जित्ने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएको छु, कसैलाई समर्थन गर्न होइन – कमरुद्दीन राई
समाचारदाता
नेपालगन्ज, माघ २५ । बाँके क्षेत्र नम्बर २ का जनता समाजवादी पार्टी नेपालका उम्मेदवार कमरुद्दिन राईले निर्वाचनमा नसोचेको परिणाम आउने चेतावनी दिंदै आफुलाई आफै विभिन्न नामले सम्बोधन गर्नेहरु नराम्ररी पराजित हुने बताउनुभएको छ । उहाँले जनताले राम्ररी चिनि सकेकालाई कुनै पनि हालतमा मत नदिने दावी गर्नुभयो ।
नेपालगन्जका निवर्तमान उपमेयर राईले आफ्नो विरुद्ध अफवाह फैलाइएको भन्दै त्यसप्रति स्पष्ट प्रतिक्रिया दिएका छन्। चुनावी प्रतिस्पर्धामा आफू बलियो अवस्थामा रहेपछि केही दलका उम्मेदवारले योजनाबद्ध रूपमा आफ्नो बारेमा अफवाह फैलाएको उनको दाबी छ।
राईले अन्तिम समयसम्म कसैलाई समर्थन नगर्ने र जित्ने उद्देश्यसहित नै चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे। “म जित्नकै लागि चुनाव लडेको हुँ। हार्ने अवस्था सिर्जना भएपछि केही उम्मेदवारले मेरो बारेमा अफवाह फैलाएर मत माग्न थालेको सुनेको छु,” उनले भने। आफूविर...









