नर्स बनाईदिन्छु भन्दै तीन महिलाबाट ८ लाख बढी ठगीयो
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २३ । बाँकेकै एक प्रतिष्ठित अस्पतालमा नर्सिङ्ग अध्ययन तथा नर्स बनाउँछु भन्दै तीन महिला ठगिएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार दुई जना महिलासंग नर्सिङ्ग अध्ययन तथा नर्सको जागिर लगाउँछु भनेर ८ लाख रुपियाँ ठगि गरिएको उजुरी जिल्ला प्रहरी कार्यालय बाँकेमा परेको छ । नर्सिङ्ग अध्ययनका लागि तीन लाख र जागिरका लागि पाँच लाख गरेर दुई जनाको ८ लाख ठगिएको उजुरी परेको प्रहरीले जनाएको छ ।
नर्स बनाउँछु र जागिर लगाउँछु भनेर ठगिएको उजुरी जिल्ला प्रहरी कार्यालयमा आएकोले प्रहरीले अनुसन्धान गरिरहेको बाँके प्रहरी प्रवक्ता, डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँले ‘घटनाबारे अनुसन्धान अघि बढेको जनाउँदै तर अहिलेसम्म कोही पनि पक्राउ नपरेको बताउनुभयो ।
आफुलाई नर्स बताउने दुई जनाले नर्सिङ्ग अध्ययनका लागि नाम निकालिदिने र जागिर लगाइदिने भन्दै...









