घरेलु तथा साना उद्योग महासंघद्धारा नेपाल बिद्युत प्राधिकरणको ध्यानाकर्षण
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ८ । बुझाईसकेको विद्युत महसुलमा अझै थप बुझाउनु पर्ने भनि साना उद्योगीलाई विद्युत प्राधिकरणले पत्र काटेपछि घरेलु तथा साना उद्योग महासंघ बाँकेले विद्युत प्राधिकरण नेपालगञ्जको ध्यानाकर्षण गराएको छ ।
विद्युत प्राधिकरणको प्राविधिक कमजोरीले कम बिलिंग भै रकम तिर्दै आएकोमा हाल आएर थप बक्यौता तिर्नु पर्ने भनि प्राधिकरणले पत्र पठाउँदा साना उद्योगी समस्यामा परेकोले सो सम्बन्धमा आवश्यक छलफल गरि बांकी बक्यौदा रकम छुट दिलाईदिनु हुन प्राधिकरणको लिखित ध्यानाकर्षण गराईएको हो ।
नेपाल घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अध्यक्ष मधु खड्कासहितको टोलीले विद्युत प्राधिकरण नेपालगञ्जलाई कार्यालयमै गएर बुझाएको ध्यानाकर्षण पत्रमा साना उद्योगको विद्युत मिटर दर्ता गर्दा औद्योगिक साना हुनुपर्नेमा प्राधिकरणको गलतीले औद्योगिक ग्रामिण तथा घरेलु वर्गमा गरिएकोले विल कम आएको र सोह...









