नेपालगञ्ज विमानस्थलमा सुधारका लागि बासको एक महिने अल्टिमेटम
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २८ । नेपालगन्ज विमानस्थलमा देखिएकोअस्तव्यस्तता र जंगली जनावर धापनमार्गमा छिर्ने घट्नामा सुधार ल्याउन बासले विमानस्थल व्यवस्थापनलाई एक महिनाको अल्टिमेटम दिएको छ ।
एक महिनाभित्र सुधार नगरिए चरणवद्ध आन्दोलनमा जाने चेतावनी समेत बासले मंगलवार नागरिक उड्डयन कार्यालय नेपालगञ्जलाई बुझाएको ज्ञापनपत्रमा दिर्ईएको छ ।
विमानस्थलको अस्तव्यस्तता विरुद्ध मंगलवार विमानस्थलको मूल गेटमा एक घण्टा शान्तिपूर्ण प्रदर्शन गरिएको थियो। विमानस्थलको मुल गेटमा बिहान १० बजेदेखि ११ बजे सम्म विभिन्न प्लेकार्ड बोकेर जम्मा भएका बास नेपालका युवाले सो प्रदर्शन गरेको थियो ।
शान्तिपुर्ण प्रर्दशनको क्रममा नेपालगन्ज विमानस्थल भित्रका समस्याहरु लेखिएका प्लेकार्ड सहभागिहरुले टाँस गरेका थिए । एक घण्टाको शान्तिपुर्ण प्रर्दशनपछि बासले विमानस्थलका समस्याहरु समाधानका लागि नेपालगन्ज विमान स्थलका...









