बर्दियाका शिक्षकहरुकालागि शिक्षामा सुचना र प्रबिधि बिषयक तालिम शुरु
समाचारदाता
नेपालगन्ज, कात्तिक ९ गते । बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको सयुक्त आयोजनामा शिक्षामा सुचना तथा प्रबिधि बिषयक चार दिने तालिम बर्दियाको गुलरियामा सुरु भएको छ ।
क्लब र जनसेवा केन्द्रले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बर्दियामा सञ्चालन गरिरहेको बालिका शसक्त परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो ।
शिक्षामा सूचना प्रबिधिलाइ जोड दिदै शिक्षण सिकाई प्रक्रियामा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै बिद्यार्थीको सिकाई उपलब्धि बृद्धि गर्ने उदेश्यका साथ संचालन गरिएको सो तालिममा बर्दियाका सात पालिकाका ३० जना शिक्षकको सहभागिता रहेको छ ।
बाँके युनेस्को क्लबका कार्यसमिति सदस्य भाबुक जंग थापाको अध्यक्षतामा भएको तालिमको उदघाटन सत्रको कार्यक्रमको सञ्चालन बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत इश्वर बिकले गर्नुभएको थियो भने सहभागीलाई स्वागत मन्तब्य राधा कृष्ण ...









