुम्बिनी प्रदेश सम्मेलनले टेकेन्द्र मल्लको अध्यक्षतामा ४१ सदस्यीय प्रदेश कमिटि चयन गर्दै सम्मेलन सम्पन्न भएको छ ।
अनेरास्ववियु लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष मल्लले दिनु भएको जानकारी अनुसार कमिटिको उपाध्यक्षहरुमा छवि भट्टराई, बृद्धिराम यादव र मनु अधिकारी, सचिवमा दिपक अनुरागी, सहसचिवहरुमा उत्तम पोखरेल र अविरल भण्डारी तथा कोषाध्यक्षमा प्रताप घर्ति निर्वाचित हुनु भएको छ ।
४१ सदस्यीय कमिटिमा प्रदेशका सबै जिल्लाको उचित प्रतिनिधित्व गराईएको जनाउँदै अध्यक्ष मल्लले अब अनेरास्ववियुले प्रदेशका सबै जिल्लाका हरेक कलेज र विद्यालयमा आफ्नो शसक्त उपस्थिति जनाउने गरि काम गर्ने बताउनुभयो ।
यसअघि शुक्रवार अनेरास्ववियुको प्रथम लुम्बिनी प्रदेश सम्मेलनको उदघाटन नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानम...









