शसस्त्र प्रहरीको सक्रियताले तस्करमा खैलाबैला, १३ गोलिया सिसमसहित दुई ट्याक्टर नियन्त्रणमा
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ३ पुस । अवैध सामान ओसारपसार र चोरी तस्करी विरुद्ध सक्रिय रहेको सशस्त्र प्रहरीको टोलीले बाँकेको डुडुवाबाट ठुलो परिमाणमा अवैध सिसमको काठसहित दुई वटा टयाक्टर बरामद गर्न सफल भएको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले दिनु भएको जानकारी अनुसार सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको कमान्डमा खटिएको टोलीले डुडुवा गाउँपालिका ५ खजुरा गाउँस्थित गोकुल सामुदायिक बनमा दुई वटा टयाक्टरमा लोड गरिरहेको अवस्थामा १३ गोलिया जंगली सिसमसहित टयाक्टर बरामद गरिएको हो ।
गोकुल सामुदायिक बनमा अवैधरुपमा सिसमको काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक थारुको कमान्डमा गएको टोलीले शनिवार बिहान ३ बजे अवैधरुपमा तस्करीको लागि लोड गरिरेहेको अवस्थामा १...









