खेलकुद मन्त्री अथकले आइतवार महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्ने
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर ३ । शनिवार र आइतवार जिल्लामा आयोजना हुने दुई वटा महत्वपुर्ण खेलसम्बन्धि कार्यक्रममा सहभागि हुन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) बाँके आउनु भएको छ ।
मन्त्री अथकले शनिवार विहान नेपालगन्जमा आयोजना गरिने नेपालगन्ज म्याराथनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने आइतवार बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानमा निर्माण भर्ने भनिएको महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक संगीन शर्माले बताउनुभयो ।
मन्त्रीको पदभार ग्रहण गरे लगत्तै उहाँले पहिलो निर्णय कोहलपुरमा महिला क्रिकेट एकेडेमीको निर्माण गर्ने निर्णय गर्नु भएको थियो । सोही एकेडेमीको सिलन्यास आईतबार बिहान ९ बजे गर्ने कार्यक्रम रहेको छ ।
तिन दिने जिल्ला भ्रमणका क्रममा मन्त्री अथकले कोहलपुर क्रिकेट मैदान, नेपालगन्ज रंगशालाका तथा जिल्लाभित्र रहेका खेलकुदका अन...









