बाँके २ मा नेकपाले बिष्टका रुपमा एक सशक्त जनप्रिय नेता पायो, जताततै सकारात्मक सन्देश
समाचारदाता
नेपालगन्ज, फागुन ५ । बाँके क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले मंगलबार नेपालगन्जका विभिन्न वडामा मत माग्र्दै घरदैलो अभियान सञ्चालन गर्नुभयो। ज्ञानपुर्वा, पोतेपुर्वा, माइगाउँ, थपुवा, नेपालगन्ज २० र ४ का बस्तीहरूमा पुगेर उहाँले प्रत्यक्ष रूपमा स्थानीय बासिन्दासँग मत माग्नुभयो।
उहाँले आफ्नो चुनावी एजेन्डा स्पष्ट गर्दै भन्नुभयो, “भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर म सधैं जनताको पक्षमा आवाज उठाउने छु। गाउँ समाजसँग जोडिएका सबै समस्या समाधान गर्न मेरो प्रतिबद्धता अडिग छ।” यस क्रममा स्थानीय मतदाताले उम्मेदवार बिष्टको चुनाव चिन्ह तारामा मतदान गर्ने बाचा पनि व्यक्त गरेका छन्। भेटघाटका क्रममा बिष्टले घरघर पुगेर सर्वसाधारणका सुझाव सुन्नुका साथै सुकुम्बासी, पूर्वाधार, स्वास्थ्य, शिक्षा र बाढी व्यवस्थापन जस्ता क्षेत्रका मुद्दाहरूमा तत्काल सुधारका उपायहरू कार्या...









