शिक्षा

बाल दिवसको अवसरमा आइशा बाल क्लबद्धारा वक्तृत्वकला प्रतियोगिता

बाल दिवसको अवसरमा आइशा बाल क्लबद्धारा वक्तृत्वकला प्रतियोगिता

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, भदौ २९ । ५९ औं राष्टिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्जको आइशा मदरसातुल बनातमा बालिकाको बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । आइशा बाल क्लबद्धारा आयोजित सो प्रतियोगितामा १७ जना बालिकाहरुले बालिकाको बालअधिकार बारे आ आफ्नो भनाई राखेका थिए । प्रतियोगितामा कक्षा ८ की बालिका शिफा खान प्रथम, कक्षा ९ की जन्नतुन हलवाई द्धितिय, कक्षा ४ की समरिन खान तृतिय र कक्षा ४ कै खुशी कसगढले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि बाँके युनेस्को क्लबका संरक्षण अधिकृत गुलाम गौस, अतिथिहरु मदरसाका संस्थापक तथा कोषाध्यक्ष आलमिन राई, मदरसाका संस्थापक तथा सचिव मोहम्मद असलम हलवाईले पुरस्कार विजेता बालिकाहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । मदरसाका अध्यक्ष बदरेआलम खानको सभापतित्वमा सम्पन...
बढैयाताल गाउँपालिकाको वडा नम्बर सात बालबिवाह मुक्त वडा घोषणा

बढैयाताल गाउँपालिकाको वडा नम्बर सात बालबिवाह मुक्त वडा घोषणा

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगञ्ज, जेठ २७ । बर्दिया बढैयाताल गाउँपालिका वडा नं ७ को कार्यालयले प्लान नेपाल, बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाललगायतका संघ, संस्थाहरुसँगको सहकार्यमा वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरेको छ । नेपाल सरकारको बालबिवाह अन्त्यकोलागि बनेको रणनिती २०७२ र बढैयाताल गाउँपालिकाको बालबिवाह अन्त्यकोलागि बनेको स्थानीय रणनितीको मर्मलाई आत्मसात गर्दै बढैयाताल गाउपालिकालाई बालबिवाह मुक्त पालिका बनाउने उध्येश्यलाई साकार पार्न वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको हो । सयौं स्थानीयको सहभागितामा आयोजना गरीएको बालबिवाह मुक्त वडा घोषणा समारोहमा वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको थियो । वडा नं ७ बढैयातालका वडा अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा सम्पन्न घोषणा समारोह बिभिन्न रयाली, साँस्कृतिक कार्यक्रम सहित भब्यताका साथ संपन्न गरिएको छ । बढैयाताल गाउँपालिकाका अध...
डा. भण्डारीको कथासंग्रह ‘मयँगाँठो’ को बिमोचन

डा. भण्डारीको कथासंग्रह ‘मयँगाँठो’ को बिमोचन

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, जेठ २१ गते । बाँकेका कथाकार डा इन्द्रबहादुर भण्डारीद्वारा लिखित कथासङ्ग्रह ‘मयँगाँठो’ नेपालगञ्जमा विमोचन गरिएको छ। खजुरा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित कथासङ्ग्रहको विमोचन साहित्यकार सनत रेग्मी, प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल र शशिराम कार्की, लेखक तथा साहित्यकार नरेन्द्रजंग पिटर र आख्यानकार नयनराज पाण्डेले गर्नुभएको हो। कथासङ्ग्रहको समालोचना गर्दै समालोचक ईश्वरी रिजालले यो कथासङ्ग्रहमा १८ वटा निकै समय सान्दर्भिक कथा समेटिएको जानकारी दिनुभयो। कोभिड महामारी र जनयुद्धको प्रभावसँग सम्बन्धित कथा लगायत केही इतिहास झल्काउने कथा पढ्नुपर्ने खालको रहेको बताउनुभयो। पाठकको हैसियतले कृतिको समीक्षा गर्दै साहित्यकार सुमित्रा न्यौपानेले डा भण्डारीद्वारा लिखित कथा निकै रोमाञ्चक र शिक्षाप्रद रहेको बताउनुभयो। कार्यक्रममा बोल्दै साहित्यकार सनत रेग्मीले खजुरा प्रज्ञा ...
मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जना व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान

मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जना व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, जेठ ४ गते । मुस्लिम जर्नलिस्ट क्लबले विहिबार नेपालगञ्जमा आयोजना गरेको एक बृहत्त कार्यक्रमकाविच बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ । ‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’ मा सो सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी हुनुभएका मुस्लिम जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरेर सम्मानित गरिएको मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानले बताउनुभयो । मुस्लिम जर्नलिस्ट क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा वरिष्ठ पत्रकार सिराज खान र डा. डक्ट प्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनितिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, वरिष्ठ वालरोग विशेषज्ञ डा. सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्...
रणनैतिक योजना बनाएर कोहलपुर र बैजनाथमा मानवबेचविखन रोक्ने सहमति

रणनैतिक योजना बनाएर कोहलपुर र बैजनाथमा मानवबेचविखन रोक्ने सहमति

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, बैशाख १४ । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा मानवबेचविखन विरुद्ध काम गर्दै आएका विभिन्न संघसंस्था, स्थानीय सरकार लगायतका सरोकारवाला निकाय सहभागि बैठक सम्पन्न भएको छ । सो बैठकले मानवबेचविखन रोक्न हालसम्म गरिएका कार्यहरुको समिक्षा गर्दै अभियानलाई थप प्रभावकारी बनाउन रणनैतिक योजना र कार्यक्रम बनाएर अघि बढ्ने निर्णय गरेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले बताउनुभयो । बैठकमा सहभागिहरुले बेचविखन नियन्त्रणका लागि क्रियाशिल सबै सरकारी र गैर सरकारी निकायले एकजुट भएर समन्वय तथा सहकार्य गरेर काम गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको थियो । सो अवसरमा कोहलपुर नगरपालिकाका सामाजिक शाखा प्रमुख इन्द्रमणि ढकालले बेचविखन नियन्त्रणका लागि सुक्ष्मतरिकाले अध्ययन गरेर रणनैतिक योजना र कार्यक्रम बनाई काम गर्नु पर्नेमा जोड दिनुभयो । कोहलपुर नगरपालिकाका ...
बाँकेमा मानवबेचविखन रोक्न समन्वय र सहकार्यमा बिशेष जोड

बाँकेमा मानवबेचविखन रोक्न समन्वय र सहकार्यमा बिशेष जोड

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, बैशाख १२ । मानवबेचविखन रोक्न विभिन्न तरिकाले काम गरिरहेका बाँकेका संघसंस्थाहरुको समन्वय तथा सहकार्य बैठक नेपालगञ्जमा सम्पन्न भएको छ । प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको प्रोटेक्ट परियोजना अन्तर्गत सो समन्वय र सहकार्य बैठकको आयोजना गरिएको हो । बैठकमा सहभागि विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय सरकारका सम्बन्धित शाखाका कर्मचारी र सरकारी निकायका कर्मचारीले मानवबेचविखन नयाँ नयाँ तरिकाले जारी नै रहेकोमा चिन्ता व्यक्त गर्दै सो लाई न्युनिकरण गर्नका लागि काम गर्ने सबै संघसंस्था र स्थानीय सरकारविच अतिनै राम्रो समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । बैठकमा सहभागि अधिकांशले बजेट र कार्यक्रम हुँदासम्म सक्रिय रहने र त्यसपछि वास्ता नगर्ने प्रवृत्ति हावी हुँदै गएको जनाउँदै बेचविखन विरुद्ध काम गर्ने संघसंस्थाहरुले बजेट र कार्यक्रम भएपनि, नभएपनि दुब...
बालबिवाह अन्त्यका लागि पाँच बुँदे बढैयाताल घोषण पत्र जारी

बालबिवाह अन्त्यका लागि पाँच बुँदे बढैयाताल घोषण पत्र जारी

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, बैशाख १२ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा बालविवाह अन्त्यका लागि पाँच बुँदे घोषणा पत्र जारी गर्दै सो का लागि कार्यविधिको मस्यौदा समेत तयार गरिएको छ । बढैयाताल गाउँपालिकाको समन्वय र प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालित बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत तीन दिने कार्यशाला गोष्ठिको आयोजना गरेर घोषणा पत्र जारी गर्दै कार्यविधि तयार पारिएको हो । बिभिन्न धर्मका धार्मिक, अगुवा, पण्डित, बडघर, पास्टर, बौद्ध गुरुहरुलाई एउटा संजालमा आबद्ध गरी बालबिवाह बिरुद्ध शसक्त रुपमा कार्य गरी बढैयाताल गाउँपालिकालाई बालबिवाहमुक्त गाउँपालिका बनाउने उध्येश्यकासाथ सोे कार्यशाला गोष्ठिको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार उक्त कार्यशाल...
अपाङ्गता भएकी गुलरियाकी एक किशोरीलाई विद्यालय जान ट्राइसाइकल वितरण

अपाङ्गता भएकी गुलरियाकी एक किशोरीलाई विद्यालय जान ट्राइसाइकल वितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, चैत १८ । शाररिक रुफल अशक्त भै घरबाट विद्यालय जान नसक्ने भएकी बर्दिया गुलरियाकी अपाङ्गता भएकी एक किशोरीलाई बाँके युनेस्को क्लबले ट्राइसाइकल बितरण गरेको छ । प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा क्लबले बर्दियामा सञ्चालन गरेको बालविवाह, चाडै विवाह र जबर्जस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत वडा नम्बर ८ गुलरियाकी अपाङ्गता भएकी सरस्वती चौधरीलाई ट्राइसाइकल प्रदान गरियो । गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मीना पराजुली र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकीले चौधरीलाई संयुक्त रुपमा ट्राईसाइकल हस्तान्तरण गर्नुभयो । शाररीक अपाङ्गताको कारण सरस्वतीलाई विद्यालय जान असहज भएको जानकारी प्राप्त भए लगत्तै बाँके युनेस्को क्लवको पहलमा प्लान इन्टरनेशनल नेपालले सो ट्राईसाईकल उपलब्ध गराएको क्लबका प्रमुख संरक्षक ...
सिलाई कटाई व्यवसाय सञ्चालन गर्न गुलरियाका युवा महिलालाई सामाग्री वितरण

सिलाई कटाई व्यवसाय सञ्चालन गर्न गुलरियाका युवा महिलालाई सामाग्री वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगञ्ज, चैत १२ । बाँके युनेस्को क्लबले बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धनका लागि सिलाई कटाई व्यवसाय सञ्चालन गर्न मेसिन लगायतका सामाग्री वितरण गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको युवा महिलाहरुको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धन परियोजना अन्तर्गत बर्दियाको गुलरियाका महिलालाई सो सामाग्री वितरण गरिएको हो । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतम, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्य, गुलरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मुम बहादुर मल्ल र प्लान नेपालका गोमा वलि चौधरीले ११ जनालाई सिलाई कटाई सामाग्री वितरण गर्नुभयो । सोही परियोजना अन्तर्गत ६५ दिन सिलाई कटाई तालिम प्राप्त गरेका गुलरियाका ११ जना युवा महिलालाई...
बारबर्दियाका विभिन्न समुह र बालअधिकार समिति बालविवाह रोक्न सफल

बारबर्दियाका विभिन्न समुह र बालअधिकार समिति बालविवाह रोक्न सफल

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, चैत ६ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा बारबर्दिया नगरपालिकामा सञ्चालित बालसंरक्षण कार्यक्रमको अनुगमन गरिएको छ । बाल संरक्षण कार्यक्रम अन्तर्गत बारबर्दिया ४ र ५ मा गठन गरिएको विभिन्न समुह तथा बालअधिकार समितिको प्रगतिका सम्बन्धमा स्थलगत अनुगमन गरिएको हो । बाँके युनेस्को क्लबको व्यवस्थापन समिति र पत्रकारको संयुक्त टोलीले बारबर्दिया नगरपालिका ४ घोरपिट्टामा रहेको अभिभावक समुह र किशोरी क्लब तथा वडा नम्बर ५ को बाल अधिकार समितिका पदाधिकारीहरुसंग छलफल तथा अन्तरक्रिया गरेर हालसम्मको प्रगतिका बारेमा जानकारी लिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । घोरपिट्टामा रहेको अभिभावक समुह र किशोरी समुहले निरन्तर वालविवाह रोकथाम, बाल संरक्षण र बालअधिकारका लागि काम गरिरहेको पाईएको वडा नम्बर ४ का वडा अध्यक्ष सिताराम योगीले बताउनुभयो । उहाँले यसैग...