एमाले अध्यक्ष ओली आज नेपालगञ्जमा गर्जने
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १ मंसिर । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधवार नेपालगञ्ज आउँदै हुनुहुन्छ । पार्टी प्रवेश कार्यक्रमका लागि उहाँ नेपालगञ्ज आउन लाग्नु भएको हो ।
नेपालगञ्जको बालेगाउँस्थित मेरो प्लानेटमा हुने वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली बुधवार विहान नेपालगञ्ज पुग्ने कार्यक्रम रहेको एमाले बाँकेले जनाएको छ । सो कार्यक्रमका लागि लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेल मंगलवारनै नेपालगञ्ज पुगिसक्नु भएको छ ।
नेपालगञ्ज विमानस्थलबाट अध्यक्ष ओलीलाई एक स्वागतमा रयालीसहित स्वागत गरेर नेपालगञ्ज ल्याउने कार्यक्रम रहेको एमाले बाँकेका अध्यक्ष निरक गुरुंगले जानकारी दिनुभयो ।
पुर्व प्रधानमन्त्री ओली बुधवार विहान साढे ११ बजे नेपालगञ्ज विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ । जिविस बाँकेका पुर्व सभापति पशुपति दयाल मिश्रा, नेत...









