भारतबाट पशुपंक्षीको अवैध आयात तत्काल रोक्न सबै सरोकारवालाको माग
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ४ । भारतबाट पशुपंक्षीको अवैध आयातले वर्ड फ्लु लगायतको रोगको जोखिम बढेकोले सो अवैध आयात तत्काल रोक्न बाँकेका सरोकारवालाले माग गरेका छन् । अबैधरुपमा भारतबाट आयात गरिएका पशुपंक्षीमा वर्ड फ्लु लगायतका प्राणघातक रोग पनि आयात हुने भन्दै यसलाई नरोके अवस्था भयावह हुने चेतावनी समेत उनिहरुले दिएकाछन् ।
पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जको आयोजनामा आयोजित सुरक्षा निकाय लगायत सरोकारवालासँगको अन्तक्रियामा सो माग गर्दै चेतावनी समेत दिईएको हो ।
जिल्लाका सुरक्षाकर्मी, नेपालगञ्ज भन्सार कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, माछा व्यवसायी, कुखुरा व्यवसायी लगायत सरोकारवालाहरु सहभागी रहेको सो कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डा विनय कुमार कर्ण र पशु क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख डा भक्त निउरेले सीमाक्षेत्रबाट पशुपंक्षि आय...









