१७ बैशाख २०८१, सोमबार

अर्थ

प्रहरीद्धारा नेपालगञ्जबाट फेरी एक लाख ६३ हजार बढीको अवैध सामान बरामद

प्रहरीद्धारा नेपालगञ्जबाट फेरी एक लाख ६३ हजार बढीको अवैध सामान बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २८ कात्तिक । फेरी एक पटक बाँके प्रहरीले भारतबाट ल्याउदै गरिएको ठुलो परिमाणको अवैध सामाग्री बरामद गरेको छ। प्रहरीले नेपालगञ्जबाट १ लाख ६३ हजार भन्दा बढीको भन्सार राजस्व छलेर ल्याईएको सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको कमान्डमा गएको प्रहरी हवल्दार पुर्ण बस्नेतसहितको टोलीले नेपालगन्ज १० ट्राफिक चोकबाट शनिबार राती भन्सार छली गरेर ल्याइएको अन्दाजी ६३ हजार रुपैयाँ बराबरका लेडिज कपडा, ७ बोरा गहुँ, ७ बोरा युरिया मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। त्यस्तै टोलीले नेपालगन्ज १० गणेशमान चोकबाट भारतबाट चोरीपैठारी गरेर ल्याइएको १ लाख रुपैयाँ बराबरका ताला चावी र मोजा आइतवार विहान बरामद गरेको बाँके प्रहरीले जनाएको छ।आइतवार बिहान १० बजे र शनिबार राती बरामद गरिएका १ लाख ६३ हजार रुपैयाँ बराब...
सरकारले धान खरिदमा ढिलाई गर्दा बाँकेका किसान निकै सस्तोमा बेच्न बाध्य

सरकारले धान खरिदमा ढिलाई गर्दा बाँकेका किसान निकै सस्तोमा बेच्न बाध्य

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, २७ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदमा ढिलाइ गरेपछि बाँकेका किसानले बाध्य भएर निकै सस्तोमा धान विक्री गरिरहेका छन् । सरकारले समयमै धानको समर्थन मूल्य निर्धारण गरे पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयले हालसम्म धान खरिद शुरु नगर्दा बाध्य भएर व्यापारीलाई सस्तोमा धान विक्री गर्नुपरेको किसानको गुनासो छ । कम्पनीले खरिद शुरु नगर्दा व्यापारीलाई सरकारले तोकेको भन्दा प्रति क्विन्टल ६ सयदेखि ८ सयसम्म कम मूल्यमा धान विक्री गर्नुपरेको बाँके नौबस्ताका किसान राजेन्द्र चौधरीले दुःखेसो गर्नुभयो । उहाँले मोटा धान प्रतिक्विन्टल दुई हजार ७५१ रुपियाँ र मध्यम धान प्रतिक्विन्टल दुई हजार ९०२ रुपियाँमा खरिद गर्न मूल्य निर्धारण गरिए पनि व्यवसायीले मोटा धान प्रतिक्विन्टल एक हजार ५०० देखि दुई हजारसम्म र मध्यम धान प्रतिक्विन्टल दु...
नेपाल एयरलाइन्सले सात महिनापछि नेपालगञ्ज–हुम्ला हवाई उडान शुरु गरयो

नेपाल एयरलाइन्सले सात महिनापछि नेपालगञ्ज–हुम्ला हवाई उडान शुरु गरयो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २१ कात्तिक । नेपाल एयरलाइन्सले सात महिनापछि नेपालगञ्ज–हुम्ला हवाई उडान आइतवारबाट फेरी शुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेमबहादुर आलेले केही दिन अगाडि पश्चिम नेपालका हिमाली जिल्लामा उडान भर्न निर्देशन दिएपछि सो एयरलाईन्सले नेपालगञ्ज–हुम्ला उडानशुरु गरेको हो । कोरोना कहरले बन्द भएको सात महिनापछि नेपाल एयरलाइन्सले हुम्लाका लागि सहुलियत उडान भर्न सुरु गरेको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जले जनाएको छ । यसअघि सो एयरलाइन्सलाई पटक पटक उडानका लागि हुम्लावासीले अनुरोध गर्दा उडान हुन सकेको थिएन । यो उडान शुरु गरिएपछि नेपालगञ्जबाट हुम्ला जाने र फर्किने यात्रुलाई उचित भाडादरमा यात्रा गर्न सहज भएको छ । यसअघि हप्ताको एक उडान भर्दै आएको सो एयरलाइन्सले अब नियमित उडान भर्ने जनाएको छ । नेपाल एयरलाइन्सले उडान सुरु गरेपछि सो रुटमा सहुलियत दरमा या...
तारा एअरको नेपालगञ्ज–पोखरा चार्टर उडान शुक्रवारबाट शुरु

तारा एअरको नेपालगञ्ज–पोखरा चार्टर उडान शुक्रवारबाट शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, कात्तिक १९ गते । देशकै प्रमुख पर्यटकीय नगर पोखरा जाने यात्रुको चाप बढेपछि यती एयरलाइन्सको भगिनी कम्पनी तारा एयरले पनि नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरेको छ । यसअघिबाटै बुद्ध एअरले नियमित उडान गरिरहेको भएपनि यात्रुको संख्या बढेपछि तारा एअरले पनि साताको तीन दिन उडान गर्नेगरी शुक्रवारबाट नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरेको हो । भारतीय पर्यटकको आगमन बढेकाले तारा एअरले आइतबार, बुधबार र शुक्रबार गरी साताको तीन दिन चार्टर उडान शुरु गरेको यति एअरलाइन्स नेपालगञ्ज शाखाका प्रमुख दीलिप कार्कीले बताउनुभयो । कम्पनीसँग भएको जहाज उपयोगका लागि कम्पनीले सो उडान सुरु गर्न लागेको जनाईए पनि चाडपर्वको बेला पर्यटकको चाप बढेकाले सो उडान शुरु गरिएको बताइएको छ । तारा एअरको जहाजबाट प्रादेशिक चार्टर उडान शुरु गरिएको जनाउँदै चाँडै नै अन्य गन्तब्यमा नियमित प्रादेशिक उडान गर्ने योजना र...
बाँकेमा अम्बे समुहको एक अर्ब २५ करोडको बिलेट उद्योग सञ्चालनमा आउँदै

बाँकेमा अम्बे समुहको एक अर्ब २५ करोडको बिलेट उद्योग सञ्चालनमा आउँदै

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, कात्तिक १८ गते । अम्बे समूहले बाँकेमा एक अर्ब २५ करोडको लगानीमा आफ्नै बिलेट उद्योग सञ्चालनमा ल्याउन थालेको छ । जिल्लाको जानकी गाउँपालिकाको गनापुरमा आगामी तीन महिनाभित्र सो उद्योग सञ्चालन गर्ने गरि तयारी अन्तिम चरणमा पुगेको अम्बे समूहको बाँकेस्थित उद्योगका व्यवस्थापक अनुज श्रेष्ठले बताउनुभयो । दुई वर्ष अघि तीन अर्ब रुपियाँको लगानीमा गनापुरमै सो समूहले जय अम्बे डन्डी उद्योग सञ्चालनमा ल्याएको थियो । १६ विघामा फैलिएको जय अम्बे स्टील उद्योगभित्र बिलेट युनिट स्थापना गरिएको जनाउँदै सो उद्योग सञ्चालनमा आएपछि भारतबाट आयात गरिने बिलेटको आयात बन्द हुने व्यवस्थापक श्रेष्ठले बताउनुभयो । विलेट उद्योग स्थापनाको प्रक्रिया थालेको १० महिना भइसकेको जनाउँदै उहाँले ढिलोमा तीन महिनाभित्र बिलेट उत्पादन शुरु गरिने तयारी रहेको बताउनुभयो । यो उद्योगबाट दैनिक ७५० टन बिलेट उत्पादन हुने ...
नेपालगञ्जमा अखाद्य मिठाईको विगविगी, ८० किलो नष्ट गरियो

नेपालगञ्जमा अखाद्य मिठाईको विगविगी, ८० किलो नष्ट गरियो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १५ कात्तिक । तिहार नजिंकिदै गर्दा बाँके जिल्लास्थित संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमन गर्दा सोमवार ठुलो परिमाणमा अखाद्य मिठाई फेला पारेको छ । सहरका विभिन्न मिठाई पसलमा अनुगमन गर्दा ८० किलो अखाद्य मिठाई भेटिएपछि नष्ट गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका प्रवक्ता देवीलाल चौलागाईले बताउनुभयो । उहाँले तिहार दिपावलीलाई लक्षित गरेर मिठाइ पसलहरुको अनुगमन गर्दा बिग्रीएको एवं खान अयोग्य ८० केजी विभिन्न प्रकारको मिठाई फेला परेपछि नष्ट गरिएको जनाउनुभयो । चाडपर्वको बेलामा बजारमा कृतिम मुल्य बृद्धि, म्याद नाघेका सामानको बिक्रि लगायत गुणस्तरहीन सामानहरु समेत विक्रि गरिने हुँदा अनुगमनलाई तिव्र पारिएको प्रवक्ता चौलागाईले बताउनुभयो । उहाँले तिहारमा मिठाई सबैभन्दा बढी विक्रि हुने हुँदा उपभोक्ताले हानिकारक मिठाई खान नपरोस भन्ने उ...
कोरोना बीमाको रकम भुक्तानी नगर्ने बीस बीमा कम्पनी विरुद्ध मुद्दा दायर

कोरोना बीमाको रकम भुक्तानी नगर्ने बीस बीमा कम्पनी विरुद्ध मुद्दा दायर

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १५ कात्तिक । कोरोना लागेपछि बीमा रकम पाउने आशमा बीमा गराएकाहरुले भुक्तानी दावी गरेको एकवर्षपछि पनि रकम नपाएपछि २० बीमा कम्पनी विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरिएको छ । बीमा गराएपछि कोरोना संक्रमित भएकाहरले बीमाको रकम भुक्तानी नपाएपछि उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा मुद्दा दायर गरेको मानव अधिकारकर्मी भोला महतले बताउनुभयो । सार्वजनिक सरोकारको बिषय बनाउँदै बाँकेका कानुन व्यवसायी तथा मानव अधिकारकर्मीहरुले सोमवार सो मुद्दा दायर गरेको उहाँले जनाउनुभयो । नेपालगञ्जमा रहेका बीमा कम्पनीहरुका २० वटा शाखा विरुद्ध रिट दायर गरिएको नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले बताउनुभयो । बीमा कम्पनीहरुले २०७८ साल असार मसान्तसम्म बीमा रकम भुक्तानी गर्ने अवधि तोके पनि भुक्तानी नपाएपछि ती कम्पनीहरुलाई विपक्षी बनाएर रिट दायर गरिएको उहाँले बताउनुभयो । नेपाल...
क्यासिनो सञ्चालनमा आएपछि भारतीय पर्यटक बढ्दा होटल व्यवसाय फस्टाउँदै

क्यासिनो सञ्चालनमा आएपछि भारतीय पर्यटक बढ्दा होटल व्यवसाय फस्टाउँदै

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, कात्तिक १५ गते । कोरोना कहरका कारण डेढ वर्षदेखि बन्द रहेका नेपालगञ्जका अधिकांश क्यासिनो पुनः संचालनमा आएका छन् । भारतीय पर्यटकको आवागमन सहज भएसँगै नेपालगञ्ज लगायतका सीमावर्ति सहरहरुमा क्यासिनोमा व्यवसाय पुनः बढ्न थालेको हो । नेपालगञ्जमा सञ्चालनमा ल्याईएका क्यासिनो व्यवसायका लागि प्रमुख बजार मानिएको भारतमा कोरोना संक्रमित भेटिने दर निकै कम हुँदै गएपछि अहिले फेरी क्यासिनो खेल्नका लागि भारतको लखनउ, गोण्डा, बहराईच, बाराबंकी, सितापुर र लखिमपुरबाट भारतीयहरु आउन थालेका छन् । ्भारतको केन्द्रिय राजधानी दिल्लीबाट समेत केही भारतीय क्यासिनो खेल्न नेपालगञ्ज आउने गरेको जनाईएको छ । सरकारले सीमा क्षेत्र पहिलेकै जस्तै गरेर खुला गरिदिएसँगै यहाँ सञ्चालित चारतारे र पाँचतारे होटलमा रहेका क्यासिनोले आफ्नो सेवा पुनः सुरु गरेका हुन् । पछिल्लो समय नेपालगञ्जमा सञ्चालित क्यासिनोमा भारतीय ना...
धानबालीमा क्षति व्यहोरेका किसानलाई ६५ प्रतिशतसम्म राहत दिने निर्णय

धानबालीमा क्षति व्यहोरेका किसानलाई ६५ प्रतिशतसम्म राहत दिने निर्णय

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्ज, ११ कात्तिक । सरकारले बाढीपहिरो र डुबानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठाभन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । प्रवक्ता कार्कीका अनुसार ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ विघाभन्दा बढी जग्गा भएका किसानलाई २० प्रतिशत राहत दिने निर्णय भएको छ ।...
राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दैछ

राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दैछ

अर्थ, मुख्य समाचार
काठमाडौँ, कात्तिक ११ गते । नेपाल राष्ट्र बैंकले आज रु। २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बैंकिङ प्रणालिमा तरलता व्यवस्थापनमा समस्या देखिँदा तरलता प्रवाह गर्न केन्द्रीय बैंकले केही समय अघिदेखि निरन्तर गर्न रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतिप्राप्त बैंक वित्तीय संस्थाले भाग लिन पाउने बैंकले जनाएको छ । तरलता अभावले बैंक तथा वित्तीय संस्थामा निक्षेपको चाप परेको देखिन्छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने अवस्थाका व्यवस्थापनमा समेत बैंकलाई अप्ठेरो परेको देखिन्छ । राष्ट्र बैंकको तथ्याङ्कानुसार हाल बैंकका औसत कर्जा निक्षेप अनुपात ८९ दशमलव १५ छ । बजारमा नयाँ निक्षेप न...